"दुखेको सपना"
मेरो छेउ मा पोखिएको उस्को कथा पर्देश मा भएको नेपाली चेली सङ्गको जम्काभेट उ सिम्खेत बन्दगी राखेर यहाँ सम आइ खुसिको सुनौलो सन्सार भित्र पाइला राख्न पाइन्छ परदेश मा। सजिलौ फल्ने लास्साको सुन सम्झेको उस्को सुनौलो क्षितिज यति कठोर छ हरेक पटक मर्दै बाच्न बाध्य उ कलिलो मुख निन्याउरो अनुहार बिना बा आम का आफ्ना कलिला नानी हरुले ममिले के लिएर आउनुहुन्छ।त्यो पर्खाइ र पर्देसिएकी चेलिलाइ पिठ्यु पछि बसेर गिज्याउने छिमेकी सबैको सामु आफ्नो लास फिर्ता गर्नु छ। नत्र उ पहिलै आफुलाइ मारिसक्थी आफुले चाहेर पनि मर्न नपाइने अर्काको जटिल बन्देज भित्र बाधिएकी उ मन मनै हरेक बिहान हरेक साझ मरेकी हुन्छे।तर पनि उ बचेकी छे।बाहिर बट देखिने बिदेशी आलिसान सम्पन्नताले भरिपुर्ण महलकी नोकर्नि उ महल जति सुन्दर छ त्याहा भित्रको बास्तबिकता कयै गुना फोहोर छ त्यही बास्तबिकता लाई उस्ले मेरो हात मा सुम्पेको दुई अक्षर हरु:-
साझ पख दिन र रात छुट्टाउनै गार्हो झिलिली बलेका सड्क का बत्तिहरु फुर्सद को समयमा टहलिदै गर्दा त्यही पेटिमा एक आइमाइ लाई देख्छु म भन्दा उस्को पाइला न अघि न पछि।म रोड मा छु उ पेटिमा छे।त्यो आईमाई जो एक पाङ्ग्रे ठेलामा दिन भरिको फोहोर लाई डस्ट बक्स सम्म पुर्याउन भएभरको बल लागाउदै ठेलिरहेछे।मैले निकै नियालेर हेरे खैरो र कालो चारपटे बुट्टा भएको हजुर्बाले मन पराउने सर्ट, कालो सुरुवा कपाल मा सेतो तर मैलिएर धमिलो बनेको कपडा(बुर्का)ले निधार सम्म छोपेको थोरै आँखा र नाक मात्र देखिन्छ तर पनि म भन्छु उ पक्कै नेपाली हो।मैले चार पाइला चाल्दा तीन पटक हेरे र सोध्ने आट कसे मन भरी ताल्चा मार्दै र डर लाई खुल्ला आँखा भित्र लुकाइ।दिदी हजुर नेपाली हो।तिन्ले पुलुक्क हेरिन तर बोलिनन।मैले नेटो काटे कि उ पक्कै नेपाली हो र फेरि भने किन न बोल्नु भा नि पर्देश को काम याहा सबैको उस्तै हो।म यति चिटिक्क छु तर पनि मलाइ साहुले कहिले कहि खाएको प्लेट उठाउन लाउदा मान्न पर्छ दिदी पर्देस यस्तै हो भन्नोस न।मैले सानो स्वोर मा बिन्ती गरे उन्ले पैया को गती कम गर्दै बोल्न खोजिन के बोल्नु बोल्नै सक्दिन भाइ।मैले सोधे हजुर को नाम, बिस्ना, राम्रो नाम रैछ सायद बा आमाले खुसिले राख्या होलान।मन मनै भने।नेपाल कहाँ हो घर उन्ले भनिन।तपाइको भन्नोस।आफ्नो काम लाई निरन्तर राख्दै उनी र म अन्तरङ्ग मा केही क्षण मैले आफ्नो बताए पछि दिदिले भनिन।कसैलाइ न भन्ने सर्त मा।म याहा आएको एक बर्श पाच महिना भयो। महिनौ दलाल को घर धाउदा बल्ल यहाँ सम्म आए दुख अभाब टुहुरा लालाबाला र अस्ताउदो जुन को मुहार हेरेर बस्ने सासू ससुरा वा कर्म ले बा आमा बनेका उनिहरुको एक्लि बुहारी म।नेपाली सेनाम कर्यरत उन्का पति द्वोन्दकाल मा बा बिरामी भै घर जाँदै गर्दा बाटोमा लास फेला पर्यो रे न केही घाउ न चोट केही नदेखेसी त्यो बेला को कानुन दैबले जानुन ज्यान गयो मन रुयो बा आमा रुए छोरो गर्व मै टुहुरो कति दयालु झै लाग्ने आँखा उन्का टप्लक्कै आसुले भर्दै भनिन छोरो पेट मा पाच महिनाको मात्र थियो।आज मेरो छोराको अनुहारमा वाहाको चित्र देखेर भक्कानिन्छु।सबै साथी हरु हासेर बाचेका छन तर मेरो सास्ति छ हरिबिजोग।न राज्यले हेर्यो न साथी भाइ ले हेरे देश को सिन्दुर पहिरेको सिपाही एक लाबारिस मृत्युमा बदलिएको घटना ले सारै मन छुयो।यतिकैमा छोटो परिचय सङ्गै म छुट्टिए।र आफ्नो रुम आइपुगे।थोरै हात पाउ धोइ के बिस्तरामा ढल्केको थिए।म निदाएछु।र मैले एक सपना देखे छु। जुन वर्णन गर्न असमर्थ हुदा हुँदै पनि बाध्य छु।
एक डर्लाग्दो सपना भित्र म त्यही रुम बाट देखिने सानो छिडी अनि उस्को साहु (मुदिर) को बास्तबिकता सम्म उ राम्रो छ।अल्गो चटक्क मिलेको जिउ यति ठूलो घरको मालिक उस्का चार वटि श्रीमती.......जेठीका 3 सन्तान,माइलिका दुई,साइलिका एक, अनि कान्छी,भखर ल्याएको छ उस्ले,त्यो उन्को मालिक जो अरुको कलिलो यौबन लाई पैसाले किन्ने गर्छ।उ आईमाई मानिस हरुलाइ खेलौना सम्झन्छ।मनमोजी गर्छ जतिबेला चाह्यो त्याहि बेला जे पनि गर्दिन्छ।सबै श्रीमतिलाइ चाहिने भन्दा बेसि परिपुर्तिले भरेको छ तर खाचो छ उस्लाइ सामिप्यताको किन कि एक पुरुस ले एक घरमा कहिल्यै पनि चार चार स्त्री को मन बुझाउन सक्दैन।तर पनि उ अघाउदैन।यत उता घरी घरी नजर डुलाइ दिन्छ।किनकी उस्ले चाहेझै मोज मस्ती गर्न मन ले मागेको फुल टिप्न।कस्ले छेक्छ र आखिर हामी उसैका दास हौ।र दासी बनाउनलाई दिदी, बैनी, आमा भाउजु लाई उस्का सामु हामिले बिन्ती चढाएकै हौ।उ कहिले फिलिपिन को बाटो लाग्छ कहिले नेपाल कहिले भारत त कहिले बङ्गलादेश।यहि गरिमामय उस्को काहानी मलाइ खासै वास्ता लाग्दैन तर एक सिपाही को आत्म सम्मानको स्वाभिमान लाई मैले साघुरो क्षितिज बट नियाल्ने जमर्को गर्छु बेलुका को समय छ।लाग्छ उस्का घरमा दुई चार पाहुना छन।बिस्नु भान्सामा भाडाकुडा सफागर्दै छ।उ अफ्मो सुरमा मस्त छे त त्यो अर्कै दाउमा छ।दुबै हात लाई काम मा प्रयोग गर्दै गरेकी बिस्नु लाइ पिठ्यु मुनि बट हात घुसाउदै बेस्सरी उस्को स्तन समाउछ र मसार्छ बिस्नु बेस्सरी चिच्याउछे।ऐया आमा। तर म आफ्नो सिर निहुराउदै नहेरे झै हुन्छु।उस्ले आफ्नो भासामा भन्छ।...................।बिस्नु नाजवाफ हुन्छे।उस्ले त्यो जवाफलाई हुन्छ ।या हुन्न केहि भन्न सक्दिन।उस्को चिच्याहट लाई उस्का चारैजना रखेल हरुले हेरि रहन्छन र एक आपस तिर हेर्दै हास्छन।आफ्नो मोज को बथान छोडेर एक पर्देशी बिरुवा लाई उस्ले यसरी निमोठ्छ जो प्रकृति हैन र भन्छ.................. आज उस्को घरमा पाहुन छन।पाहुना लाइ सम्मान गर्न एक आईमाई चाहियो रे खोजेको अहिले कहि तत्काल नपाएसी त्यस्को बिकल्प बिस्नुलाइ बन्न उस्ले उत्साहित गर्छ।उ ना जवाफ छे भासा पनि त्यति जान्दिन।के भन्यो के भनेन उ पर्खिन्छे त ब्याभारलाई मात्र अब के हुन्छ।मुदिर जान्छ।बिस्नु पनि टिस्यु ले प्लेट को पानी पुस्तै गर्छे।पालो अब पहुनाको उ हेर्दै घिन लाग्दो कहिले दात सफा नगर्ने मिश्री जातिको चिउडमा बोके दारी पालेको अजङ्ग को मानिसले फेरि बिस्नुलाइ लुछन थाल्छ।बिस्नु फेरि चिच्याउछे।दिन भरिका घरायसि काम ले थाकेकी उ मरेतुल्य हुन्छे।आँखाबट तप्लक्क आँसु खसाल्दै आफ्नो आवाज लाई दबाएर बा आमा घर छोरा छोरी सम्झन्छे।अनि आफ्नो कर्म लाई धिकार्छे।सर्कारी जागिरे भनेर बे गरे यस्तो भोग्न पर्यो।उ बेला मा श्रीमान ले हासोले पिठ्यु मा छुदा दुई दिन सङगै न बसेको पल्लो खाट मा सुतेको। एक दिन साथिभाइको लहै लहैमा लागेर हल्का तिन्पाने लगाएको कुरा माइतमा बाबालाइ सुनाको इत्यादी याबत सम्झन्छे।सिन्दुर को मूल्य सम्झेर भक्कानिन्छे।आफ्ना मानिस हरुको जिबन्त कुसुमार सहबास को याद ले छिया छिया हुन्छे।उ लास झै छे निर्लज्ज छे।उस्लाइ एक बिरानी बस्तिमा नाङै नर्तकी बनाइन्छ।हो त्यही बेला बिस्नु ले आफुलाइ नेपाली हुनुमा धिकार गर्छे।दरब्ङ्गे हुनुम घृणा गर्छे।बाहिर गेट मा चिटिक्क परेको ड्रेस मा सजिएको गोर्खे ले उस्को चिच्याहाट सुन्न सक्दैन उ नुन को सोझो गर्छ।भित्र बलत्कार को सिकर हुने उस्को आफन्त हैन मात्र एक नेपाली हो।उस्को पास्पोर्ट मात्र नेपाल को छ उस्को मन सान्त छ र यहि मात्र सोच्दछ कतिबेला सकिन्छ डिउटी।र यहाँ बट जाउ अर्कै सन्सार मा रमाउ।अब म भन्दिन मेरो सिर को भादगाउले टोपी मै सङ्ग छ।म सोच्दैछु मेरो खुकुरिको मूल्य छैन म अझै सम्झदैछु मैले अग्नि साक्षि राखेर सात फेरा लिन्न भनिरहन्छु म र मेरो देश एक निर्बल हरुको देश हो जहाँ हज्जारौ बिस्नु हरुलाइ बेचिन्छ।म त्यही कल्पना मा बेहोस भए जहाँ कल्कलाउदा जवानी हरुको खेती गरिन्छ।र म अठोट कस्छु स्वाभिमन बचाउन नसक्ने आमा सङ्ग म एक दिन यस्तो दिन ल्याउने छु जुन दिन मेरा बा आमा, दाजु भाइ, दिदी बहिनी, कसैले, बैरी हरुको गुलाम बन्नुपर्ने छैन, हासी हासी हासी यहि देश मा एक सगुन बाट्ने छौ। जहाँ हज्जारै बिस्णु हरु हासि हासी आफ्नो सैभाग्य तिलहरिलाइ सम्झदै सन्तान लाई स्वोदेश को मलिलो माटो मा पौरखी हात हरुले श्रमका पहेला सुन झै बाला हरु झुलेको दिन नियालेर घरको सिडि देखि औलाउने छन बाबू हेर त हाम्रो खेत हाम्रो वारि फलेको धान झुलेको बाली फकृएको कोदो लहराएका मकैको बोट अनि काल्ना मा फलेको लामो बोडिको लहरा जस्ले हाम्रा हरेक अभाब लाई मथ्थर बनाउने छ सन्तान को भबिस्य उज्जवोल बनाउन मद्दत गर्ने छ।गोठ मा खेल्ने लाहुरी भैंसी र चौरी गाई ले नेपाली गोठ लाई बा गरेर सम्मन गर्ने छन।अनि भेडा हरु एक उछदन्त हासो भ्या भ्या मा नानी हरु चौर मा स्वोर मिलाउदै आफ्नै मात्री भासा क.ख.र क का कि कि भाका हलेर पड्ने छन।त्यही आत्म सम्मान ले भरिपुर्ण सुनौलो दिन को कल्पना मा बिस्नुले आफुलाइ पाउछे।
नबराज सुवेदी
कृपाया कपि न गर्नु होला।।।
No comments:
Post a Comment
तपाइको सल्लाह सुझाबको लागि हार्दिक कृतज्ञता प्रदान गर्दछु।यश ब्लगमा उपलब्ध लेख रचना लाई अध्यान गरि सहयोग गर्नु भएको मा तपाइलाइ धन्यवाद।कृपया सुझब दिदा अस्लिल शब्दको प्रयोग न गरिदिनु होला।