Wednesday, March 30, 2016

     

   " माया हराएको मन "
 पात्र "मन" हो।कतै नलागे आफ्नौ दु:ख मा दुखि हुने तर कतै लगाइदा अरुको खुसिको लागि आफू रुइदिने अनि अरुको पिडामा सङ्गसङ्गै चस्कीरहने यस्तै उरन्ठेउला हुदारैछन खाट्टी मान्छे का मन।
                            कहिल्यै भेट्दै नभेटेको मान्छेलाइ सम्झेर बर्सिन्छन परेली देख्दै नदेखेको रङ्गमन्च बाहिर यहित हो नि आज भन्दै लोभिन्छन आखाहरु।अन्जान आवाज हरुले नै एकतृत गरिदिन्छ र शब्द भित्र रुमलिन्छ मन।हासी दिन्छ,रमाइ दिन्छ, भावना सङ्ग खेली दिन्छ,बच्पनाझै टाढै भएर नजिकिन्छ मन।अब्याभारिक भएरैपो होकि बिना स्पर्श तन भरी खेल्छ मन। कहि एक दिन सङ्गै पाएर उस्लाइ सन्सार जितेको सम्झन्छ मन त कतै टाढिने दिन नजिकिदै गर्दा बिना पानीको माछ झै तड्पन्छ मन।जसरी जहाँ दुखे सुखे पनि इ सबै मान्छेका मन।।
मान्छे पिच्छे फरक मन।
मन फेरे अर्कै माया।।
माया हुदा भिन्न यात्रा।
यात्रा गरे फरक गन्तव्य।।
गन्तव्य भेटे छुट्टै सोच।
सोच भित्र अचम्मको अन्त्य।।


बेलुकी पख अफिसबट निस्कन्छ।घरजाने सोच मा छ।हिड्न खोज्छ अलि असहज लाग्छ।थाकेर हो कि मातेर लर्बरिएझै न छेउ न भित्तो मुरली सरि एक मुठिको जिउ चिया पसल सम्म कसरी लौजाउ बोझिलो बन्छ मन। हुनत आकार जत्रोभएपनी सबैको आआफ्नै बोझ हुन्छ।कोसिस नगरी त चिया पसल सम्म पनित नपुगिएला जसरी नै पुग्नै पर्यो कोसिस गर्छ बिस्तारै पाइला लम्काउछ।चिया पसल को छेउमै पुग्यो कम्मर मा हात राखेर उभियो सुस्केरा हालेझै गर्यो।पसलभित्र चियाको चुस्की लिदैगरेका एक दुई जना ले पुलुक हेरे वास्ता गरेन।चैतमासको जोसिलो हुरिले छेउ लाउलाकी जस्तो डाडाभाटा सर्लाक्कै छुट्टिने शरीर बेन्चको एक छेउमा थचक्क बिसायो र बोल्यो सानो स्वोरमा दाइ चिया दिनुन।अनुरोध गर्यो।केही बेरमा चिया आयो कप समाउदै अल्छिगरेझै आफुतिर तान्यो।पिउन मन नै छैन भने के मागिरा नि।पसले दाइले भन्नू भो।फेरि बोल्यो हैन पिउछु नि तातो छर पो।फेरि पसलेदाइ बोल्नुभो हैन चिया तातो नभएर के तातो हुन्छ त कि चिसो चिया दिउ।उ बोलेन चुपचाप बस्यो केही बेरमा कप उठाउदै चुस्की लिन खोज्योर आखालाइ पर हेर्यो फुत्तकप टेबलमा राख्यो फेरि एक फेरा हेर्यो।पर बाटोमा एक जोडि बैसालु मन यतैतिर आउदै गरेको देखेर रैछ।नियाल्यो फुर्तिलो मन एक अर्को को हात समाउदै हासोको लहर छर्दै मन्द सिरेटोको सर्को ले कालो र लामो  केस उडेझै फुर्तिलो हिडाइमा थोरै कर्केनजरले एक अर्कालाइ हेर्दै खिसिक्क हास्दै आफ्नो गन्तव्य भेट्ने सोचबोकेर माधुर्यता लाई साथ लगाइ कसैको वास्तैनगरी हेनिरहेको जोडि।

उ एक फेरा झस्क्यो मनभरी भयो कुडिएको मन भरी नअटेर उस्का याद हरु आखाभरी क्यामेराको रिलझै घुमिरहे।"सम्झ्यो मनमनै भन्यो कास मेरिउनी म सङ्गै हुन्थिन"आफ्नो मन चोरेर हराएको स्मृतिको दुस्मन मायाका याद हरुमा आफैलाइ बिलिन बनायो।

त्यो एक समय उस्लाइपनि केहीकुराको कमि थिएन।हरेक प्रहर के गर्दै हुनुन्छ,तपाइलाइ कस्तो छ,के खानुभयो,कहाँ हुनुहुन्छ, जस्ता अनेक प्रस्नका उत्तर हरुको पाजो मिलाइ उनिलाइ जवाफ दिदै आफ्नो दैनिकीमा रमाउने उस्को मन हराएको मनलाई सम्झदैमा डराएर पिडामा कापी कापी आफुलाइ उजाड बनाउदै छ। उ आफ्नी हुन नसकेको  मायालाइ सम्झेर मर्माहत हुन्छ।र आफैलाइ प्रश्न गर्छ।हैन मलाइ खुसी देख्दा किन रिसाएउ र दैब मेरि उस्लाइ किन म सङ्ग टाढा गराएउ।किन म रमाउदा हास्दा खेल्दा तिमिलाइ के असर भयो र आखिर सन्सार त सबै हासी खुसिनै छ।यस्तै यस्तै।फेरि आफैलाइ सम्झायो।खै बिधिको बिधान होला न टार्न सकिन्छ न रोक्न नै।

चिया सेलाइ सक्यो वास्तै गरेन खाउकि न खाउ भयो।बिगत लाई सम्झदा परेको बर्शातले उस्को मनमा अटनै नसक्ने भेलको सिर्जना गर्यो नचाहदा नचाहदै पनि लोककै सामुन्ने मनसबै हिलाम्मे बनायो बाढिको बहाबले आत काटिएर आफैलाइ थेग्न नसक्ने ढिस्का हरु साना ठुला चट्टान हरु काठ झार पात सबै मिसिएर आए अनि पालैपालो दफार्दै चोट छोड्दै जान थाले जसो तसो फड्किने  कोसिस गर्यो रुझेको धमिलो मन बोकि किनारासम्म पुर्याउन छुट्टीएका मनरुपी बिस्मृती लाई समेट्नै नसकेर आफैलाइ बगायो।

फेरि सम्झ्यो कत्ती सपना साटेकी थिएउ।कुरै कुरामा तिमी उत्तिनै रमाएकी थिएउ।मैले त्यतिनै धड्कन भित्र लुकाएको थिए।तिमिले झनै आखाभरी सजाएकी थिएउ।हेर तिम्रोमन मेरोमन सङ्ग अझैबोलिरहन्छ।नदेखेर तिमिलाइ आफैसङ्ग हार्छ।भन्ने गर्थेउ नि तिमी "मन बिसाउने सितल चौतारी हो माया अन्योलयुक्त समय र बितृश्णा लाई सुनैलो भबिस्य तिर मोड्ने सन्जोग हो बन्धन"।तिम्रा हात मा हात मिलाउन कत्ती लामा लामा उकाली र अत्यास लाग्दा ओराली हरु पार गरे कहिले हरेस खाइयो त कतै बेस्सरी थाके झै भो तिमी एकपल रिसाइदिदा जिउभरी पसिना भयो आफ्नै सर्टको फेरले पसिना पुछे।खोचिला र उजाड झै लाग्ने घुम्ती हरुमा टसक्क बिसाउने सितल फलैचा किन बनाउन भुलेहोला सम्झे।कतै तिमिलाइ सङ्ग्सङ्गै हिडाउने सोचमा तिमिले घुम्ती छिचोल्न न सक्दा तिम्रा हात समाउदै म सहाय बनेथे।कतै तिमी सुकेर प्यासी हुदा त्यही तिर्तिरे धाराको चिसो पानी ले प्यास मेटाएथे त कतै पानी नपाइ आहालको तातो पानी मा डुबुल्की मार्दै ओठ मुख सुकेथे कहाँ सजिलै तय भएथे र पृय तिम्रो मन सम्म को यात्रा।

अग्गेठमा चिर्पट सल्किएर अङ्गार बन्नै लाग्दा अगो निभ्ने डरले ठुटा झोस्दै गर्दा एक झिल्को फिलुङ्गो पाखा लाग्यो कतै पोल्ने हो कि भनी डराएको मान्छेको मन जितेर तय गरेको यात्रा आखिर तिमी खरेटो बोकेर छेउ आउदा सम्भब भएथ्यो।सङ्कालाई बढार्न सिपालु तिमी मन भित्रका कोइला हरुलाइ कसिङ्गर लगाउदै धुल्मुले दलान लाई रातो माटो र गाइको गोबर ले लिपेर चिटिक्क पारी अन्तर आत्माको मझेरि सङ्गै घरलाई झुल्केघाम भन्दा पहिला नै सिगार्ने कोसिस गरेउ पृय यहित थियोनी तिम्रो मन ले मेरो मन लाई आफ्नो बनाउने सुरुवात।

यो मन त्यो मनलाइ घरी घरी सम्झाइरहन्थ्यो म नजानेर कहिले गलत पनि बोल्छु रिसाइदिन्छु।तिमी म सङ्गै रहने प्रण गर।भेट नहुन्जे भेट भएसी जे गर्छ मायाले गर्छ।समयले दुई किनारालाइ पनि एक बनाउला कुनैदिन जुनदिन नदिले आफ्नो दिशा मोड्ने छ र बर्सै ताप मा खर्केर पर्खिरहेका बालुवालाइ चिस्यान बनाउने छ।तिमी किन अत्तलिन्छेउ दुई मुटु एक मन हुने दिन आउलानी कहिलेत।अनि त्यही बेला धेरै दुख सुखका कुरा गरौला मनका मैला हरुलाइ हासो खुसी मा बदलौला।कत्ती प्यारा छन तिमिले बोलेका वाक्यहरु हरेक शब्दमा मिठास भरिएर आतभरी लुकेका छन।न आवोसन भन्दा पनि तिम्रो याद्ले अफै ढोका खोलेर दर्शन  गर्छ मनको।अझै भनौ भने बोलिको अन्त्यमा तिमिले निन्याउरो उच्चारण मा भन्ने "बाइ"कसरी भुल्न सक्छर यो मन।

त्यही साझ त हो नि मीठो बोलिमा बाइ भनेर छुट्टिएकी तिमी भोलि बिहान कतै हस्पिटलको बेड्मा थिएउ रे सुनेको  मैले संचित र बग्रल्त यादहरु सम्हाल्न नसकी तिम्रो मुटु धुजा धुजा भयो रे खै किन त्यति कम्जोर मुटु बोकेर यता आएउ तिमी।जीवन को अन्त्य सम्मसङ्गै लैजानु पर्छनि कतै थाके भनेपनी छोड्न पाउनेछैनौ नि मेरा हातहरु भन्थेउ।म चाहेर तिमिसङ्ग एक पल पनि छुट्टिन्न भनेउ।यात्रा भरिका तिता मिठा अनुभव सम्झनामा सिमित बनाइ चटक्क अस्ताएउ।तर यो मन पर्खिरहेथ्यो बिहानी मिर्मिरेमा र भन्दै थियो - रुप सिङ्गारेर मेरो दिर्घायुकोलागि मन्दिर गइ वर माग्ने आसा मा अबिर अक्षता र फुल सहित को थाली लिइ बाटो लागेकी तिमी कहिल्यै फर्केर आइनौ।आशा बोकेर मन भरी म  पर्खिरहे उनको मुहार मा सजिएको उल्लहस निधारको रातो टीका मलाइ प्रशाद दिन नजिकै आइपुग्दा को एक प्रेमिल बहाना अनि त्यही तिम्रो सर्माइलोपन  सङ्ग लुकेको एक झल्को खुसीलाई नजिकैबाट नियाली आफ्नो सुनौलो बिहानीको सुरुवात  गर्न तम्तयार मन अझै आशुमा तैरिरहेका धमिला नानीहरुले कोसौ टाढा क्षितिजमा देखिने बिन्दु नियाली रहेछन।तरपनि नदेखेर त्याहा तिम्रो आकृती झस्केर भन्छ मन त्यो बिन्दु हो र त्यो त परिबर्तित चट्टानमा हुने प्रकाश को परिबर्तनहो।
त्यो कसरी हुन्छ बिन्दु।त्यो त मिराज पो रैछ।
सम्हाल्छ आफैलाइ त्यो मायाम बेहोस भएको मन र दुखी बन्छ।अन्त्य नभएको बाटोमा पाइला चाल्यो पीडाभित्रको राप मा आफैलाइ सेकायो।कठ्याङ्गृदो चिसोमा पनि पसिनाले बदन भिजायो।जुरुक्क उठ्यो हिड्न खोज्यो नसकेर पाइला चाल्न छेउ भित्तो लर्खरायो।
"हो यस्तो बेस्वाद को हुदो रैछ मायामा खुसी हराएको मन"

Monday, March 21, 2016



कविता महोत्सब मा भाइ बिनोद रिमालको
"कबिता"
हावा भरेको बेलुन 
जस्तै हो कि कसो यो 
जिन्दगी 
तराइको मैदान देखि
पहाडमा नपुगी आरामता 
खोज्दै 
अनगिन्ती  चाहनाको बिचमा
 मेरो पनि रहर कस्तो??
आजभोली प्रिया  
भएका छन्!
अनगिन्ति रहरहरु मलाइ
 चिनीसकेका छन रहर हरु
कति बेला टुट छ 
यो भरोसा 
 नचाहँदा नचाहँदैपनि 
दुष्टहरुले. . .
आमाको ममता लाई 
भुलेर अरु कसैको अंगालो
मा कसिएर यहाँ संसार भुल्ने
भोलिलाई बिर्सिएर आफ्ना भाबि 
कलिला सन्तानलाई कुल्चिएर
कसरि उसले बताउला र दैब 
आमाको ममता अनि बाबाको स्नेह 
 अनि परिभाषा सहित. .
जिन्दगीको मैदानमा उत्रिएर 
यात्राको क्रममा भोलि 
उसले हजारौं पाइला
 अघि सारेपनि
उस्कै ब्यबहारले 
आफै लाई पछारेर 
आफ्नै आत्मालेपनि धिक्कार्न 
सक्ला
थोत्रो सपना बोकेर अगि 
झोल! भिरेर हीडदा पनि
समय को अगाडि हारे पछि
लाचार भएर जिन्दगी सङ 
हार्नु पर्दा यहाँ 
हावा भरेको बेलुन 
जस्तै हो कि कसो यो 
जिन्दगी

बिनोद रिमाल
झापा नेपाल

Friday, March 18, 2016

 


 " भाइ बिनोद रिमाल का गजलहरु "
  " गजल "
उनी संग प्यार लगातार भएको छ ।
अब यो मुटुपनी समझ्दार भएको छ ।

कस्तो माया बस्यो बस्यो एक भेटमै ।
सारा दुनियाँनै आज लाचार भएको छ ।

पक्कै डाह लाग्छ होला हौ कसैको।
गोप्य माया आज अखबार भएको छ।

चोखो माया बुझिन्छ पल भर मै कसैको
तर पनि माया सधैं ब्यापार भएको छ ।

भैगो एकछिन छडिदिम यो दुनियाँ लाई
तिमीबिनाको जीवन कस्टकर भएको छ ।

"बिनोद रिमाल झापा"

  

Thursday, March 17, 2016


"मैले नपढेको किताब"
उ गज्जब को मान्छे।कसैले फिस्स हासेर दुई शब्द बोलिदीए मख्ख हुन्छ।कहिले त्यही किताब लाई सिराने लाउछ कहिले पर सम्म सुनिने गरि भट्याउछ।मग्न हुन्छ किताबी हरफ हरुलाइ कण्ठस्त बनाउन मै।कहिले कस्को जिबनी पढ्छ कहिले कस्का कथा।कोची कोची भरिएका किताबी हरफ हरुलाइ सम्झन्छ।कहिले कहि त स्वोप्नी मा पनि चिच्याउछ।कुनै शब्द हरुले उस्लाइ मन सम्म चिसो लाउछ।एक टक ले सोची रहन्छ र पुग्छ शैशव काल तिर कत्ती सुनौलो झै लाउछ।घोटी घोटी बार्ह खरी पढने दिन।प्रस्ट मात्रा फट्कार्न नसक्दा थर्थर कापेका ओठ हरु।"र" अनि "ल" एकै,"त" अनि "थ"को सम उच्चारण गर्ने कलिला मस्तिष्कमा आज कुन शब्द छैन तर पनि केही भुलेझै खोजी रहन्छ।एक मातृत्वो शब्द को अर्थहरु लेखिएको यस्तो किताब।

"आमा" स्नेहले भरिएको आफू मरेर पनि "दिर्ग जिबि भब" भाब गुन्जिरहने अबाक तर शब्द हरुको शाब्दिक अर्थ ले भरिएको।"मुक" तर संसारका सबै जटिल प्रस्न हरुको उत्तर समेटिएको।र उस्का बाहिरी दृष्टि हरुले ठ्म्याउन न सक्ने एक यस्तो किताबि अपुर्णता बोकि भौतारिन्छ।काहा खोजेन र उस्ले त्यो किताब गाउको "पाथिभरा पुस्तकालय"धायो।बजार को "हलेशी पुतक पसल"गयो।सहरको "श्री पशुपतीनाथ परातात्विक सङ्ग्रह " हेर्यो।अनि बिश्वो का उत्कृस्ट पुस्तक सङ्घ्रालय पुग्यो।"famous libraries in the world" "james madison mamorial"and "Beinecke librarie" तथा "Royal librari" हरुमा पाइने उत्कृस्ट पुस्तक हरुका पन्ना पन्ना हेर्यो।अखिर कहि नापाइ तिम्रो नख दर्शन को उत्तर उस्को आधार डग्मगायो।आफुले जित्न नसकेका संघर्स का ठेसिला थुम्का हरुमा हरेश खायो आफ्नै स्पन्दन भित्र चिहायो जाहा तिम्रो तस्बिर पायो अनि खुसी हुँदै नियाल्यो आफ्नै शैशव काल जाहा साझ, बिहान, मेला, पात ,घाँस दाउरा,घर ,पधेरीमा पर्मिली देखिने आमाको  ढुनुमुनु भित्र आफुलाइ अबाक बनाउने शब्द हरुको जवाफ पायो।
सम्झ्यो एक बिहान पधेरे हरुको गफ मा आमाले भन्नू भो " मानिस हरु फुल चोर्छन र गुण छोडेर हिड्छन।फुल चोर्न के गार्हो छर गार्हो त चल्ला काड्न हुन्छ।जतिबेला गुण चाहिन्छ"।
फलेका चामलको पोको बोकि बजार सम्म पुगेउ बजारे मोल मा साटेर पैसा घरका सानाको चिची,पापको धोको मेट्ने तिम्रो इच्छा।अघाएर साना लाई पुर्याउदै ठुलालाइ, कसुडी खाली भएको पत्तै पाइनै खाली पेट लिइ मझेरी मा पल्टिएउ।झिस्मिसेमै उठेर भरी पानी, लिपि घर, दुएर माली गाई, जोरि आगो,तताइ दूध, बटेर सबैलाइ.पटुकिमा थोरै बोडि को बीउ राखी गम्छा को केधेलो मा मलाइ हालि रित्तो डोको समाइ वारि तिर लागेउ।उकुस्मुकुस हुने मकैबरी भित्र बाफिदै रोप्दै थिएउ बीउ म रोइ दिए छु। छेउ तिर गएउ र मेरा अनुहार का पसिना पुछि दिएउ।आँखा मा बेस्सरी पर्ने घाम लाई हत्केला ले छेकी दिएउ।पर एक छेउमा मकै लाई उकेरा लाउदै तिम्रो ठुले नियाल्दै थियो।उस्ले बुझ्यो होला मैले भुझ्न सकिन।किन यस्तो गरेउ।हाम्रा  मुहार मा खुसी छर्नकै निम्ति पनि कठोर व्रत झै लाग्ने श्रम कत्ती बेर मलाइ बोकिरहदा नथाक्ने तिम्रा काध।हत्केलाले घाम छेकेर एक अर्थ बोलेउ आफू कत्ती थाकेको किन होस।सधै अरुको भलो चिताउछ मानिस।एक दिन हतेला ले सुर्य अबस्य छेक्नु तिमि "जतिबेला हजारौ मानिस को भिड मा तिमी एक आस्था बन्ने छौ।तिमिले हल्लाइ रहेका हात हरु सबैले नियाल्ने छ्न र आफ्नै सन्तान झै माया गर्ने छन।आमा तिमी यहि भन्दै थिएउ।मैले पढन भुलेछु तर तिम्रा ठुलेहरुले  पढेछन र उनिहरु अज तिमिले भनेझै छन।

घरकी जग मात्र कहा हौ र तिमी हर सस्कृतिकी संरक्षक थिएउ भदैरे भेल लाई वास्तै नगरि छोरी हरुलाइ "तिज" मा लिन पठाउथेउ अनि आना कानी गर्दा ठुले ले तिमी सम्झाउथे "परिवार को पहिलो सदस्य नै भाबी सन्तती को मार्ग दर्सक हुनेछ" त्यसैले तैले सबैलाइ समेट्नु पर्छ अहिले झै लाग्छ।त्यही बेला त हो नि तिमी निकै खुसी थिएउ।सुकुल बिछ्याइ दलान मा लाग्ने बेलुकी को पहारिलो घाम ताप्दै गर्दा आफ्ना छोरी हरुलाइ सङ्गै राखी सुम्सुम्याउदै थिएउ दिदी हरु तिम्रो काख मा सिर अढाइ मख्ख पर्दै हासे अनि रोए  पनि मलाइ अनैठो लाग्यो।बुझ्न सकिन।बर्खे भेल लाई पन्साउदै तिमी सम्म आइपुग्दा र तिम्रो काख मा रम्न पाउँदा समयलाइ जितेर तिम्रो एक झल्को खुसी नियाल्न पाउँदा हुन सक्छ तिनीहरु रुए अनि हासे।
तर उस्ले बुझ्नै सकेन।।
भखर टुकुटुकु हिड्ने उ तिम्लाइ कतै नदेखी रुइदिदा टुप्लुक्क आइ पुग्थेउ टपक्क टिपि काखी च्यापी पारी हिमाल देखाएउ कत्ति पटक रानिबन देखाएउ कहिले खर्क हरु औलाएउ।त कहिले हाउगुजी को कुरागर्दै आँशु पुछदै थमथमाएउ।साच्चैनै तिम्रा अबिचलित औलाइ हरुमा छुट्टै सङकल्पका अक्षरहरु कोरिएको थियो तिमिले यहि बन पाखा सङ्गै मलिलो माटोको सायामा मेहिनेतले कहिले नथाक्ने पौरखी सन्तान।अनि यहि प्रकृतिले मानिस सङ्ग लाउने मितेरी को कुरा बुझाउदौ थिएउ।अनि यहि आल्सि मानिस हरुपनी छन तिनिहरु सङ्ग जोगिन सिकाएथेउ।हो यहि निसानामा रचिएको तिम्रो किताब मैले वास्तै गरिन छु।

बिना बाबुको छोरोमा गुरुकुल शिकाइ को शुमार्गी शब्द शिक्षाको ज्योती बनेर चेतना को जग बसाल्छेउ र हामी उसैका अब्याय हुन्छै।थाहा छैन मानिस हरुले तिलाई मैलो देखाउन फलैचामा कतिवटा बिडि सल्काए तिमिले वास्तै गरिनौ आफ्नो सन्तान को भरण पोसण मा लागिरहेउ।र उस्लाइ त्यही समाजको  पर्याया बनाइ छोडेउ हो यहि दृढता भित्रको तिम्रो सोचाइ अनि आफू दुखेर संसार खुसाउने मनमानी तिम्रो "आमा"मैले पढन भुलेको तिम्रो किताब।
एक साझ केही बेर तिमी हराएएउ।अनि फेरि देखिएउ।आउदै गरेकी हातमा सानो कपास को बिरुवा बोकेर, जुठेल्ना को मलिलो माटो खोस्रेर त्यस्लाइ रोपेउ अनि थोरै पानी हालेउ त्यो बुटो अझै बाची रहेछ हरेक मास मा फुलि रहन्छ,र त्याहा कपास पल्छ।उतिबेला तिम्लाइ सबैले गाली गरे "आमा पनि विश्राम गर्नु नि के दुख गरिरा"तर हैन रैछ आज त्यही बुटो हरेक माश फुल्छ अनि त्याहा कपास फल्छ।अनि त्यही कपास ले तिम्रा ठुली हरु बत्ती कात्छन हातसरो गर्छन।तिमिले बनाएको रातोमाटोको को दियाघर अनि तिमिले छोडेर गएको तामाको दियो दियाघरमा अझै उस्तै छ छेउमै तिमी झै बोलीरहने तिम्रो सुन्दर तस्वीर जिबन्त छ।अनि तिम्रा ठुली हरु तिम्रो सम्झनामा साझ बिहान दियो जलाउछन।हुन सक्छ तिमिलाइ पढेर होला तिम्री ठुलीहरु आज तिमिझै छन।तिमिलाइ नजिकैबट पढेर होला।साथै ठुले हरुपनी मख्ख छन आफ्नी प्यारीमा तिमिलाइ पाएर होला।
आमा उ आज बल्ल बुझ्दै छ तिमिले कपास रोप्नुको रहस्य।उ आज पल्टाउदै छ पानाहरु अनि उल्थाउदैछ अर्थ हरु तिमिले छोडेर गएको किताबी शब्द हरुका:-
त्यसैले उ भन्दैछ आज भुल बस मानिस हरु तिमिलाइ एक पटक सम्झन अल्छी गर्छन।तर उ तिमिलाइ हरेक प्रहर स्मरण गरि रहने छ अनि पडि रहने छ तिमिले छोढेको स्नेहले भरिएको ज्ञान रुपि शब्द हरुको सङ्गालो।
"उस्ले पढ्न बिर्सेको किताब"

 

Friday, March 4, 2016


    "सुनाखरीको बस्ती"
टेकेर मेरो पल्लबी क्या नाचेकि बनकली
उछृङ्खल कति तिमी यो बस्तीकि ए रति।
नबै रङ्ग बोकि डाफे यता मारुनीझै मयुर।
भाका फेर्ने  छहरा अनि सुर भर्ने हो कोयल।।

समथर बस्ती माथी लम्पसार छ उस्को बदन बाटेर खुसी हासेको छ प्रकृति।अनेकभित्र उ एक समेटेर गासेको छ एक आकृती।मेरो देश
               "नेपाल" 
रहेर अटल त्यो हिमाल नियाली रहन्छ एकनास झिमिक्क हुन्न्न उस्का आँखा जस्लाइ स्फटिकता दर्साइरहनु पर्दैन।हरेक मौसम हरेक प्रहर नियालिरहन्छ।उ एक नेपाली सेरोफेरो।।

त्यही ट्याम्केलाइ गिज्याउदै "दराज" नियाले श्रीअन्तु डाडा बिहानी सुर्यलाइ सपूत सम्झदै कोक्रोमा खेलाउदै ताते ताते गराउदौ सबैलाइ मिर्मिरेको सङ्केत पठाउने अन्तु मस्त अधेरिमा रमाउने जुनकिरिलाइ बिर्सने सन्देस दिदै।भोक प्यास भुली एक नास तृप्त स्वोप्नी सङ्गै मन्द भै आफुलाइ भुल्ने चराचर जगतलाइ एक दम्भ देखाउछ इ हेर त मसङ्ग तिम्रो आज छ।कत्ती कठोर न भै सधै दयाबानझै उ पस्नछ एक राप जस्लाइ सबैले पर्खिरहन्छन।एक झुल्का घाम।।
यता इलामे बगानका चियाका बोट हरु पर्खी रहन्छन।उसै।
समथर थुम्का हरुमा एकनास बिज पोखेर पाखा भरी रहरले खेल्दै वरिपरि रमाएर आत भरी।एक झल्को नहेरी तिमिलाइ मान्दैन मन पाहारिलाग्दा तिम्रा घतिला  बुटा।पधेलो को वास्तै नगरी हुर्की रहने तिम्रा पल्लबी हरु।
बिहानी को चुस्की बन्न आत्तुर मुना हरु आफुलाइ दुखाएर मानव हरुको प्यास मेट्ने  मिलेका तिनपाते इन्द्रेणी मुहार हरुलाइ खुसुक्क पस्केर मोह भुलाइ दिन्छौ।आँखा हरुलाइ यत्र तत्र प्रकृति।
उता आतुर देखिन्छ ट्याम्के सुकुसुमार अकल्पनिय आफ्नो पिठ्यिउ देखाउन।एक उच्चाइ झै नियाल्दा नागेली फेरोलाइ टमक्क पटुकी कस्दै गजक्क हासेको ट्याम्के अनुपम शृस्टिको अबर्णनिय आभास।सेतो गुरा मा सप्को हाली लालिगुरासको फुर्की लगाइ बेमौसमी झै मास नहेरी निर्लज्ज सानो ढुङ्गाको खोपी लाई जननी बनाइ खिस्स फुलिदिने सुनाखरी छेबौ मा भृग रुपि भौ लजाउने पाचऔले र कुरिलोले बैसालु भै खुसि बोकेर ठुली ठुलि गरिरहन्छ सगरमथा लाई।

हिमघारि को कधेलो मा गजक्क हुँदै "बुद्दम सरणम गछ्छामी" धुन मा मग्न.नाम्चे हजारौ बौद्धगुम्बा अनि मनोरम प्राकृतिक सौदर्यता ले सजिएर।तितेपाती का झ्याङ हरुले लाज छोपी।अलैची का फुल हरुमा बास्ना बनी। हिमसागर लाई सिर्बन्दी लगाइ।माने पेमे र इतिहासी परातात्विक गुम्बा हरुलाइ जिउभरी सजाइ मानब बस्ती हरुलाइ चोली र फरियमा सजाइ हासेर बाचेको नाम्चे:आफ्नो अधर चुम्न पराइ घरदेखी आफुलाइ सम्झेर आउने यात्री हरुलाइ ममतामइ पबन को सुस्केरामा हुस्सुको बास्पभित्र बरफका कण भर्दै आफुलाइ हेरि गदगद बटुवा को हसिलो मुहारमा तप्प तप्प सेतो टीका लगाउन आतुर उ ख्यालै न गरि उस्लाइ मलेसियाको ग्यान्टोङ्ग हाइल्याण्ड र क्याम्रा हाइल्याण्ड मा तुलना गर्दा खुस छैन।किन कि उ बनावटी खोट हैन
उ प्रकृति हो र बुद्दको जन्मभुमी चिनाउनु छ।

हिमसैलको कल्पि बनि बगेका नदिहरु आफू निस्चल छन निर्मल छन।त्यहि बगरमा देखिने डुङ्गा ले हज्जार मानिसका लामो ताती झै देखिने दृस्य समेटेर एक अटलता सम्झदै "कोरियाको"युनेस्को हेरिटेज"लाई बिर्साउने मानबिय आकृतिझै सजिएर बगर हरुले धर्ती सिगारिएको छ।
किनारालाइ साथमा सजाउन दुबै छेउ अलिकती फाट उपहार दीएर बग्ने गङ्गा पुत्री तिम्रा उपहारिला फाट हरुले हज्जारै आत्मालाई कान्ति दिन्छ तिनै फाट हरुमा तिमी अलिकती हासिदिदा झुल्ने धानका बाला हरुले अ्मरापुरिझै सुबर्णता झल्काइ रहेछ।खेत का आलि,गर्हा,र काल्ना,मा सजिएको तिम्रो रुपले "अस्ट्रेलियाको" "Vila de brava" लाई बिर्साइ रहेछ।
त्यसैले त नेपाली हरु तिमिलाइ भुल्न सक्दैनन।।
पहारिला फाट हरुलाइ मझेरी बनाइ कोसिला झाडी हरुले धुर कसिदिदा  तिम्रै छाहारिमा रमाउने गजराज।खेली खेली लिला देखाउने घोरल,मृग अनि पत्र पत्र चाहार्दै चौरिको धाड मा बसि राप तप्ने रुप्पि चिबे कोकल, हरुले एक सुर तर खेल झै देखिने तिमी सुर सुर जग जग मा आधार छौ। त्यसैले त प्राण भन्दा प्यारी छौ।
 "कहिले तिमी आफ्ना सन्तन लाई जिस्काउछौ"
पिउदैमा एक खोची सिलाजी मातेर क्या नसालु मान्छे तिमी।।
छरेर शीत जिउ भरी प्रभाती पुश्प झै क्या बैसालु मान्छे तिमी।।

तिमी कतै पोखिन्छौ दिप्रुङ झरना बनी त कहिले उच्चाइ चुम्छौ तिलिचो ताल बनी।कतै सुस्त बग्छौ रोसि,कोसि,बनी त कतै झस्काइ दिन्छौ  माहुरे घाट बनी।तिम्रै छाल हरुमा डुङ्गा सरि वारिपारी गर्दै माझी पनि।कतै खुल्छौ तिमी माछापुछ्रे बनी अनि छाया बिसाइदिन्छौ छरेर उल्कै आकृती फेवा ताल भरी।बिउझेर आँखा खोल्दा खुसी छन पोख्रेली पनि।कर्णाली हौ कहिले साङ्लो बनाइ पाउमा बर्दिया निकुन्ज राखी  एक छत्र छडा छोडेर चिता हेरि रहन्छेउ।गोहि अनि फ्याउरोको खेल मा मस्त तिमी शेष नाग झै को गर्ला र तिम्रो वर्णन छैन उ यहाँ कन्त कन्त त्यसैले त जनमा तिमिछौ भास्कर मा तिम्रै छौ। बाचेको छ नेपाली हृदय भरी तिम्रै माया।उ एक जोगि रात्री मा धुनगुन्जन्छ तिम्रै छ कालकुट र पनि पढिन्छ सास्त्र तिम्रै जाहा तिमिले नेपाल भनी लेख्न सिकाएकी छौ हज्जरौ कलम रुपि हात हरु हुर्काएकी छौ आफ्नो वर्णन गर्न शृस्टि भर जिबन्त राख्न र प्रकृति प्रेमी हरुको आत्माभित्र  जागै बस्न। हो तिमी अनन्त छौ अकाट्य छौ।पबन अनि बास्प भित्र।गुरास र लौठ को चित्र रचेर तिमी मन्द मुस्कान छरी रहन्छेउ एक छत्र तोकेर परिधी त्यो नेपाल भित्र त्यसैले त तिमी हामृ आमा हौ।कन्ठ कन्ठ मा छौ।शब्द शब्द मा छौ।अनि हाम्री मातृभुमी हौ।

के लेख्थे देबकोटा काव्य तिमि यहाँ न भए
के छोड्थे दास बन्चरी उता तिम्ले कलम नदिए

के बग्थ्यो डुङ्ग भाबको सिद्दी तिमी यता न रुए
के लाउथी ट्याम्के  सिरफुल गुरास तिमी नभए।।

का हास्छ फेवा तल माछापुच्छ्रे तिमी न खुले ।।
को रम्ला चुचुरो हेरि परजन ट्याम्के तिमी न झुले।

के गाउथिन पारिजात बैँस शिरीष यहाँ न फुले
को आउथ्यो मर्न याहा हिम सैलको बुटि क्यै न पाए।।
""नेपालि हामी रहौला कहाँ नेपालै न रहे नेपालै न रहे""