"गजल"
प्रत्येक घरमा बुहारी हेपिन्छ्न सधैं
मुखमा राम बगलीछुरा देखिन्छन सधैं
अबुझ भनौं या मूर्ख समाज हुँदो रैछ
दाइजोकै नाउँमा गला रेटिन्छन सधैं
यहाँ कस्तो हो जमाना भनी साध्य छैन
नारीकै घटना अखबारमा लेखिन्छ सधैं
घर चुल्होमा ब्यस्त छोरीको जीवन
यहाँ छोरो भने भट्टीमा भेटिन्छन् सधैं
बिनोद रिमाल ,
झापा
No comments:
Post a Comment
तपाइको सल्लाह सुझाबको लागि हार्दिक कृतज्ञता प्रदान गर्दछु।यश ब्लगमा उपलब्ध लेख रचना लाई अध्यान गरि सहयोग गर्नु भएको मा तपाइलाइ धन्यवाद।कृपया सुझब दिदा अस्लिल शब्दको प्रयोग न गरिदिनु होला।