Friday, February 19, 2016


  "दुखेको सपना"
मेरो छेउ मा पोखिएको उस्को कथा पर्देश मा भएको नेपाली चेली सङ्गको जम्काभेट उ सिम्खेत बन्दगी राखेर यहाँ सम आइ खुसिको सुनौलो सन्सार भित्र पाइला राख्न पाइन्छ परदेश मा। सजिलौ फल्ने लास्साको सुन सम्झेको उस्को सुनौलो क्षितिज यति कठोर छ हरेक पटक मर्दै बाच्न बाध्य उ कलिलो मुख निन्याउरो अनुहार बिना बा आम का आफ्ना कलिला नानी हरुले ममिले के लिएर आउनुहुन्छ।त्यो पर्खाइ र पर्देसिएकी चेलिलाइ पिठ्यु पछि बसेर गिज्याउने छिमेकी सबैको सामु आफ्नो लास फिर्ता गर्नु छ। नत्र उ पहिलै आफुलाइ मारिसक्थी आफुले चाहेर पनि मर्न नपाइने अर्काको जटिल बन्देज भित्र बाधिएकी उ मन मनै हरेक बिहान हरेक साझ मरेकी हुन्छे।तर पनि उ बचेकी छे।बाहिर बट देखिने बिदेशी आलिसान सम्पन्नताले भरिपुर्ण महलकी नोकर्नि उ महल जति सुन्दर छ त्याहा भित्रको बास्तबिकता कयै गुना फोहोर छ त्यही बास्तबिकता लाई उस्ले मेरो हात मा सुम्पेको दुई अक्षर हरु:-

साझ पख दिन र रात छुट्टाउनै गार्हो झिलिली बलेका सड्क का बत्तिहरु फुर्सद को समयमा टहलिदै गर्दा त्यही पेटिमा एक आइमाइ लाई देख्छु म भन्दा उस्को पाइला न अघि न पछि।म रोड मा छु उ पेटिमा छे।त्यो आईमाई जो एक पाङ्ग्रे ठेलामा दिन भरिको फोहोर लाई डस्ट बक्स सम्म पुर्याउन भएभरको बल लागाउदै ठेलिरहेछे।मैले निकै नियालेर हेरे खैरो र कालो चारपटे बुट्टा भएको हजुर्बाले मन पराउने सर्ट, कालो सुरुवा कपाल मा सेतो तर मैलिएर धमिलो बनेको  कपडा(बुर्का)ले निधार सम्म छोपेको थोरै आँखा र नाक मात्र देखिन्छ तर पनि म भन्छु उ पक्कै नेपाली हो।मैले चार पाइला चाल्दा तीन पटक हेरे र सोध्ने आट कसे मन भरी ताल्चा मार्दै र डर लाई खुल्ला आँखा भित्र लुकाइ।दिदी हजुर नेपाली हो।तिन्ले पुलुक्क हेरिन तर बोलिनन।मैले नेटो काटे कि उ पक्कै नेपाली हो र फेरि भने किन न बोल्नु भा नि पर्देश को काम याहा सबैको उस्तै हो।म यति चिटिक्क छु तर पनि मलाइ साहुले कहिले कहि खाएको प्लेट उठाउन लाउदा मान्न पर्छ दिदी पर्देस यस्तै हो भन्नोस न।मैले सानो स्वोर मा बिन्ती गरे उन्ले पैया को गती कम गर्दै बोल्न खोजिन के बोल्नु बोल्नै सक्दिन भाइ।मैले सोधे हजुर को नाम, बिस्ना, राम्रो नाम रैछ सायद बा आमाले खुसिले राख्या होलान।मन मनै भने।नेपाल कहाँ हो घर उन्ले भनिन।तपाइको भन्नोस।आफ्नो काम लाई निरन्तर राख्दै उनी र म अन्तरङ्ग मा केही क्षण मैले आफ्नो बताए पछि दिदिले भनिन।कसैलाइ न भन्ने सर्त मा।म याहा आएको एक बर्श पाच महिना भयो। महिनौ दलाल को घर धाउदा बल्ल यहाँ सम्म आए दुख अभाब टुहुरा लालाबाला र अस्ताउदो जुन को मुहार हेरेर बस्ने सासू ससुरा वा कर्म ले बा आमा बनेका उनिहरुको एक्लि बुहारी म।नेपाली सेनाम कर्यरत उन्का पति द्वोन्दकाल मा बा बिरामी भै घर जाँदै गर्दा बाटोमा लास फेला पर्यो रे न केही घाउ न चोट केही नदेखेसी त्यो बेला को कानुन दैबले जानुन ज्यान गयो मन रुयो बा आमा रुए छोरो गर्व मै टुहुरो कति दयालु झै लाग्ने आँखा उन्का टप्लक्कै आसुले भर्दै भनिन छोरो पेट मा पाच महिनाको मात्र थियो।आज मेरो छोराको अनुहारमा वाहाको चित्र देखेर भक्कानिन्छु।सबै साथी हरु हासेर बाचेका छन तर  मेरो सास्ति छ  हरिबिजोग।न राज्यले हेर्यो न साथी भाइ ले हेरे देश को सिन्दुर पहिरेको सिपाही एक लाबारिस मृत्युमा बदलिएको घटना ले सारै मन छुयो।यतिकैमा छोटो परिचय सङ्गै म छुट्टिए।र आफ्नो रुम आइपुगे।थोरै हात पाउ धोइ के बिस्तरामा ढल्केको थिए।म निदाएछु।र मैले एक सपना देखे छु। जुन वर्णन गर्न असमर्थ हुदा हुँदै पनि बाध्य छु।
एक डर्लाग्दो सपना भित्र म त्यही रुम बाट देखिने सानो छिडी अनि उस्को साहु (मुदिर) को बास्तबिकता सम्म उ राम्रो छ।अल्गो चटक्क मिलेको जिउ यति ठूलो घरको मालिक उस्का चार वटि श्रीमती.......जेठीका 3 सन्तान,माइलिका दुई,साइलिका एक, अनि कान्छी,भखर ल्याएको छ उस्ले,त्यो उन्को मालिक जो अरुको कलिलो यौबन लाई पैसाले किन्ने गर्छ।उ आईमाई मानिस हरुलाइ खेलौना सम्झन्छ।मनमोजी गर्छ जतिबेला चाह्यो त्याहि बेला जे पनि गर्दिन्छ।सबै श्रीमतिलाइ चाहिने भन्दा बेसि परिपुर्तिले भरेको छ तर खाचो छ उस्लाइ सामिप्यताको किन कि एक पुरुस ले एक घरमा कहिल्यै पनि चार चार स्त्री को मन बुझाउन  सक्दैन।तर पनि उ अघाउदैन।यत उता घरी घरी नजर डुलाइ दिन्छ।किनकी उस्ले चाहेझै मोज मस्ती गर्न मन ले मागेको फुल टिप्न।कस्ले छेक्छ र आखिर हामी उसैका दास हौ।र दासी बनाउनलाई  दिदी, बैनी, आमा भाउजु  लाई उस्का सामु हामिले बिन्ती चढाएकै हौ।उ कहिले फिलिपिन को बाटो लाग्छ कहिले नेपाल कहिले भारत त कहिले बङ्गलादेश।यहि गरिमामय उस्को काहानी मलाइ खासै वास्ता लाग्दैन तर एक सिपाही को आत्म सम्मानको स्वाभिमान  लाई मैले साघुरो क्षितिज बट नियाल्ने जमर्को गर्छु बेलुका को समय छ।लाग्छ उस्का घरमा दुई चार पाहुना छन।बिस्नु भान्सामा भाडाकुडा सफागर्दै छ।उ अफ्मो सुरमा मस्त छे त त्यो अर्कै दाउमा छ।दुबै हात लाई काम मा प्रयोग गर्दै गरेकी बिस्नु लाइ पिठ्यु मुनि बट हात घुसाउदै बेस्सरी उस्को स्तन समाउछ र मसार्छ बिस्नु बेस्सरी चिच्याउछे।ऐया आमा। तर म आफ्नो सिर निहुराउदै नहेरे झै हुन्छु।उस्ले आफ्नो भासामा भन्छ।...................।बिस्नु नाजवाफ हुन्छे।उस्ले  त्यो जवाफलाई  हुन्छ ।या हुन्न केहि भन्न सक्दिन।उस्को चिच्याहट लाई उस्का चारैजना रखेल हरुले हेरि रहन्छन र एक आपस तिर हेर्दै हास्छन।आफ्नो मोज को बथान छोडेर एक पर्देशी बिरुवा लाई उस्ले यसरी निमोठ्छ जो प्रकृति हैन र भन्छ.................. आज उस्को घरमा पाहुन छन।पाहुना लाइ सम्मान गर्न एक आईमाई चाहियो रे खोजेको अहिले कहि तत्काल नपाएसी त्यस्को बिकल्प बिस्नुलाइ बन्न उस्ले उत्साहित गर्छ।उ ना जवाफ छे भासा पनि त्यति जान्दिन।के भन्यो के भनेन उ पर्खिन्छे त ब्याभारलाई मात्र अब के हुन्छ।मुदिर जान्छ।बिस्नु पनि टिस्यु ले प्लेट को पानी पुस्तै गर्छे।पालो अब पहुनाको उ हेर्दै घिन लाग्दो कहिले दात सफा नगर्ने मिश्री जातिको चिउडमा बोके दारी पालेको अजङ्ग को मानिसले फेरि बिस्नुलाइ लुछन  थाल्छ।बिस्नु फेरि चिच्याउछे।दिन भरिका  घरायसि काम ले थाकेकी उ मरेतुल्य हुन्छे।आँखाबट तप्लक्क आँसु खसाल्दै आफ्नो आवाज लाई दबाएर बा आमा घर छोरा छोरी सम्झन्छे।अनि आफ्नो कर्म लाई धिकार्छे।सर्कारी जागिरे भनेर बे गरे यस्तो भोग्न पर्यो।उ बेला मा श्रीमान ले हासोले पिठ्यु मा छुदा दुई दिन सङगै न बसेको पल्लो खाट मा सुतेको। एक दिन साथिभाइको लहै लहैमा लागेर हल्का तिन्पाने लगाएको कुरा माइतमा बाबालाइ सुनाको इत्यादी याबत सम्झन्छे।सिन्दुर को मूल्य सम्झेर  भक्कानिन्छे।आफ्ना मानिस हरुको जिबन्त कुसुमार सहबास को याद ले छिया छिया हुन्छे।उ लास झै छे निर्लज्ज छे।उस्लाइ एक बिरानी बस्तिमा नाङै नर्तकी बनाइन्छ।हो त्यही बेला बिस्नु ले आफुलाइ नेपाली हुनुमा धिकार गर्छे।दरब्ङ्गे हुनुम घृणा गर्छे।बाहिर गेट मा  चिटिक्क परेको ड्रेस मा सजिएको गोर्खे ले उस्को चिच्याहाट सुन्न सक्दैन उ नुन को सोझो गर्छ।भित्र बलत्कार को सिकर हुने उस्को आफन्त हैन मात्र एक नेपाली हो।उस्को पास्पोर्ट मात्र नेपाल को छ उस्को मन सान्त छ र यहि मात्र सोच्दछ कतिबेला सकिन्छ डिउटी।र यहाँ बट जाउ अर्कै सन्सार मा रमाउ।अब म भन्दिन मेरो सिर को भादगाउले टोपी मै सङ्ग छ।म सोच्दैछु मेरो खुकुरिको मूल्य छैन म अझै सम्झदैछु मैले अग्नि साक्षि राखेर सात फेरा लिन्न भनिरहन्छु म र मेरो देश एक निर्बल हरुको देश हो जहाँ  हज्जारौ बिस्नु हरुलाइ बेचिन्छ।म त्यही कल्पना मा बेहोस भए जहाँ कल्कलाउदा जवानी हरुको खेती गरिन्छ।र म अठोट कस्छु स्वाभिमन बचाउन नसक्ने आमा सङ्ग म एक दिन यस्तो दिन ल्याउने छु जुन दिन मेरा बा आमा, दाजु भाइ, दिदी बहिनी, कसैले, बैरी हरुको गुलाम बन्नुपर्ने छैन, हासी हासी हासी यहि देश मा एक सगुन बाट्ने छौ। जहाँ हज्जारै बिस्णु हरु हासि हासी आफ्नो सैभाग्य तिलहरिलाइ सम्झदै सन्तान लाई स्वोदेश को मलिलो माटो मा पौरखी हात हरुले श्रमका पहेला सुन झै बाला हरु झुलेको दिन नियालेर घरको सिडि देखि औलाउने छन बाबू हेर त  हाम्रो खेत हाम्रो वारि फलेको धान झुलेको बाली फकृएको कोदो लहराएका मकैको बोट अनि काल्ना मा फलेको लामो बोडिको लहरा जस्ले हाम्रा हरेक अभाब लाई मथ्थर बनाउने छ सन्तान को भबिस्य उज्जवोल बनाउन मद्दत गर्ने छ।गोठ मा खेल्ने लाहुरी भैंसी र चौरी गाई ले नेपाली गोठ लाई बा गरेर सम्मन गर्ने छन।अनि भेडा हरु एक उछदन्त हासो भ्या भ्या मा नानी हरु चौर मा स्वोर मिलाउदै आफ्नै  मात्री भासा क.ख.र क का कि कि भाका हलेर पड्ने छन।त्यही आत्म सम्मान ले भरिपुर्ण सुनौलो दिन को कल्पना मा बिस्नुले आफुलाइ पाउछे।
नबराज सुवेदी
कृपाया कपि न गर्नु होला।।।

Friday, February 12, 2016


 "यात्रा"
" चिहाएर झ्याल बट हेरे सुटुक्क।
हाइ काड्दै मानी राथी दिक्क।।
मन भन्छ छेउ जाउ सुटुक्क।
एक फेरा निदाइदिउ कि लुटुक्क।।
कोहि आइ पुग्छ कि टुप्लुक्क।।
एक नया सपनाको सुरुवात यात्राको पहिलो दिन घरको चन्चले कान्छो आफ्ना अनेकन सपना साकार पार्न आज पहिलो पटक घर र राजधानि सम्म को यात्रा तय गर्दैछ।दाजु ले बोलाउनु भो छिटो गर न गाडी छुट्छ हत्पत उठेर राम्रो सङ्ग मुख पनि नधोइ उ तयार हुन्छ।गाउबट ल्याएको पुरानो झोला।दुई थान झुत्रे लुगा अनि आफ्नो सर्ट्फिकेट झोलामा राख्दै।तयारी भएको सङ्केत गर्छ।दाजुलाइ कसैले मयाले दिएको पुरानो साइकल पिछाडिको सिट मा बस्दा उ सफारिमा यात्रा गरेको झै अनुभव गर्छ।
 किन कि उ जान्दैन साइकल चलाउन पाच मिनेट को छोटो यात्र पौष को मौसम पानी मिसिएको चिसो हुस्सु ले मुटुलाइ घरी घरी छुन्छ तर पनि दाजुको पिठ्यु मा बेस्सरी समातेर बसेको उ केही छिन पछि बस्पार्क पुग्छ।भन सुन गरेर एक सिट को पाजो मिल्छ।ल यो सिट मा बस कान्छो बस्यो सिट मा।भन्ने सबै कुरा सिकाएर बाइ भन्ने बेला कन्टेक्टर ले पैसा म किच किच गर्यो।दाजुले भन्नू भो तपाईं बाहिर जानोस उ गयो मलाइ लायो इनिहरु कति बदमास हुन मुख बाट "मु"को उपसर्ग लागाएर मैले भनेछु कस्तो हरामी मान्छे।उस्ले त्यो सुनेछ।र तत्कालै आएर मेरो अगाडि यति मुर्मुरियो कि म निकै डराए अब मैले भक्कु गोदाइ खाए।धन्न सम्झाइ बुझाइ गरेर उस्लाइ दादाले बचयो।उस्लाइ अहिले पनि उस्को अनुहार यद छ चिन्छ।
त्यो कन्ट्याक्टर अहिले पनि त्यही छ तर कान्छो अहिले उ भन्दा ठूलो भयो सबैले मन्ने भयो।उ बेलाको जङ्गे कन्टेक्टर सानो अस्ति उस्लाइ दाजु मेरो यो काम गरिदिनोस।भन्ने सम्बोधन को अवाज मा कान्छोले अनौठो महसुस गर्यो कि उ बेलाको जङ्गे आज मेरा सामु दाजु भनेर सम्बोधन गर्दैछ सानो स्वार्थ का निम्ति यथार्थ को सन्सार।आज कान्छो सबै को दाइ।

 कन्टेक्टर बोल्छ ल सबै बसौ है छुटिएला अब तय भयो कान्छोको सुनौलो भबिस्यको पहिलो यात्रा।एक हरन को सुस्केरा लाउदै।ड्राइभर दाइको दैनिकी सुरु हुदैछ।सबै यात्री हरु आआफ्नो सिट्मा बसि सकेका छन।सबै आफ्नै धुन मा छन।यतिकै मा खलासी ले एउटा सिडि बजाउछ र गित बज्छ।कान्छ छक्छके रेल को इन्जिन सम्भु राई को गित थियो।त्यतिबेला मलाइ के था कस्को भन्ने कुरा।म पनि आफ्नै धुन मा मिर्मिरे उज्यालो ले छितिज लाई चिरी रहेछ मध्य तराइको फेदि सङ्गै भएर जाने बाटो  सुनौला चुरे पाहाडको मिमिरे दृस्य नियाल्छन मेरा आँखा कता कता अनौठो लाग्छ कहिले नदेखेका फाटिला खेत हरु कत्ती पर पर देखिने माटोले बनाइएका घर अनि फुसले छाइएका घरका छना हरु पर बट देखिने टुकिको झै धमिलो बत्ती यस्तै बस्तिहरु नियाल्दै जादा निकै लामो दुरि पार गरेको पत्तै हुन्न।सायद म पनि निदाए होला।झसङ्ग भएर बिउझदा आँखा हरु बाहिर नियल्छन।दुबै तिर पट्यारलाग्दा भिर हरु गाडिको तेज गति तल निलो देखिने नदि खोचिलो बाटो बित्तै पिछेका घुन्ती हरु मैले यता उता हेरे कोहि निन्द्रा मा छन त कोहि राम जप्दै छन।मेरो आँखा ड्राइभर तिर जान्छ उ निस्चल छ उस्लाइ कुनै चिन्ता छैन।निस्फिक्री भएर एकनासे गतिमा स्टेरिङ लाई फन्को मार्दै जाहाको त्यही झै देखिन्छ।तर पनि उ अगडी बड्दैछ।म जान्दिनथे।त्यो त सुनौला सपना बोकेर राजधानिको यात्रा गर्ने बिध्यार्थी अभिभाबक अनि दर्सनार्थि  हरुको आज को अन्त्य हुने तारे भिर र तिर्सुली रहेछ।म यस्तै यात्रा को अन्त्य पछि माथी डाडामा पुग्छु।अनि एकै छिन को घुमाइ पछि खाल्डो जस्तो हेर्दा प्रस्ट नदेखिने छरपस्ट बस्ती टाढा बाट हेर्दा साना झै लाग्ने अरिगाल को गोला झै झुरुप्प देखिने घर हरु कसैले बोल्यो लौ है हेरौ राजधनी।आवाज आउँछ मैले लख काटे ए काठ्माण्डौ यहि रहेछ।थोरै तेर्सो झै आयो गति अलिक कम भयो सफा झै देखिने बाटा फाट्ट फुट्ट मानिस पैदल हिन्दैछन।दायाँ बायाँ दुई चार तले घर हरु लाई पछि पार्दै अगि बड्यो गाडी र एक छिन मा भन्यो कलङ्की आयो लौ सबौ उत्रनोस।

देखेर तर्से भयङ्कर बस्ती
नियाल्दै लट्टिए नदेखेका मस्ती
दौडदैमा मन पार नहुने सास्ती।
    अफसोस
त्यहिभित्र कोलाहाल को गति
तर कोहि देख्दैन त्यो मैले जति
बहिरा मानिसहरु कत्ती कत्ती
देखिन्न मानव मानब झै उत्ति।
       सोचहरु
मन भन्छ याहा म एक
तर म भित्र बिचार अनेक
को हो हैन भेस अनेक
तर पनि आफन्त एक।।
मलाइ लिन एक साथी आउनु भएछ।भेट भयो यतिकैमा रुम सम्म पुगियो।थाकेको शरीर म फ्रेस भए यतिन्जेल सम्म वाहा ले खाना बनाउनु भएछ।गोभी, आलुको सन्जी सङ्गै खान बसिउ मैले नियाले सानो स्टोभ अनि हल्का मट्टितेल को गन्ध  एक छेउ मा खाट अनि न्यानो सिरक सिराने अनि खाट मुनि केही समान हरु मिलाएर राखेको कोठाका भित्ता हरु निकै नि चिसा लाग्छ बिहानी सुर्यको किरणले त्यो कोठा लाई बर्सौ भयो स्पर्श न गरेको त्यति सागुरो गल्ली भित्र घरै घर हरुले ढाकिएको एउटा सानो घर।हामी यतिकै मा पल्टन्छौ।एक छाक जीवन लाई एक पलङ को माथितिर सर्दी ढाक्न एक सिरक ले अफुलाइ गुम्लुङ्ग छेकेर सुनैलो बिहानी कल्पित मीठो सपना नियाल्दै आफुलाइ निन्द्रामा लिन गर्छ।
बिहन छ बजे तिर निद खुल्छ।छट्पट्न्छ बिस्तारै आँखा खोल्छ।यता उता नयन डुलाउछ।उस्ले फेरि एक बिउझैमा देख्ने सपना देख्छ।झ्याल बट बाहिर त्यही नजिकै अर्को जोडिएको दुई तले घर अनि सानो कोठा यतै पट्टि एउटा झ्याल एउटा पाखा अलिकती खोलिएको सानो प्वाल झै त्यही प्वल बट देखिने एक दृस्य सानो कोठा सानो पलङ्ग नियाल्दा। अनि सिरक ले आधा शरीर ढाकेकी निन्द्रा बट बिउझदै गरेकी एक सुन्दर परि।उ झस्कन्छ।अझै हेर्छ माइली औला र बुढी औला लाई जोरले पिटेर तीखो चुट्की को साथ मा हाइ काढ्दै।देब्रे हात को सानो औलाले आखालाइ बिस्तारै मिच्दै।अफ्नु मुहार आफैले माया गरि सुम्सुम्याएको तस्बीर कुनै फ्लिम झै सम्झदै आफैलाइ झस्काउन पुग्छ।हैट म के हेरेको आफुलाइ ढिलो भै सक्यो।हत्पत उठ्छ र आफ्नो तयारी गरि ब्याग बोकेर कलेज लाग्छ।बेलुका फर्कन्छ।आफ्नो दैनिकि सबै सकेर दुबै जना मिलेर खन पिन सकि फेरि लेट्ने तयारी आज उ छेउ तिर सुत्छ।किन कि उस्को मन मा बिहानी को सम्झना आउँछ।उस्ले कोल्टे फेर्दै नियाल्छ।आज पनि झ्याल अलिकती खुला छ।उ पनि सानो लाइट बालेर नजिकै किताब राखी कम्बल ले घुम्लुङ्ग भै पढ्दैछे।हरेक शब्द लाई कन्ठस्त पार्न लालाहित उस्का मस्तिष्क ले कसरी ओठ हरु फर्फराइ रहेकी छे उ सोच मा डुब्छ सायद उ सङ्ग पनि आफ्नो भबिस्यको चिन्ता छ।केही गर्ने असल मान्छे बन्ने।आफैलाइ नियाल्न न सक्ने उ अरुलाइ नियाल्न खोज्छ।आज उस्लाइ निन्द्रा लाग्दैन छेउमै सुतेको साथी मस्त निन्द्रामा अधेरी सपना सङ्ग पौठेबाजी गरिरहेछ।तर उ निदाउन सकेन किन कि उस्को निद भन्दा साम्ने एउटि केटि छे।एक छिन सोच बदल्छ म त्यो सङ्गै भैदिए म सङ्ग त्यो हासेर बोल्दिए।मायाले काले भन्दिए।सङ्गै जाम न पर सम्म ल भन्दिए हात मा हात समाउदै केही छिन।ओइ सानी गर्छेउ कि त बैमानी को ताल भए आहा कति रमाइलो सोच उस्को आखामा जागै सपना भएर घुमि रहन्छ।उ आफुलाइ सम्हाल्न खोज्छ।घर बट यति टाढा सम्म अन्जान बस्तिमा बिना आफन्त बिन साहरा एक उज्ज्वल भबिस्य खोज्न हिनेको मन्छे म सानै छु मैले सबै कुरा सोच्ने बेला कहाँ भा छ र मेरो भबिस्य को लागि कत्ती सपना बन्ने मेरा बा आमा दजु सबैको सपना लाई मैले साकार बनाउनु छ।न कि एक फिर्फिरे पुतलिको मायामा म किन हराउ एक असल मानीस बन्नु छ।यो देश लाई चिनाउनु छ । दस मुजा परेको बा को अनुहार मा सौगर्भित खुसिको बाहार ल्याउन।मेरो छोरा भन्दै आमाले  मन मनै खुसी ले दुई आँखा रसाइने दिन को खोजी गर्नु छ।म आफ्नो गन्तव्य मा लम्कनै पर्छ म उस्लाइ हेर्दिन।आफ्नो सफलता सङ्गै मेरा खुसी र खुसिको साहारा बन्न उ अबस्य आउने छे।लक्ष को सुरुवत मै हामिहरु जस्तै हजारौ बैँस हरु बाटो बिराउछौ अनि सबैलाइ रुवाउदै आफू पनि सहजै निस्कन नसक्ने दल्दल मा फस्छौ।मैले घर बट टाढा भए पनि एक्लै बसे बसे पनि असल मानिस बन्नु पर्छ।अरुको राम्रो को रिस गर्न हुन्न।जवानी मा सोच्ने कुरा बाल पनमै सोच्न हुन्न।अरुको घर बिगार्न हुन्न।सबैलाइ सम्मान गर्नु पर्छ।मलाइ बा आमाले कत्ती माया गर्नु हुन्छ सबैका बा आमाले आफ्ना सन्तान लाई उतिनै माया गर्छन।चाहे जस्तो नै किन नहोस।म अब उस्लाइ सम्झेर एक पल पनि आफ्नो समय खेर फाल्दिन।आफ्नो भोलिको टुन्ङो नहुदै अरुको आखामा खुसी भर्ने कोसिस गर्यो भने त्यो केही क्षणलाई मात्र हुने छ।खान त अरुलाइ दिएर नै खाएको राम्रो हो तर आफुपनी बाच्न लाई खान पर्छ।जस्ता कुरा बा ले भन्नू भा सम्झन्छ।र निदाउने कोसिस गर्छ।।
हरेक बा आमा  हरुले मलाइ झै ब्याभारिक शिक्षा को ज्ञान खाली मस्तिष्क भरिदिन जान्दैनन आफ्ना सन्तान लाई समयमै भबिस्य र नैतिकताका नौला पाठ सिकाउने सबैको जिम्बेवारी हो।"
    बिसेसत
"बिलासी जीवनको पुर्तीले  भन्दा थोरै अभाब ले नै मानिस लाई सफलता तिर मोड्ने गर्छ"

नबराज सुवेदी।
कृपया कपि नगर्नुहोला।

Monday, February 8, 2016

     
                       "फेरिएको मान्छे"
उ पहिला अर्कै थियो 
दयावान झै कल कल झरनाको सुन्दर पानी झै 
अघाएको पेट नपिउ भन्दा नि मनै नमान्ने निश्चल रङ्ग झै।
लोकले भन्थे राम्रो मान्छे सबैको भलो गर्छ।
हिजो तिनै आबा बुबा लाई सन्झेर अघि जान खोज्यो कि।त
अलिक परै पुगेछ।र अलिक फरक भएछ र थोरै मान्छे चिनेछ।
नाम लियो कार्ल माक्स,चे ग्वेभारा,मावोत्सेतुङ,र नेल्सन, अनि मदरटेरेसा,सायद बिपि पनि।
सभ्य हुन भन्यो न्याय लिन खोज्यो गोरेटो खन्छु भन्यो।यहि गोरेटो मा स्वोतन्त्रताका हजार पाइला अटुट आशाकाकिरण बोकेर लम्किरहनेछन।अठोट कस्यो।
"केही नौलो झै लाग्यो।


"उस्ले खनेको गोरेटो।
पत्यारर्लाग्दो थिएन।रुडिबद,सामन्तबात साम्राज्यबाद,कमैया, हरूवा-चरुव,एकतान्तृक राज्यसत्ता,बिस्तार्बाद,के के वाद का बिरुद्द हिन्छु।भन्यो।
साहयता माग्यो कसैले साथ दिए त कसैले नकारे।आफुलाइ हारेको नमान्ने उस्को सोच
ले छुट्टै बिकास गर्यो एक,दस, हजार, लाख असङ्ख्य पाइला हरुलाइ सङ्गै हिनायो।
सफल बन्न् खोज्यो बन्यो पनि।
हर्समा रमयो साथ दिने सबैलाइ बधाइ भन्यो।
"आज उ फेरिएक छ"
म उस्लाइ भन्दैछु त फेरिएको मान्छे ?
झुठ को खेती गर्छस,
पैसाकै लागि मर्छस,
समय पाए भाइ बेच्छस,
स्वास्नी बेच्छस,
छोराछोरी सबै बेच्च्छस,
उ सम्भ्रान्त भा छ सोखिन भाछ।सबै बिर्स्यो हिजोका रैती अज उस्का प्रजा शब्द फरक सोच उहीँ।हिजोका गल्ली हरु सागुरा छन पजेरो छिर्दैन।र पाइला पुग्दैन उस्को ।तर रैती फुल माला समाएर पर्खाइ मा छ्न कोहि शाश्वत भगवान उपस्थित हुनुहुदैछ।
उस्लाइ देख्दा सबैलाइ सान्ती मिल्छ 
थोरै बोल्छ
सुन्सान भएर सुन्ने सबै
मिठा सब्दहरु 
आहा क्या गजब को बात 
कुराले पक्का कामले भोलि
सुकिलो अनुहार सफा कपडा चिल्लो गाडी
अहा बदलिएको मान्छे।