Monday, July 4, 2016




"कविता"

यहाँ
कतिबेला
 हडतालमा पर्छ
आफ्नै जिन्दगी
कुनै ठेगान देखिन
यहाँ अछुत सरि भैदिन्छ
आफ्नै जिन्दगी ...

अब ईश्वर पनि
हेर्दाहेर्दै निष्ठुरी भएछन्
दुनियाँको पुकार
सुन्दासुन्दै
आफैं पनि
पागल झैं भएका छन्
रत
अनेकौं किसिमका
सास्ती हाम्लाई
भोगाइ रहेका छन्
 हेर्दाहेर्दै आँखैअघि
 दिनहुुँ भएको
प्राकृतिक प्रकोपपछिको
धर्ती सारा
कहीँ अकाल छ
 त कहीँ अनिकाल ....

आज हामी आफैं
भिखारीलाई टक्टकिएर
धपाइ रहेछौं
बिचरा त्यो भिखारी
भने केही नसकेर
आफ्नै बाटो
आफ्नै लक्ष्य लुरुलुरु...
 सायद
उसले नि बुझी सकेको छ
 अब छिटै
अनिकाल
 भोकमरी
 अब छिटै प्रत्येकले
 सामना गर्नुपर्छ
 उसको मनमा
लागि सकेको छ
अब
हो,  लागि सकेको छ ...

यहाँ आज
आफ्नै देश
परदेश  बनी सक्यो
हजारौं मान्छे पनि
आज परदेशी
भै सकेका छन्
परदेशकै
स्नेह र  प्रेममा
परेर होला
आज यो सरकारको
पौरखी आँखा पनि
दृष्टिगोचर
 भै सकेका छन्
परदेश त फुल्यो
आज नेपाल त
गन्हाउने इतिहास
 भएको छ ....!!!

यति ठुलो
प्रकोप आएर
सर्वनाश पछिको
नेपाल
 ईश्वरको
नव आयाम
भएको सृष्टिमा
भुल संसोधन
गर्ने रहर छ
 एउटा
छुट्टै नयाँ सन्सारको
 सृजना गर्ने रहर
जागेको छ
 एउटा
बेग्लै सन्सारको
निर्माण गर्ने
छुट्टै सन्सारको ...

बिनोद रिमाल , झापा

No comments:

Post a Comment

तपाइको सल्लाह सुझाबको लागि हार्दिक कृतज्ञता प्रदान गर्दछु।यश ब्लगमा उपलब्ध लेख रचना लाई अध्यान गरि सहयोग गर्नु भएको मा तपाइलाइ धन्यवाद।कृपया सुझब दिदा अस्लिल शब्दको प्रयोग न गरिदिनु होला।