"चिन्ता"
१
न देख्ने कसैले भित्र जलेको।।
सुरै नहुने यो मन डढेको।।
केभो दुख र बिस्मत गरेको ।
साथै छुम किन चिन्ता परेको ।।
२
भोक प्यास नहुने आफै हराउने ।
कोहि छैन सत्रु मन हो डाराउने।।
जिउदै मराउने ब्यर्थै कराउने।
चिन्ताले मनलाइ यस्तो गराउने।।
३
लामाको चम्मर झाकृको शक्ति ।।
धामिको ढ्याङ्ग्रो ढोगी को जुक्ति।।
न डाक्टरी गोटि न बैध्यको बुटि ।
यो चिन्ता मेट्ने के हो ओखती ।।
४
आत्मा गलेर जडझै भएको ।
देह जलेर खरानी बनेको ।।
भनेनी सान्ती पोल्छ त्यो भित्र ।
कसै मेटिन्न चिन्ताको चित्र ।।
५
यसै बढेको किन होस पढेको ।
या त बिचारी या होस सढेको ।।
आज नदेखी भोलिमै रमेको ।
सब्लाइ एउटै चिन्ता गढेको ।।
६
केसै न पाकी बृद्द भएको ।।
भला कामै नगरि सुद्दि ढलेको।।
नजानी उ कृत्य गरेर गलत ।।
चिन्ता बढेर जलेको जगत ।
७
न हिजो मेटिन्छ न भोलि देखिन्छ ।
जतै जाउ खोज आजै भेटिन्छ ।।
खोज्दै छौ कान्ति परेर भ्रान्ती ।
आज रमाउ त्यही मिल्छ सान्ति ।।
८
साथै छजो त्यही शाश्वत मान।
ब्यर्थै त्यो चिन्ता नगर्नु जान ।।
हुन्न अजयी खुसिले कोहि ।।
जो सङ्कोच गर्छ हार्छहो यहि।।
नबराज सुवेदी……….
No comments:
Post a Comment
तपाइको सल्लाह सुझाबको लागि हार्दिक कृतज्ञता प्रदान गर्दछु।यश ब्लगमा उपलब्ध लेख रचना लाई अध्यान गरि सहयोग गर्नु भएको मा तपाइलाइ धन्यवाद।कृपया सुझब दिदा अस्लिल शब्दको प्रयोग न गरिदिनु होला।