"यात्रा"
" चिहाएर झ्याल बट हेरे सुटुक्क।
हाइ काड्दै मानी राथी दिक्क।।
मन भन्छ छेउ जाउ सुटुक्क।
एक फेरा निदाइदिउ कि लुटुक्क।।
कोहि आइ पुग्छ कि टुप्लुक्क।।
एक नया सपनाको सुरुवात यात्राको पहिलो दिन घरको चन्चले कान्छो आफ्ना अनेकन सपना साकार पार्न आज पहिलो पटक घर र राजधानि सम्म को यात्रा तय गर्दैछ।दाजु ले बोलाउनु भो छिटो गर न गाडी छुट्छ हत्पत उठेर राम्रो सङ्ग मुख पनि नधोइ उ तयार हुन्छ।गाउबट ल्याएको पुरानो झोला।दुई थान झुत्रे लुगा अनि आफ्नो सर्ट्फिकेट झोलामा राख्दै।तयारी भएको सङ्केत गर्छ।दाजुलाइ कसैले मयाले दिएको पुरानो साइकल पिछाडिको सिट मा बस्दा उ सफारिमा यात्रा गरेको झै अनुभव गर्छ।
किन कि उ जान्दैन साइकल चलाउन पाच मिनेट को छोटो यात्र पौष को मौसम पानी मिसिएको चिसो हुस्सु ले मुटुलाइ घरी घरी छुन्छ तर पनि दाजुको पिठ्यु मा बेस्सरी समातेर बसेको उ केही छिन पछि बस्पार्क पुग्छ।भन सुन गरेर एक सिट को पाजो मिल्छ।ल यो सिट मा बस कान्छो बस्यो सिट मा।भन्ने सबै कुरा सिकाएर बाइ भन्ने बेला कन्टेक्टर ले पैसा म किच किच गर्यो।दाजुले भन्नू भो तपाईं बाहिर जानोस उ गयो मलाइ लायो इनिहरु कति बदमास हुन मुख बाट "मु"को उपसर्ग लागाएर मैले भनेछु कस्तो हरामी मान्छे।उस्ले त्यो सुनेछ।र तत्कालै आएर मेरो अगाडि यति मुर्मुरियो कि म निकै डराए अब मैले भक्कु गोदाइ खाए।धन्न सम्झाइ बुझाइ गरेर उस्लाइ दादाले बचयो।उस्लाइ अहिले पनि उस्को अनुहार यद छ चिन्छ।
त्यो कन्ट्याक्टर अहिले पनि त्यही छ तर कान्छो अहिले उ भन्दा ठूलो भयो सबैले मन्ने भयो।उ बेलाको जङ्गे कन्टेक्टर सानो अस्ति उस्लाइ दाजु मेरो यो काम गरिदिनोस।भन्ने सम्बोधन को अवाज मा कान्छोले अनौठो महसुस गर्यो कि उ बेलाको जङ्गे आज मेरा सामु दाजु भनेर सम्बोधन गर्दैछ सानो स्वार्थ का निम्ति यथार्थ को सन्सार।आज कान्छो सबै को दाइ।
कन्टेक्टर बोल्छ ल सबै बसौ है छुटिएला अब तय भयो कान्छोको सुनौलो भबिस्यको पहिलो यात्रा।एक हरन को सुस्केरा लाउदै।ड्राइभर दाइको दैनिकी सुरु हुदैछ।सबै यात्री हरु आआफ्नो सिट्मा बसि सकेका छन।सबै आफ्नै धुन मा छन।यतिकै मा खलासी ले एउटा सिडि बजाउछ र गित बज्छ।कान्छ छक्छके रेल को इन्जिन सम्भु राई को गित थियो।त्यतिबेला मलाइ के था कस्को भन्ने कुरा।म पनि आफ्नै धुन मा मिर्मिरे उज्यालो ले छितिज लाई चिरी रहेछ मध्य तराइको फेदि सङ्गै भएर जाने बाटो सुनौला चुरे पाहाडको मिमिरे दृस्य नियाल्छन मेरा आँखा कता कता अनौठो लाग्छ कहिले नदेखेका फाटिला खेत हरु कत्ती पर पर देखिने माटोले बनाइएका घर अनि फुसले छाइएका घरका छना हरु पर बट देखिने टुकिको झै धमिलो बत्ती यस्तै बस्तिहरु नियाल्दै जादा निकै लामो दुरि पार गरेको पत्तै हुन्न।सायद म पनि निदाए होला।झसङ्ग भएर बिउझदा आँखा हरु बाहिर नियल्छन।दुबै तिर पट्यारलाग्दा भिर हरु गाडिको तेज गति तल निलो देखिने नदि खोचिलो बाटो बित्तै पिछेका घुन्ती हरु मैले यता उता हेरे कोहि निन्द्रा मा छन त कोहि राम जप्दै छन।मेरो आँखा ड्राइभर तिर जान्छ उ निस्चल छ उस्लाइ कुनै चिन्ता छैन।निस्फिक्री भएर एकनासे गतिमा स्टेरिङ लाई फन्को मार्दै जाहाको त्यही झै देखिन्छ।तर पनि उ अगडी बड्दैछ।म जान्दिनथे।त्यो त सुनौला सपना बोकेर राजधानिको यात्रा गर्ने बिध्यार्थी अभिभाबक अनि दर्सनार्थि हरुको आज को अन्त्य हुने तारे भिर र तिर्सुली रहेछ।म यस्तै यात्रा को अन्त्य पछि माथी डाडामा पुग्छु।अनि एकै छिन को घुमाइ पछि खाल्डो जस्तो हेर्दा प्रस्ट नदेखिने छरपस्ट बस्ती टाढा बाट हेर्दा साना झै लाग्ने अरिगाल को गोला झै झुरुप्प देखिने घर हरु कसैले बोल्यो लौ है हेरौ राजधनी।आवाज आउँछ मैले लख काटे ए काठ्माण्डौ यहि रहेछ।थोरै तेर्सो झै आयो गति अलिक कम भयो सफा झै देखिने बाटा फाट्ट फुट्ट मानिस पैदल हिन्दैछन।दायाँ बायाँ दुई चार तले घर हरु लाई पछि पार्दै अगि बड्यो गाडी र एक छिन मा भन्यो कलङ्की आयो लौ सबौ उत्रनोस।
देखेर तर्से भयङ्कर बस्ती
नियाल्दै लट्टिए नदेखेका मस्ती
दौडदैमा मन पार नहुने सास्ती।
अफसोस
त्यहिभित्र कोलाहाल को गति
तर कोहि देख्दैन त्यो मैले जति
बहिरा मानिसहरु कत्ती कत्ती
देखिन्न मानव मानब झै उत्ति।
सोचहरु
मन भन्छ याहा म एक
तर म भित्र बिचार अनेक
को हो हैन भेस अनेक
तर पनि आफन्त एक।।
मलाइ लिन एक साथी आउनु भएछ।भेट भयो यतिकैमा रुम सम्म पुगियो।थाकेको शरीर म फ्रेस भए यतिन्जेल सम्म वाहा ले खाना बनाउनु भएछ।गोभी, आलुको सन्जी सङ्गै खान बसिउ मैले नियाले सानो स्टोभ अनि हल्का मट्टितेल को गन्ध एक छेउ मा खाट अनि न्यानो सिरक सिराने अनि खाट मुनि केही समान हरु मिलाएर राखेको कोठाका भित्ता हरु निकै नि चिसा लाग्छ बिहानी सुर्यको किरणले त्यो कोठा लाई बर्सौ भयो स्पर्श न गरेको त्यति सागुरो गल्ली भित्र घरै घर हरुले ढाकिएको एउटा सानो घर।हामी यतिकै मा पल्टन्छौ।एक छाक जीवन लाई एक पलङ को माथितिर सर्दी ढाक्न एक सिरक ले अफुलाइ गुम्लुङ्ग छेकेर सुनैलो बिहानी कल्पित मीठो सपना नियाल्दै आफुलाइ निन्द्रामा लिन गर्छ।
बिहन छ बजे तिर निद खुल्छ।छट्पट्न्छ बिस्तारै आँखा खोल्छ।यता उता नयन डुलाउछ।उस्ले फेरि एक बिउझैमा देख्ने सपना देख्छ।झ्याल बट बाहिर त्यही नजिकै अर्को जोडिएको दुई तले घर अनि सानो कोठा यतै पट्टि एउटा झ्याल एउटा पाखा अलिकती खोलिएको सानो प्वाल झै त्यही प्वल बट देखिने एक दृस्य सानो कोठा सानो पलङ्ग नियाल्दा। अनि सिरक ले आधा शरीर ढाकेकी निन्द्रा बट बिउझदै गरेकी एक सुन्दर परि।उ झस्कन्छ।अझै हेर्छ माइली औला र बुढी औला लाई जोरले पिटेर तीखो चुट्की को साथ मा हाइ काढ्दै।देब्रे हात को सानो औलाले आखालाइ बिस्तारै मिच्दै।अफ्नु मुहार आफैले माया गरि सुम्सुम्याएको तस्बीर कुनै फ्लिम झै सम्झदै आफैलाइ झस्काउन पुग्छ।हैट म के हेरेको आफुलाइ ढिलो भै सक्यो।हत्पत उठ्छ र आफ्नो तयारी गरि ब्याग बोकेर कलेज लाग्छ।बेलुका फर्कन्छ।आफ्नो दैनिकि सबै सकेर दुबै जना मिलेर खन पिन सकि फेरि लेट्ने तयारी आज उ छेउ तिर सुत्छ।किन कि उस्को मन मा बिहानी को सम्झना आउँछ।उस्ले कोल्टे फेर्दै नियाल्छ।आज पनि झ्याल अलिकती खुला छ।उ पनि सानो लाइट बालेर नजिकै किताब राखी कम्बल ले घुम्लुङ्ग भै पढ्दैछे।हरेक शब्द लाई कन्ठस्त पार्न लालाहित उस्का मस्तिष्क ले कसरी ओठ हरु फर्फराइ रहेकी छे उ सोच मा डुब्छ सायद उ सङ्ग पनि आफ्नो भबिस्यको चिन्ता छ।केही गर्ने असल मान्छे बन्ने।आफैलाइ नियाल्न न सक्ने उ अरुलाइ नियाल्न खोज्छ।आज उस्लाइ निन्द्रा लाग्दैन छेउमै सुतेको साथी मस्त निन्द्रामा अधेरी सपना सङ्ग पौठेबाजी गरिरहेछ।तर उ निदाउन सकेन किन कि उस्को निद भन्दा साम्ने एउटि केटि छे।एक छिन सोच बदल्छ म त्यो सङ्गै भैदिए म सङ्ग त्यो हासेर बोल्दिए।मायाले काले भन्दिए।सङ्गै जाम न पर सम्म ल भन्दिए हात मा हात समाउदै केही छिन।ओइ सानी गर्छेउ कि त बैमानी को ताल भए आहा कति रमाइलो सोच उस्को आखामा जागै सपना भएर घुमि रहन्छ।उ आफुलाइ सम्हाल्न खोज्छ।घर बट यति टाढा सम्म अन्जान बस्तिमा बिना आफन्त बिन साहरा एक उज्ज्वल भबिस्य खोज्न हिनेको मन्छे म सानै छु मैले सबै कुरा सोच्ने बेला कहाँ भा छ र मेरो भबिस्य को लागि कत्ती सपना बन्ने मेरा बा आमा दजु सबैको सपना लाई मैले साकार बनाउनु छ।न कि एक फिर्फिरे पुतलिको मायामा म किन हराउ एक असल मानीस बन्नु छ।यो देश लाई चिनाउनु छ । दस मुजा परेको बा को अनुहार मा सौगर्भित खुसिको बाहार ल्याउन।मेरो छोरा भन्दै आमाले मन मनै खुसी ले दुई आँखा रसाइने दिन को खोजी गर्नु छ।म आफ्नो गन्तव्य मा लम्कनै पर्छ म उस्लाइ हेर्दिन।आफ्नो सफलता सङ्गै मेरा खुसी र खुसिको साहारा बन्न उ अबस्य आउने छे।लक्ष को सुरुवत मै हामिहरु जस्तै हजारौ बैँस हरु बाटो बिराउछौ अनि सबैलाइ रुवाउदै आफू पनि सहजै निस्कन नसक्ने दल्दल मा फस्छौ।मैले घर बट टाढा भए पनि एक्लै बसे बसे पनि असल मानिस बन्नु पर्छ।अरुको राम्रो को रिस गर्न हुन्न।जवानी मा सोच्ने कुरा बाल पनमै सोच्न हुन्न।अरुको घर बिगार्न हुन्न।सबैलाइ सम्मान गर्नु पर्छ।मलाइ बा आमाले कत्ती माया गर्नु हुन्छ सबैका बा आमाले आफ्ना सन्तान लाई उतिनै माया गर्छन।चाहे जस्तो नै किन नहोस।म अब उस्लाइ सम्झेर एक पल पनि आफ्नो समय खेर फाल्दिन।आफ्नो भोलिको टुन्ङो नहुदै अरुको आखामा खुसी भर्ने कोसिस गर्यो भने त्यो केही क्षणलाई मात्र हुने छ।खान त अरुलाइ दिएर नै खाएको राम्रो हो तर आफुपनी बाच्न लाई खान पर्छ।जस्ता कुरा बा ले भन्नू भा सम्झन्छ।र निदाउने कोसिस गर्छ।।
हरेक बा आमा हरुले मलाइ झै ब्याभारिक शिक्षा को ज्ञान खाली मस्तिष्क भरिदिन जान्दैनन आफ्ना सन्तान लाई समयमै भबिस्य र नैतिकताका नौला पाठ सिकाउने सबैको जिम्बेवारी हो।"
बिसेसत
"बिलासी जीवनको पुर्तीले भन्दा थोरै अभाब ले नै मानिस लाई सफलता तिर मोड्ने गर्छ"
नबराज सुवेदी।
कृपया कपि नगर्नुहोला।
No comments:
Post a Comment
तपाइको सल्लाह सुझाबको लागि हार्दिक कृतज्ञता प्रदान गर्दछु।यश ब्लगमा उपलब्ध लेख रचना लाई अध्यान गरि सहयोग गर्नु भएको मा तपाइलाइ धन्यवाद।कृपया सुझब दिदा अस्लिल शब्दको प्रयोग न गरिदिनु होला।