"प्रेम"
त्यो लजाएको केटो मेरो लागि सुगन्धित पुस्पजस्तो स्वोर्गिक आनन्दको केही पल झै। कत्ती दिन मैले उस्लाइ म देखि टाढै राखेर मन मनै घरी घरी बयान गरे म उस्को पसलको छेउमा रहेको सानो बेन्चमा प्रत्येक दिन झै बसेर एक्छिन हेर्न थाले मसोच्थे घरी घरी मेरो बिहे हुनुभन्दा पहिले मैले किन यस्लाइ देखिन भेटिन होला । मेरो लागि त यस्तो पो वर त सलक्क परेको कपाल न होचो न धेरै अग्लो बान्की पेरेको अनुहार जुठेल्नामा सप्रेको बोटको पहिलो फल जस्तो शरीर मन
मनै मन मुघ्ध भए ।
घरी घरी म आफै हराए अनि अलिकती कल्पना गरे तिम्रा ती सुन्दर हात समाउदै यो सडक को पेटि पेटि पैदल हिडेर घर सम्मजानेथिए बन्धन केही न भए समाज सान्त भैदिए आफन्त अन्धा भैदिए ।
तर एक पटक किन न होस म तिमिलाइ नजिकै राखेर तिम्रो मृगको झै आखामा आँखा जुधाउने छु तिम्रो स्याउझै गालामा एक थप्पड लाउने छु र फुरुङ्ग हुँदै हास्ने छु जतिबेला तिमी पत्तै पाउन्नै म तिमिलाइ माय गर्दै छु या सजाय दिदैछु ।तिमी सानै भए पनि आखिर पुरुस हौ म दुख त दिन्न पटक्कै म आफै दुखी हुनेछु आफै पछुताउने छु । त्यो पनि थाहा छ ।
आफैसङ्ग मन मनै भने..
तिम्रो त्यो खुलेको गुलाबझै मुहारमा । फुलको पत्ताझै ओठ खोलेर मुस्काउदा मिलेका मोतिझै दन्त एकै पटक नियाल्दै कुनै पल आँखा बन्द गर्दिन्छु ।आफैलाइ भुलाइदिन्छु ।।तर म भन्न सक्दिन तिमीलाई तिमी यता हेरित देउ।।
मेरो हर दिन को सपना हो यो म अबस्य पूरा गर्ने छु । प्रत्येक सनिबार म आफ्नो छोरोलाइ आइस्कृम खुवाउन त्यही सप मा लैजान्छु छेउमा तिम्रो पसल र पसल भित्र को एउटा कोपिला तिमी । मैले घरी घरी तिमिलाइ परै बट आँखा झिम्काउछु ।हासी दिन्छु तिमी मेरो मन को प्यारोछौ टाढैछौ तर नजिकैजस्तो । मलाइ तिमी सङ्ग बोल्नु छ
एकै छिन लाई यो मन खोल्नु छ । तिमी किन तेस्तो ब्युटिफुल पिक्चर भाको मलाइ एक पटक तिम्रो सुन्दरता र मेरो सुन्दरता मोल्नु छ ।
मलाइ कुनै बाहाना चाहियो अब ।
आज पनि सनिबार मेरोछोरालाइ आइस्कृम खुवाउने दिन म तिम्रो पसलको छेउमा एक्छिन त्यही मेचमा बसेर यता उता बाहाना खोजीरहे.. एक्कासी पसलको माथी पट्टि होडिङबोर्ड मा राखेको तिम्रो बोबाइल नम्बर देखेर गद्गद भए..
बिचरा तिमी…
टेबलको एक छेउ मा मोबाइ छ।
किर्र्र घन्टी बज्यो।
उस्ले वास्ता गरेन
पसल मा ग्राहक को दुखेसो सुन्दै ठिक छ।
मोबाइल्तिर ध्यान दिएन।
एक दुई तीन गर्दै दशौ पटक मिस कल आयो न त त्यो कल थियो।
खाली मिस्कल मत्र।
रिसिभ गर्न खोज्छ । म काटिदिन्छु फेरि पटक पटक दोहोरिने घटना भो आदि रिस आदि हासो जस्तो
हास्न नि सकेन न रिससाउन सक्यो म एक्छेउ बट नियाली रहे खुब आनन्दित भए...
अर्को दिन उहीँ समय फेरि घण्टी भज्यो आज रिसिभ भयो हेल्लो ....हेल्लो... सुन्सान
को हजुर कल गरेसी बोल्नोसन किन न बोल्नु भा के कामपर्यो लौ भन्नोस।
उ ब्यापारिक लवाजमा बोल्यो
सानो र मधुरो आवाजमा म बोले तिमी मलाइ
चिन्दैनौ के..
त्यसैले बोल मात्र..
हस ....
के छ खबर के गर्दैछौ.... नास्ता खाएउ …
काम गरिरा छु ठिक छु नास्ता अब एक छिन मा खाने... हजुर लाई चिन्न सकिन कसरी सबैकुरा भनुम र....हजुर कोहो र ...
म तिम्रो शुभ चिन्तक
हस…
फोनराखिसकेर
म उस्को नजिकै गएर नियालेर हेर उस्ले चाल पाएन
औपचारिकतामा बोलाए
सन्चै हुनुन्छ ?
उस्ले पुलुक्क मतिर हेर्यो मुन्टोहल्लायो
सन्चै छु मुसुक्क हास्यो.. आजलाइ म मोडिए ...
तिम्रो लजालु जवानिको दन्तेकथा माथी मन खोल्ने रहर आज भोलि भन्दै बड्दै जानथाल्यो महिनौसम्म एक्लो कल्पना मा हराउन थाले म एक स्तृ वा कसैकी अर्धाङ्गिनी छदाछदै पनि मलाइ तिमी प्रतिको मोहले झन झन नजिक बोलाउन थाल्यो एककोहोरो प्रणयमा सल्बलाउन थाले ।
सन्सारलाई पट्टि बाधेर भएपनि सुखका दुई पल बैना दिउ दिउ लाग्नथाल्यो ।
यसै बहानाले म हरेक दिन आफ्नो परिचय लुकाउदै लुकाउदै तिमिलाइ सताउन थाले ।
आखिर कत्तिदिन पो लुकाउन सक्थेर म भित्र सल्बलाउन थालेको तिम्रो प्रेम...
त्यो दिन बिहान चाडै निन्द्राले छोड्यो श्रीमान पल्टन देखि पाच,छ, महिनामा एक पटक घर आउने न हुन । त्यो नि थाकेर आए भन्छन खोइ के ले हो थाक्छ्न । परैबट डक्दै आउछन माया भन्ने नि के हो तितेपाती जस्तो न घाँस न तिउन. खुब सुब्दार भैखाका घरमा नियम लाउछ्न ।प्यारले मोहित बनाउन कहिले जानेनन डन्ठे कहिका ।भित्तामा झुन्डाएको खाकी बर्दी छत्रे टोपी र सुब्दार को फुलि सहित तस्बिर पनि कत्ती हेरेर बस्नु बा आमाले सुब्दार साब भनेसि आँखा चिम्म गरेर जिम्मा लाए ।के के न होला भन्ठानेकोत यहि एक्लोपन…
सानुदिले भन्नू भाको त हो नि पल्टनियाको जात न हो अन्तै अल्लारिन पाए घर सम्झन्न है ।
त्यो नि सुब्दार जवानी बिसाउन पाए घर सम्झन किन पर्यो र मनले आफ्नालाई देखेको समय, लह लह फुल लहराएको समय, तिमिलाइ सम्झेर मन बहालाएको समय तिमिनै नभएर आफैमा रित्तिएको समय, मन जुर्मुरायो, कटक्क दुख्यो मेरो, दात चपाए मैले एक्लै बोल्ने बानी परेकी क्याहो झसङ्ग भए
मनभित्र गुम्सिएको भाब सल्बलाइरहदा आफैसङ्ग बोलेको भान भयो।
छोरा बिउझ्यो ममि . रुन खोज्यो गालासुम्सुमाउदै चुप्प म्वाइ खाए बाबु नुनु गर ।मेरो ममता माथीको न्यानोपनमा एक्छिन टिकेन फुस्स निदायो।
हाइकाड्दै आँखा पर पुगे भित्तामा एउटा मात्र तस्बिर देखियो।
त्यो भित्ताको तस्बिर हेर्न पटक्कै मनलागेन मलाइ म निदाउन खोजे अह ..
आँखा बन्द गरे फेरि खोले मेरो आकास माथी देखिने बिम्बभित्र त्यो सुब्दार को मुहार बिलाउदै त्यही न चिनेको कालेको मुहार फन फनि घुम्न थाल्यो।।
सजिलो हो कि अफ्ठेरो भगवान जाने ।राम्रो कि नराम्रो कोहि नजाने…..
ए सात फेरे पति ??
तिमिभन्दा न्यानो कल्पिन्छु। आखाले मनपराएको केटो तिमी सङ्ग् बितेका पल त पितिक्क सम्झन मन लागेन मलाइ बस मेरो निसानी यहि छोरो छ। तिमी त हौ कि हैनौ भन्न र जान्न सक्दिन न एक दिन मेरो बसमा छौ न त मैले भनेझैनै भैदिएका नै छौ ।तिमी छेउमै आएनी खुसी कहिले हुन सकिन त्यो बकाइनाको रुखमा फुर्र फुर्र नाच्ने चरी जस्तो नाच्न मन लाउछ नि ।के गर्नी ।पति हौ कि बलात्कारी हौ
भन्न पो नसकेकी। होस है कत्ती कराउनु….
छेउ आउदा केही भन्न सक्दिन एक्लैके भुतभुताएकि होला म नि।
सम्हाल्छु आफुलाइ ।
यादमा काले बनचरी राम्रो…...
मोबाइल सम्झे मैले उस्को नम्बर मा कल गरे अलिक ढिला भो उस्ले कल रिसिभ गर्यो मलाइ र मेरो नम्बर ख्याल गरेर हुन सक्छ।
अवाज आयो गुड मर्निङ दिदी..
मर्निङ काले उम भन त मैले त तिम्रो नाम पनिपो
सोधेकोछैन सची केपो हो राजा..
हजुर ले राज भन्नु भो त्यही मर्जी होस न...
हस राजा तिमिले भेट्छु भनेको हो नि म आज तिमिलाइ भेट्छु ।
काहा बोलाउनु हुन्छ ।म आउदिन डर लाग्छ ।फेरि मैले हजुर लाई देखेको पनि त छैन नि
उस्को शब्दमा निकै घबराहट देखियो म बिस्वास दिलाउन चाहन्छु ।
हैन डराउन पर्दैन के राजा म तिम्लाइ खाने हैन त बरु नस्ता कफि जे खान्छौ खुवाउछु ।आउ है।।
उस्ले कृतज्ञता प्रकट गर्यो।
म घर धन्दा मा लागे ।
स्कुल समयमा छोरा स्कुल गएसी म पनि पार्लर सम्म गए दिउसो पख मैले उस्लाइ कल गरे र एक रेस्टुरामा कफि पिउन बोलाए।
कफि मैले पहिलेनै अरडर गरे उ आउदा सम्म तयारी होस भन्ने लायो।
उस्ले कल गर्यो म चिन्दिन तपाइलाइ कसरी चिन्नु तपाइले भनेको रेस्टुरा को बाहिर छु।
म भित्र बट उस्लाइ देखि रहेछु।।
मैले आफ्नो टेबलको नबर दिए उ सरासर आयो यता उता हेर्यो लजाएजस्तो गर्यो ।
मैले बस्ने इसारा गरे।
ए तपाइपो ?
हजुर म
के म हुदा अफ्ठेरो पर्योर
मेरो प्रस्न लाई मुसुक्क हासेर पचाइ दियो ।
मैले कफि पिउन अनुरोध गरे
उस्ले आनाकानी गरेन
मैले पनि सङ्गै कफि पिए
मैले कफिको कपलाई भन्दा धेरै उस्लाइ हेरे
म सुर्पोमा कफि पिउदै छु या उस्को मिठास
अल्मलिए
म मेरो घर देखाउन लान्छु तिमिलाइ जान्छैनी
तर आज हैन अर्को दिन ।
उस्ले मैउनता दर्सायो ।
भारिबोकेको बादलझै मडारिदै आफै सङ्ग गर्जना गर्ने मेरो मन उस्लाइ छेउमै पाएर एकैछिनमा वर्षा पछि खुलेको आकासजस्तो छर्लङ्ग भो निलो रङ्गमा फर्किएपछी सुनसान भो उ सङ्ग बोल्ने हज्जार बात हरु मौनताना बिलाए
उस्लाइ सोध्न सिर्जिएका लाखै प्रस्नहरुको थाकबट एउटा प्रस्न के सोधिरहु र बरु
धेरै कुरा गालेर एउटै माला बनाइ तिम्रै गलामा
लाइदिम्ला न कुनै दिन ।
मन मनै कल्पे
आज लाई छुट्म न है फेरि भेटौला
म मेरो बाटो लागे उ उस्को बाटो ।