Friday, April 22, 2016

     

 " तिमी र म "
मेरो रिवाजले छाती छिचोल्ने गरि गाढी दिएका किला हरु अनि
श्वास फेर्नै गाह्रो पर्नेगरी बाधिदिएका दाम्ला हरु चुडालेर
म एक नया सन्सार र नया गाउको खोजिमा लम्के।।

जुन गाउँ आफैमा तेस्तो स्वोच्छ हुनेछ।
जुन गाउँ साच्चिकै नेक र उच्छ बन्नेछ।।
त्यो गाउँ स्वोर्ग हरुको पनि स्वोर्ग हुनेछ।।

            मेरा पुरातनवादमा मैलाएका कैयन अड्चनहरु पन्साउदै म त्यतै तिर लम्कदै छु।पृय के तिमी मलाई हर्पल साथदिन सक्छौ नि हैन।

घरको मझेरी अनि चुला र चौका मा मात्र हैन।
सिमित अबसर अनि एक मौकामा मात्र हैन।।
भोक, तृष्णा मेटाउने तृप्तिको खिचडि मात्र है।।
सन्तान उत्पादनार्थको साधन मात्र हैन।।
ईतिहास उल्टाउने शस्त्र बन्न चाहन्छु।
रुढिबाद बदल्ने अश्त्र बन्न चाहन्छु।।
निरङ्कुसता ध्वोस्त गर्ने एम्बुस बन्न चाहन्छु।
बिमेलका नीति र सत्ता बिरुद्द उभिन चाहन्छु।।
एक साहसी योद्धा भै अघि लम्कन चाहन्छु।।
के तिमी मलाइ साथ दिन्छै नि हैन।।

म अनि तिमी समग्रमा हामी बनेर छेड्ने छै बिसङ्गतिका अल्गा होचा पहाड हरु।
सम्याउने छै भ्रस्ट हरुले बनाएका चोभारे डाडाहरु।
के तिमी मलाई साथ दिन्छौनी हैन।

म दोबाटोका भ्रम हरु नियाल्दै
तिखा काडाहरु पन्साउदै
चोइटाएर पत्थर हरु
फटाएर बादल हरु
समानताको निलो आकाश देखाउन चाहन्छु।।

साटेर माया श्रमी हरुको
बन्नेछ गाउँ सुशील हरुको
हुनेछ सहर क्रान्ती र दर्श्न हरुको
बन्ने छ नहर सुख्खा खेत हरुको
बन्ने छ बगर चिस्यान र फुलहरुको
म हात मा हत मिलाउदै तिमी सङ्गै
साथ मा साथ भै हर दिन सङ्गै।
  विभेद का बिरुद्द
नसा नसामा जागर भरेर
परिबर्तन का खातिर बिश्वो शान्ति का खातिर
अघि लम्की रहनेछु के तिमी मलाइ साथ दिन्छौ नि हैन ?
जागरुक मृत आत्माका खातिर
अनिकाल मा सहकालका खातिर
खाली बदन एक झुम्रोका खातिर
फैलाउन चेतनाका सन्देसहरु
जलाउन मरेका लास हरु
म तिम्रो साथ चाहन्छु के तिमी मलाई साथ दिन्छौ नि हैन ?

तिमी र मेरो सहर म र तिम्रो सम्योगान्तमा
थप्नुछ बिस्वासको घर बन्नेछ सुन्दर महल
चिर्नु छ अँध्यारो हटने छ बादल बाट्नलाइ उज्यालो अनि तिमी र म समग्रमा चाहन्छौ आमूल परिबर्तनको सङ्खघोस गर्न।
सच्चिनै तिमी मलाइ साथ दिन्छौ नि हैन ?

No comments:

Post a Comment

तपाइको सल्लाह सुझाबको लागि हार्दिक कृतज्ञता प्रदान गर्दछु।यश ब्लगमा उपलब्ध लेख रचना लाई अध्यान गरि सहयोग गर्नु भएको मा तपाइलाइ धन्यवाद।कृपया सुझब दिदा अस्लिल शब्दको प्रयोग न गरिदिनु होला।