"मैले नपढेको किताब"
उ गज्जब को मान्छे।कसैले फिस्स हासेर दुई शब्द बोलिदीए मख्ख हुन्छ।कहिले त्यही किताब लाई सिराने लाउछ कहिले पर सम्म सुनिने गरि भट्याउछ।मग्न हुन्छ किताबी हरफ हरुलाइ कण्ठस्त बनाउन मै।कहिले कस्को जिबनी पढ्छ कहिले कस्का कथा।कोची कोची भरिएका किताबी हरफ हरुलाइ सम्झन्छ।कहिले कहि त स्वोप्नी मा पनि चिच्याउछ।कुनै शब्द हरुले उस्लाइ मन सम्म चिसो लाउछ।एक टक ले सोची रहन्छ र पुग्छ शैशव काल तिर कत्ती सुनौलो झै लाउछ।घोटी घोटी बार्ह खरी पढने दिन।प्रस्ट मात्रा फट्कार्न नसक्दा थर्थर कापेका ओठ हरु।"र" अनि "ल" एकै,"त" अनि "थ"को सम उच्चारण गर्ने कलिला मस्तिष्कमा आज कुन शब्द छैन तर पनि केही भुलेझै खोजी रहन्छ।एक मातृत्वो शब्द को अर्थहरु लेखिएको यस्तो किताब।
"आमा" स्नेहले भरिएको आफू मरेर पनि "दिर्ग जिबि भब" भाब गुन्जिरहने अबाक तर शब्द हरुको शाब्दिक अर्थ ले भरिएको।"मुक" तर संसारका सबै जटिल प्रस्न हरुको उत्तर समेटिएको।र उस्का बाहिरी दृष्टि हरुले ठ्म्याउन न सक्ने एक यस्तो किताबि अपुर्णता बोकि भौतारिन्छ।काहा खोजेन र उस्ले त्यो किताब गाउको "पाथिभरा पुस्तकालय"धायो।बजार को "हलेशी पुतक पसल"गयो।सहरको "श्री पशुपतीनाथ परातात्विक सङ्ग्रह " हेर्यो।अनि बिश्वो का उत्कृस्ट पुस्तक सङ्घ्रालय पुग्यो।"famous libraries in the world" "james madison mamorial"and "Beinecke librarie" तथा "Royal librari" हरुमा पाइने उत्कृस्ट पुस्तक हरुका पन्ना पन्ना हेर्यो।अखिर कहि नापाइ तिम्रो नख दर्शन को उत्तर उस्को आधार डग्मगायो।आफुले जित्न नसकेका संघर्स का ठेसिला थुम्का हरुमा हरेश खायो आफ्नै स्पन्दन भित्र चिहायो जाहा तिम्रो तस्बिर पायो अनि खुसी हुँदै नियाल्यो आफ्नै शैशव काल जाहा साझ, बिहान, मेला, पात ,घाँस दाउरा,घर ,पधेरीमा पर्मिली देखिने आमाको ढुनुमुनु भित्र आफुलाइ अबाक बनाउने शब्द हरुको जवाफ पायो।
सम्झ्यो एक बिहान पधेरे हरुको गफ मा आमाले भन्नू भो " मानिस हरु फुल चोर्छन र गुण छोडेर हिड्छन।फुल चोर्न के गार्हो छर गार्हो त चल्ला काड्न हुन्छ।जतिबेला गुण चाहिन्छ"।
फलेका चामलको पोको बोकि बजार सम्म पुगेउ बजारे मोल मा साटेर पैसा घरका सानाको चिची,पापको धोको मेट्ने तिम्रो इच्छा।अघाएर साना लाई पुर्याउदै ठुलालाइ, कसुडी खाली भएको पत्तै पाइनै खाली पेट लिइ मझेरी मा पल्टिएउ।झिस्मिसेमै उठेर भरी पानी, लिपि घर, दुएर माली गाई, जोरि आगो,तताइ दूध, बटेर सबैलाइ.पटुकिमा थोरै बोडि को बीउ राखी गम्छा को केधेलो मा मलाइ हालि रित्तो डोको समाइ वारि तिर लागेउ।उकुस्मुकुस हुने मकैबरी भित्र बाफिदै रोप्दै थिएउ बीउ म रोइ दिए छु। छेउ तिर गएउ र मेरा अनुहार का पसिना पुछि दिएउ।आँखा मा बेस्सरी पर्ने घाम लाई हत्केला ले छेकी दिएउ।पर एक छेउमा मकै लाई उकेरा लाउदै तिम्रो ठुले नियाल्दै थियो।उस्ले बुझ्यो होला मैले भुझ्न सकिन।किन यस्तो गरेउ।हाम्रा मुहार मा खुसी छर्नकै निम्ति पनि कठोर व्रत झै लाग्ने श्रम कत्ती बेर मलाइ बोकिरहदा नथाक्ने तिम्रा काध।हत्केलाले घाम छेकेर एक अर्थ बोलेउ आफू कत्ती थाकेको किन होस।सधै अरुको भलो चिताउछ मानिस।एक दिन हतेला ले सुर्य अबस्य छेक्नु तिमि "जतिबेला हजारौ मानिस को भिड मा तिमी एक आस्था बन्ने छौ।तिमिले हल्लाइ रहेका हात हरु सबैले नियाल्ने छ्न र आफ्नै सन्तान झै माया गर्ने छन।आमा तिमी यहि भन्दै थिएउ।मैले पढन भुलेछु तर तिम्रा ठुलेहरुले पढेछन र उनिहरु अज तिमिले भनेझै छन।
घरकी जग मात्र कहा हौ र तिमी हर सस्कृतिकी संरक्षक थिएउ भदैरे भेल लाई वास्तै नगरि छोरी हरुलाइ "तिज" मा लिन पठाउथेउ अनि आना कानी गर्दा ठुले ले तिमी सम्झाउथे "परिवार को पहिलो सदस्य नै भाबी सन्तती को मार्ग दर्सक हुनेछ" त्यसैले तैले सबैलाइ समेट्नु पर्छ अहिले झै लाग्छ।त्यही बेला त हो नि तिमी निकै खुसी थिएउ।सुकुल बिछ्याइ दलान मा लाग्ने बेलुकी को पहारिलो घाम ताप्दै गर्दा आफ्ना छोरी हरुलाइ सङ्गै राखी सुम्सुम्याउदै थिएउ दिदी हरु तिम्रो काख मा सिर अढाइ मख्ख पर्दै हासे अनि रोए पनि मलाइ अनैठो लाग्यो।बुझ्न सकिन।बर्खे भेल लाई पन्साउदै तिमी सम्म आइपुग्दा र तिम्रो काख मा रम्न पाउँदा समयलाइ जितेर तिम्रो एक झल्को खुसी नियाल्न पाउँदा हुन सक्छ तिनीहरु रुए अनि हासे।
तर उस्ले बुझ्नै सकेन।।
भखर टुकुटुकु हिड्ने उ तिम्लाइ कतै नदेखी रुइदिदा टुप्लुक्क आइ पुग्थेउ टपक्क टिपि काखी च्यापी पारी हिमाल देखाएउ कत्ति पटक रानिबन देखाएउ कहिले खर्क हरु औलाएउ।त कहिले हाउगुजी को कुरागर्दै आँशु पुछदै थमथमाएउ।साच्चैनै तिम्रा अबिचलित औलाइ हरुमा छुट्टै सङकल्पका अक्षरहरु कोरिएको थियो तिमिले यहि बन पाखा सङ्गै मलिलो माटोको सायामा मेहिनेतले कहिले नथाक्ने पौरखी सन्तान।अनि यहि प्रकृतिले मानिस सङ्ग लाउने मितेरी को कुरा बुझाउदौ थिएउ।अनि यहि आल्सि मानिस हरुपनी छन तिनिहरु सङ्ग जोगिन सिकाएथेउ।हो यहि निसानामा रचिएको तिम्रो किताब मैले वास्तै गरिन छु।
बिना बाबुको छोरोमा गुरुकुल शिकाइ को शुमार्गी शब्द शिक्षाको ज्योती बनेर चेतना को जग बसाल्छेउ र हामी उसैका अब्याय हुन्छै।थाहा छैन मानिस हरुले तिलाई मैलो देखाउन फलैचामा कतिवटा बिडि सल्काए तिमिले वास्तै गरिनौ आफ्नो सन्तान को भरण पोसण मा लागिरहेउ।र उस्लाइ त्यही समाजको पर्याया बनाइ छोडेउ हो यहि दृढता भित्रको तिम्रो सोचाइ अनि आफू दुखेर संसार खुसाउने मनमानी तिम्रो "आमा"मैले पढन भुलेको तिम्रो किताब।
एक साझ केही बेर तिमी हराएएउ।अनि फेरि देखिएउ।आउदै गरेकी हातमा सानो कपास को बिरुवा बोकेर, जुठेल्ना को मलिलो माटो खोस्रेर त्यस्लाइ रोपेउ अनि थोरै पानी हालेउ त्यो बुटो अझै बाची रहेछ हरेक मास मा फुलि रहन्छ,र त्याहा कपास पल्छ।उतिबेला तिम्लाइ सबैले गाली गरे "आमा पनि विश्राम गर्नु नि के दुख गरिरा"तर हैन रैछ आज त्यही बुटो हरेक माश फुल्छ अनि त्याहा कपास फल्छ।अनि त्यही कपास ले तिम्रा ठुली हरु बत्ती कात्छन हातसरो गर्छन।तिमिले बनाएको रातोमाटोको को दियाघर अनि तिमिले छोडेर गएको तामाको दियो दियाघरमा अझै उस्तै छ छेउमै तिमी झै बोलीरहने तिम्रो सुन्दर तस्वीर जिबन्त छ।अनि तिम्रा ठुली हरु तिम्रो सम्झनामा साझ बिहान दियो जलाउछन।हुन सक्छ तिमिलाइ पढेर होला तिम्री ठुलीहरु आज तिमिझै छन।तिमिलाइ नजिकैबट पढेर होला।साथै ठुले हरुपनी मख्ख छन आफ्नी प्यारीमा तिमिलाइ पाएर होला।
आमा उ आज बल्ल बुझ्दै छ तिमिले कपास रोप्नुको रहस्य।उ आज पल्टाउदै छ पानाहरु अनि उल्थाउदैछ अर्थ हरु तिमिले छोडेर गएको किताबी शब्द हरुका:-
त्यसैले उ भन्दैछ आज भुल बस मानिस हरु तिमिलाइ एक पटक सम्झन अल्छी गर्छन।तर उ तिमिलाइ हरेक प्रहर स्मरण गरि रहने छ अनि पडि रहने छ तिमिले छोढेको स्नेहले भरिएको ज्ञान रुपि शब्द हरुको सङ्गालो।
"उस्ले पढ्न बिर्सेको किताब"
No comments:
Post a Comment
तपाइको सल्लाह सुझाबको लागि हार्दिक कृतज्ञता प्रदान गर्दछु।यश ब्लगमा उपलब्ध लेख रचना लाई अध्यान गरि सहयोग गर्नु भएको मा तपाइलाइ धन्यवाद।कृपया सुझब दिदा अस्लिल शब्दको प्रयोग न गरिदिनु होला।