Friday, August 12, 2016

        

     दोभानेको "भुत"

म हजुर्बा को प्यारो नाती थिए । हजुरामा हुनुन्थ्यो पहिला नै खस्नु भाको रे हजुर्बापनि पाको नै हुनुन्थ्यो उहाँ अलिक पुरानो जमानाको मान्छे केही अल्गो लम्बाइ अलिक ठुला हात जिउ कान सायद हामी भन्दा निकै फरक जस्तो देखिनु हुन्थ्यो । त्यो जमाना का मानिस हरु हामी भन्दा अलिक फरक र भयंकर नै थिए होला ।म  घरको कान्छो नाति भएर पनि होला म प्राय वाह सङ्गै हुन्थे ।वा सङ्गै खेल्थे वाहाकै काधमा चढेर पिङ खेल्थे कहिले।म बा को लामो जुङ्गा तान्थे कहिले नाङ्ला जस्तै ठुला कानमा पलाएका र उमेरको नेटो सङ्गै रङ्ग बदलिएर सेता भएका रौ उखेलिदिन्थे  त कैले वाहा फुलेर लामा भएका आखीभै ले परेली छेक्यो भन्दै निकाल्न लाउनु हुन्थ्यो मेरो अनेक  उल्याइ लाई कहिले कडाआखाले हेर्नू भएन बस भन्नू यति मात्र हुन्थ्योकि के गर्छ नाथे" चुप लागेर बस म चुप लागिदिन्थे ।खेती किसानी गरेर जीवन चलाउने समुदाका मानीस भएर पनि होला प्राय दिन भर सबै घरका ठुला मेला पात घास दाउरा सबै काम मा ब्यस्त हुन्थे । हिउदको समयमा काम को चटारो बिसेक भा बेला हजुर्बुबा फूपूघर जानुहुन्थ्यो त्यही बेला मैले वाहा सङ्ग साथ लाग्ने मौका पाउथे । या कुनै खास बेला अबसर मा फुपुघर जानुपरे बा जने कुरामा तम्सिनु हुन्थ्यो ।यहि कुरा लाई लिएर ठूलो दाजु र हजुर्बाको को जाइ को जाइ हुन्थ्यो त्यो बेला बुबाले अन्तिम निर्णय दिनुहुन्थ्यो ।


एक दिन काम बिशेष ले हजुर्बुबा लाई फूपूघर जानू पर्ने भयो बाटो धेरै नभए पनि एक दुई खोला र जङ्घार तर्नु पर्थ्यो आमाले जान हुन्न भन्दाभन्दै पनि करगरेर म हजुरबुबाको साथ लागे तीस मिनेट जति हिनेपछी एउटा सानो खहरे आउथ्यो ।पानी खासै थिएन तर अग्ला अग्ला छहरे परेको थियो बर्खा मास पानी बेशीहुदा छहराको तेजले गर्दा निकै गहिरा गहिरा दह थिए लेउ लागेका काला र चिप्ला ढुङा थिए डाडामा ठोकिएर खोल्सी तिर मोडिने भड्किलो हावाले छहरालाइ हिर्काउदा पानीका छिट्टाहरु परसम्म आउथे वारि पारी भिरमा अ्म्लिसो लह लह खेलेको थियो हरिया र सुरिला उत्तिसका रुख हरुलाइ पुरुनिका लहराले नागेली फेरो मार्दै आकाश भेट्न लम्किरहेका थिए ।म हजुर्बाको पछि पछि हात को औला समाइ भ्याइ न भ्याइ पाइला लम्काउदै थिए कुन सन्जोग ले हो मेरो हात हजुरबुबाको हात बट छुट्टिन पुग्यो मैले पनि भुलेछु र वाहाले ले भुल्नु भएछ हिड्दै गर्दा खोल्सिको पेटिमा पहरालाइ कोखबनाइ लह लह खेल्दै गरेका कर्कलाका पात मा पर्ने बाछिटाहरु तप्कदा सेता मोति बर्सिएजस्तो देखेर  म झन मोहक भएछु छेउमै रातो चाचर को बिरुवा देखेर म त्यस्मै भुल्न थालेछु ।रातो हरियो रङ्ग मिसिएर टसक्क ढुङ्गा मा अढेस लागि यता उता हल्लिरहेको  रहेको चाचरको पात मलाइ धेरै मन पर्यो म त्यस्लाइ चुड्न खोज्दैछु । मैले पत्तै पाइन बा पर पुगिसक्नु भएछ  कसो कसो थाहा पाउनु भएछ र झस्केर हेर्दा नातिलाइ पर देखेर दैडदै आउनु भयो र मलाइ हात मा समाइ बाबू के गरेको याहात ठूलो भुत पो छ त यसरी खेलेर बस्न हुन्न खान्छनि भुतले….


म निकै डराए बाको हातलाई सकेसम्म दर्हो समाउदै लामा लामा पाइलामा हजुरबुबा सङ्गै हिड्ने कोसिस गरे मेरा साना र कलिला  पैता हरुलाइ निकै पीडा भैरहेको थियो तर मैले पत्तैपाइन म हजुर्बुबा सङ्ग यसरी झुम्मिदै हिनिरहेको थिए जसरी मृग को बथानमा भखर जन्मेका बच्चाहरु खुट्टालुला गराइ घरी घरी आफ्नै आमा सङ्ग ठोक्किरहेका हुन्छन । घरी अघि र घरी पछि भै अलमलिएका हुन्छन ।तर मलाइ यो कुरा को कुनै सङ्कोच थिएन नत  कुनै याद म सङ्ग मात्र एउटै डरले आँखा गाडेको थियो जुन दोभानेको "भुत" थियो । त्याहा भुत थिएन तर पनि मलाइ भुत छ र मेरो पछि आउदैछ ।मैले भुलेर पनि हजुर्बाको हात छोडे भने मलाइ खान्छ ।मेरो सानो र कलिलो बालमस्तिष्क मा तुरुन्तै डेरा  जमाउने भुत एक शब्द थियो वा मन थियो ।म घरी घरी यहि प्रश्न गरिरहे बा फूपू घर कतिबेला गुगिन्छ ।किनकी घरमा भुत हुदैन भुत बाटोमा मात्र हुन्छ ।मलाइ त्यही लागिरहन्थ्यो ।निकै बेरको हिडाइ पछि हामी फूपू घर पुग्यौ । फुपुले मलाइ पिठ्युँ मा बोकेर म्वाइ खानु भयो सबैजना मलाई देखेर खुसी भए तर म बेखुस थिए । मेरो मनमा सल्बलाइरहेको दोभानेको भुत अझै आउने हो कि सन्त्रास बाची रहेको थियो । वाहाहरुको औपचारिक भेट घाट  पछि साझ पर्यो खानपिना सकियो ।केहिबेर का कुराकानी पछि हामि नाति हजुर्बा सुत्यौ । बिहान सबेरै घर तर्फ लाग्यौ जब दोभाने आयो मेरो डर थपियो बिहानी किरण छहराको  भित्री भाग सम्म छिर्दा एक इन्द्रेणी बनेको थियो सायद त्यही हो भुत म अझै डराए बा को अघि अघि लागे घर पुग्यै । घर पुगेर आमाको साथ पाएपछी मलाइ थोरै सान्ती मिल्यो अब मलाइ मन मा ढुक्कभो म आमाको काखमा रमाउन पाए ।


केही दिन पछि को कुरा हो तारा सीता र मालती दिदि  घाँस काट्न दोभाने पाखा तिर जानू भएछ मालति र सीताले एक सुरम खोल्सिमा घाँस काटिरहेकी तारालाइ एक्कसी तेरो पिछाडी भुत छ तरा भनेछन अत्तालिएर डराई डर सहन  गर्न नसक्दा (heart attack) मुटु फुटेर वाहा बेहोस हुनुभो र  कहिले नफर्किने गरि तारा दिदी बित्नुभयो तर यस्लाइ गाउले हरुले भुतले खाएको प्रमाणित गरे। त्यसपछि गाउमा भुत को बिगबिगी भयो हाम्रो परिवार ले बसाइ सर्ने निर्णय गर्यो हामी सहर मा बसाइ सर्यौ । हामी बसाइ सरि आएको सहरमा पनि भुतको कुनौ कमि थिएन याहा त झन विभिन्न नाम गरेका भुत हरु थिए हर घरका अभिभाबक हरुले आफ्ना सन्तान लाई बालपनको चकचक वा उल्याइ रोक्न हरेक दिन  कलिला नानी हरुको निश्चल मानस्प्टलमा भिभिन्न खाले नाम उपनामको एउटा यस्तो बिज रोप्दै थिए जुन चाहेर पनि हामी कसैले जीवनभर मेटाउन सक्दैनौ र आजिबन एक (warong illusion) गलत भ्रम लाई सत्य मानी साझ बिहान आफ्नै घर खेत गोठ र पधेरिमा हावको सुस्काइमा, छहराको सर्काइमा, खोलाको बगाइमा,र चलायमा प्रकृतिका प्रहर हरुमा आफै सङ्ग कापीरहेका थियौ ।


समयको अन्तराल सङ्गै म निकै ठूलो भैसकेको छु तर पनिम आफ्न घरको मझेरिमा ढुक्कले निदाउन सक्दिनथे । मलाइ साझ पख आमाले बाहिर निस्कन साथी मागेको पटक्कै मन पर्दैनथ्यो बैनीले घरको तल माथी गर्दा अत्त्लिदा झन दुख लागेर आउथ्यो ।

क्रमानुगत बिकास अनुसार पुराना पुस्ता ले नया पुस्तालाइ  मन्तरने एक डरावक शब्द भुत सङ्ग मलाइ निकैनै पीडा महसुस भै सकेको थियो किनकी म आफै पनि हर क्षण आफैसङ्ग डराइ रहेकोहुन्थे। एकदिन मैले आफ्नो दिमागमा यस्तो निर्णय गरे जाहा सम्भाबना का मुनाहरु अफ्नैमनभरी  खेल्न सक्थेम सङ्कोच मेटेर ढुक्कले हराभरा लहराउन सक्थे  र सारा गाउले हरुलाइ दोभाने मा भुत छैन दोभाने एक प्रकृतिको सौदर्यले भरिएको सर्गम स्थल हो। हामी त्याहा रम्न जान्नु पर्छ। भुत केबल तपाईं हाम्रो मस्तिस्कमा डेरा जमाएको शब्द मात्र हो यो अरु केही हैन भन्ने सन्देस्श दिन चाहन्थे । म आफ्नै पैतालाहरु झारपात र बाटोमा भएका पत्कर  मा ठोक्किदा आफ्नै घरको सिडि चडदा ओर्लदा  निस्कने सर्लङ सुर्लुङ आवाज लाई नियाल्ने कोसिस गर्छु ।उभिएर उसङ्ग लडाइ गर्ने कोसिस गर्छु । म एक पटक पछाडी फर्केर हेर्न चाहन्छु के साच्चिकै भुत हाम्रो पछी छ त यदि उ त्याहा भए पनि मलाइ उस्ले छोड्ने छैन र म किन निर्य झै बाची रहेछु आफै सङ्ग किन भागिरहेछु म उस्को प्रतिकार गर्नत सक्छु नि आखिर मेरो अन्त्य उस्कै कारण भए पनि म एक पटक उस्लाइ नजिकैबट नियाल्न त पाउनेछु ।


म एक उभार बोकेर एक दिनआफ्नो गाउँ फर्किए मलाइ मेरो मनमा भुत शब्दको सुरुवाती भएको दोभाने हेर्ने हिम्मत जाग्यो म त्यही ठाउँमा पुगेर हर दृस्यलाइ नियाली हेरे त्यो झरना आज पनि उस्तै छङ छङ आवाज मा निस्चल भनी झरिरहेथ्यो ।काउली परेका भित्तहरुमा चाचर झन लह लह झुलिरहेको थियो पानीले सतह बनाइ जमेका दह हरुले मलाइ आफ्नै सन्तान सम्झी स्वागत गरिरहेथे ।झरनाको पानी सङ्ग खेलेर हेरे दहको निलो पानीलाइ चलाएर हेरे एक्छिन आफै नाचे  मनभरी रमाए मेरो खुसिको सिमा रहेन आज मैले मेरो मनभरी यतिका बर्स मलाइ एक शब्दको भ्रम भित्र राख्न सफल आफ्ना अग्रज र गाउले हरुलाइ एक सङ्कोच मेटिएको सन्देस दिए अब हामी हाम्रा सन्तती लाई  दोभाने सङ्ग अलग गराउने छैनौ अनेकन रुडिबाद मा अल्मलिएक गलत शब्दहरुको जालोमा आफ्न सन्तान लाई बाध्ने छनौ भन्ने प्रण गराए र बिस्वास दिलाए ।आज गाउले हरु दोभाने लाई भुत स्थल हैन आफ्नो प्रकृतिको उपज सम्झदैछन ।दोभाने लाई डर ले हैन मायाले सम्बोधन गर्छन । आज दोभाने प्रती एक्कसी जागेको ममता ले मलाइ जित दिलायो मैले भने भुतलाइ जित्ने मेरो सोच एक भ्रम थियो तर म त्यही भ्रम पालेर नै सबैको भ्रम मेटाउन सफल भए (you always devise  strange illusion) म खुसी हुँदै आफ्नो घर तर्फ लागे ।।।

No comments:

Post a Comment

तपाइको सल्लाह सुझाबको लागि हार्दिक कृतज्ञता प्रदान गर्दछु।यश ब्लगमा उपलब्ध लेख रचना लाई अध्यान गरि सहयोग गर्नु भएको मा तपाइलाइ धन्यवाद।कृपया सुझब दिदा अस्लिल शब्दको प्रयोग न गरिदिनु होला।