Thursday, December 15, 2016


"प्रेम"
त्यो लजाएको केटो मेरो लागि सुगन्धित पुस्पजस्तो  स्वोर्गिक आनन्दको केही पल झै। कत्ती दिन मैले उस्लाइ म देखि टाढै राखेर मन मनै घरी घरी बयान गरे म उस्को पसलको छेउमा रहेको सानो बेन्चमा प्रत्येक दिन झै बसेर एक्छिन हेर्न थाले मसोच्थे घरी घरी मेरो बिहे हुनुभन्दा पहिले मैले किन यस्लाइ देखिन भेटिन होला । मेरो लागि त यस्तो पो वर त  सलक्क परेको कपाल न होचो न धेरै अग्लो बान्की पेरेको अनुहार जुठेल्नामा सप्रेको बोटको पहिलो फल जस्तो  शरीर मन 
मनै मन मुघ्ध भए ।
घरी घरी म आफै हराए अनि अलिकती कल्पना गरे  तिम्रा ती सुन्दर हात समाउदै यो सडक को पेटि पेटि पैदल हिडेर घर सम्मजानेथिए बन्धन केही न भए समाज सान्त भैदिए आफन्त अन्धा भैदिए ।



 तर एक पटक किन न होस म तिमिलाइ नजिकै राखेर तिम्रो मृगको झै आखामा आँखा जुधाउने छु तिम्रो स्याउझै गालामा एक थप्पड लाउने छु र फुरुङ्ग हुँदै हास्ने छु जतिबेला तिमी पत्तै पाउन्नै म तिमिलाइ माय गर्दै छु या सजाय दिदैछु ।तिमी सानै भए पनि आखिर पुरुस हौ म दुख त दिन्न पटक्कै म आफै दुखी हुनेछु आफै पछुताउने छु । त्यो पनि थाहा छ ।
आफैसङ्ग मन मनै भने..




तिम्रो त्यो खुलेको गुलाबझै मुहारमा । फुलको पत्ताझै ओठ खोलेर मुस्काउदा मिलेका मोतिझै दन्त  एकै पटक नियाल्दै कुनै पल आँखा बन्द गर्दिन्छु ।आफैलाइ भुलाइदिन्छु ।।तर म भन्न सक्दिन तिमीलाई तिमी यता हेरित देउ।।
 मेरो हर दिन को सपना हो यो म अबस्य पूरा गर्ने छु । प्रत्येक  सनिबार  म आफ्नो छोरोलाइ आइस्कृम खुवाउन  त्यही सप मा लैजान्छु छेउमा तिम्रो पसल र पसल भित्र को एउटा कोपिला तिमी । मैले घरी घरी तिमिलाइ परै बट आँखा झिम्काउछु ।हासी दिन्छु  तिमी मेरो मन को प्यारोछौ टाढैछौ तर नजिकैजस्तो । मलाइ तिमी सङ्ग बोल्नु छ 
एकै छिन लाई यो मन खोल्नु छ । तिमी किन तेस्तो ब्युटिफुल पिक्चर भाको मलाइ एक पटक तिम्रो सुन्दरता र मेरो सुन्दरता मोल्नु छ ।

मलाइ कुनै बाहाना चाहियो अब ।
आज  पनि सनिबार मेरोछोरालाइ आइस्कृम खुवाउने दिन म तिम्रो पसलको छेउमा एक्छिन त्यही मेचमा बसेर यता उता बाहाना खोजीरहे.. एक्कासी पसलको माथी पट्टि होडिङबोर्ड मा राखेको तिम्रो बोबाइल नम्बर देखेर गद्गद भए.. 
बिचरा तिमी…




टेबलको एक छेउ मा मोबाइ छ।
किर्‍र्‍र घन्टी बज्यो।
उस्ले वास्ता गरेन 
पसल मा ग्राहक को दुखेसो सुन्दै ठिक छ।
मोबाइल्तिर ध्यान दिएन।
एक दुई तीन गर्दै दशौ पटक मिस कल आयो न त त्यो कल थियो।
खाली मिस्कल मत्र।
रिसिभ गर्न खोज्छ । म काटिदिन्छु फेरि पटक पटक दोहोरिने घटना भो आदि रिस आदि हासो जस्तो
हास्न नि सकेन न रिससाउन सक्यो म एक्छेउ बट नियाली रहे खुब आनन्दित भए...
अर्को दिन उहीँ समय फेरि घण्टी भज्यो आज रिसिभ भयो हेल्लो ....हेल्लो... सुन्सान 
को हजुर कल गरेसी बोल्नोसन किन न बोल्नु भा के कामपर्यो लौ भन्नोस।
उ ब्यापारिक लवाजमा बोल्यो 
सानो र मधुरो आवाजमा म बोले तिमी मलाइ
 चिन्दैनौ के..
त्यसैले बोल मात्र..
हस ....
के छ खबर के गर्दैछौ.... नास्ता खाएउ …



काम गरिरा छु ठिक छु नास्ता अब एक छिन मा खाने... हजुर लाई चिन्न सकिन कसरी सबैकुरा भनुम र....हजुर कोहो र ...



म तिम्रो शुभ चिन्तक 
हस…
फोनराखिसकेर 
म उस्को नजिकै गएर नियालेर हेर उस्ले चाल पाएन 
औपचारिकतामा बोलाए
सन्चै हुनुन्छ ?
उस्ले पुलुक्क मतिर हेर्यो मुन्टोहल्लायो 
सन्चै छु मुसुक्क हास्यो..  आजलाइ म मोडिए ...




तिम्रो लजालु जवानिको दन्तेकथा माथी मन खोल्ने रहर आज भोलि भन्दै बड्दै जानथाल्यो महिनौसम्म एक्लो कल्पना मा हराउन थाले म एक स्तृ वा कसैकी अर्धाङ्गिनी छदाछदै पनि मलाइ तिमी प्रतिको मोहले झन झन नजिक बोलाउन थाल्यो एककोहोरो प्रणयमा सल्बलाउन थाले ।
 सन्सारलाई पट्टि बाधेर भएपनि सुखका दुई पल  बैना दिउ दिउ लाग्नथाल्यो ।
यसै बहानाले म हरेक दिन आफ्नो परिचय लुकाउदै लुकाउदै तिमिलाइ सताउन थाले ।
आखिर कत्तिदिन पो लुकाउन सक्थेर म भित्र सल्बलाउन थालेको तिम्रो प्रेम...




 त्यो दिन  बिहान चाडै निन्द्राले छोड्यो श्रीमान पल्टन देखि पाच,छ, महिनामा एक पटक घर  आउने न हुन । त्यो नि थाकेर आए भन्छन खोइ के ले हो थाक्छ्न । परैबट डक्दै आउछन माया भन्ने नि के हो तितेपाती जस्तो न घाँस न तिउन. खुब सुब्दार भैखाका घरमा नियम  लाउछ्न ।प्यारले मोहित बनाउन कहिले जानेनन डन्ठे कहिका ।भित्तामा झुन्डाएको खाकी बर्दी छत्रे टोपी र सुब्दार को फुलि सहित तस्बिर पनि कत्ती हेरेर बस्नु बा आमाले सुब्दार साब भनेसि आँखा चिम्म गरेर जिम्मा लाए ।के के न होला भन्ठानेकोत यहि एक्लोपन…



 सानुदिले भन्नू भाको त हो नि पल्टनियाको जात न हो अन्तै अल्लारिन पाए घर सम्झन्न है ।
 त्यो नि सुब्दार जवानी बिसाउन पाए घर सम्झन किन पर्यो र मनले आफ्नालाई देखेको समय, लह लह फुल लहराएको समय, तिमिलाइ सम्झेर मन बहालाएको समय तिमिनै नभएर आफैमा रित्तिएको समय, मन जुर्मुरायो, कटक्क दुख्यो मेरो, दात चपाए मैले एक्लै बोल्ने बानी परेकी क्याहो झसङ्ग भए 




मनभित्र गुम्सिएको भाब सल्बलाइरहदा आफैसङ्ग बोलेको भान भयो।
छोरा बिउझ्यो ममि . रुन खोज्यो गालासुम्सुमाउदै चुप्प म्वाइ खाए बाबु नुनु गर ।मेरो ममता माथीको न्यानोपनमा एक्छिन टिकेन फुस्स निदायो।
हाइकाड्दै आँखा पर पुगे भित्तामा एउटा मात्र तस्बिर देखियो।
त्यो भित्ताको तस्बिर हेर्न पटक्कै मनलागेन मलाइ  म निदाउन खोजे अह ..
आँखा बन्द गरे फेरि खोले मेरो आकास माथी देखिने बिम्बभित्र त्यो सुब्दार को मुहार बिलाउदै त्यही न चिनेको कालेको मुहार फन  फनि  घुम्न थाल्यो।।
सजिलो हो कि अफ्ठेरो भगवान जाने ।राम्रो कि नराम्रो कोहि नजाने…..
 ए सात फेरे पति ??
 तिमिभन्दा न्यानो कल्पिन्छु। आखाले मनपराएको केटो तिमी सङ्ग् बितेका पल त पितिक्क सम्झन मन लागेन मलाइ बस मेरो निसानी यहि छोरो छ। तिमी त हौ कि हैनौ भन्न र जान्न सक्दिन न एक दिन मेरो बसमा छौ न त मैले भनेझैनै भैदिएका नै छौ ।तिमी छेउमै आएनी खुसी कहिले हुन सकिन त्यो बकाइनाको रुखमा फुर्‍र फुर्‍र नाच्ने चरी जस्तो नाच्न मन लाउछ नि ।के गर्नी ।पति हौ कि बलात्कारी हौ
भन्न पो नसकेकी। होस है कत्ती कराउनु….
छेउ आउदा केही भन्न सक्दिन एक्लैके भुतभुताएकि होला म नि।
सम्हाल्छु आफुलाइ ।
यादमा काले बनचरी राम्रो…...




मोबाइल सम्झे  मैले उस्को नम्बर मा कल गरे अलिक ढिला भो उस्ले कल रिसिभ गर्यो मलाइ र मेरो नम्बर ख्याल गरेर हुन सक्छ।
अवाज आयो गुड मर्निङ दिदी..
मर्निङ काले उम भन त मैले त तिम्रो नाम पनिपो
सोधेकोछैन सची केपो हो राजा..
हजुर ले राज भन्नु भो त्यही मर्जी होस न...
हस राजा तिमिले भेट्छु भनेको हो नि म आज तिमिलाइ भेट्छु ।
काहा बोलाउनु हुन्छ ।म आउदिन  डर लाग्छ ।फेरि मैले हजुर लाई देखेको पनि त छैन नि 
उस्को शब्दमा निकै घबराहट देखियो म बिस्वास दिलाउन चाहन्छु ।
हैन डराउन पर्दैन के राजा म तिम्लाइ खाने हैन त बरु नस्ता कफि जे खान्छौ खुवाउछु ।आउ है।।
उस्ले कृतज्ञता प्रकट गर्यो।
म घर धन्दा मा लागे ।




स्कुल समयमा छोरा स्कुल गएसी म पनि पार्लर सम्म गए दिउसो पख मैले उस्लाइ कल गरे र एक रेस्टुरामा कफि पिउन बोलाए।
कफि मैले पहिलेनै अरडर गरे उ आउदा सम्म तयारी होस भन्ने लायो।
उस्ले कल गर्यो म चिन्दिन तपाइलाइ कसरी चिन्नु तपाइले भनेको रेस्टुरा को बाहिर छु।



म भित्र बट उस्लाइ देखि रहेछु।।
मैले आफ्नो टेबलको नबर दिए उ सरासर आयो यता उता हेर्यो लजाएजस्तो गर्यो ।
मैले बस्ने इसारा गरे।
ए तपाइपो ?
हजुर म 
के म हुदा अफ्ठेरो पर्योर 
मेरो प्रस्न लाई मुसुक्क हासेर पचाइ दियो ।
मैले कफि पिउन अनुरोध गरे 
उस्ले आनाकानी गरेन
मैले पनि सङ्गै कफि पिए 
मैले कफिको कपलाई भन्दा धेरै उस्लाइ हेरे 
म सुर्पोमा कफि पिउदै छु या उस्को मिठास 
अल्मलिए 
म  मेरो घर देखाउन लान्छु तिमिलाइ जान्छैनी 
तर आज हैन अर्को दिन ।
उस्ले मैउनता दर्सायो ।




भारिबोकेको बादलझै मडारिदै आफै सङ्ग गर्जना गर्ने  मेरो मन उस्लाइ छेउमै पाएर एकैछिनमा वर्षा पछि खुलेको आकासजस्तो छर्लङ्ग भो निलो रङ्गमा फर्किएपछी सुनसान भो उ सङ्ग बोल्ने हज्जार बात हरु मौनताना बिलाए 
उस्लाइ सोध्न सिर्जिएका लाखै प्रस्नहरुको थाकबट एउटा प्रस्न के सोधिरहु र बरु 

धेरै कुरा गालेर एउटै माला बनाइ तिम्रै गलामा

 लाइदिम्ला न कुनै दिन ।
     मन मनै कल्पे  
 आज लाई छुट्म न है फेरि भेटौला  
  म मेरो बाटो लागे उ उस्को बाटो ।

Friday, September 23, 2016




"तिमिहरु"

ए पापी हरु
किन जताततै पुगेका तिमिहरु
किन तिमिलाइ कुनै बन्धन छैन
कोहि तिम्रो अड्चन छैन ।

के मिल्छ मितिमिलाइ
कोपिला निमोठेर
कस्तो सुखहो अरुको घरबार बिगारेर
कुन गन्तव्य हो अरुको बाटो भत्काएर
किन देख्न सक्दैनौ कसैलाइ खुस
किन देख्न नसक्ने अरु हासेको

के तिमी झै
हामी खोटो हुनु र
के तिमि झै
दिन रात रुनु र
किनआफ्नो आँसु देखाउदै
अरुलाइ तर्साउछौ
किन आफू नासो देखाउदै
अरुलाइ भड्काउछौ

म पनि त यहिको छिमेकी हो
म पनि तिम्रै आफन्त हो
मलाइ तिमिप्रती कुनै डाहा छैन
नत ईष्र्या नै
नजानि नजानी के बिगारेर
ए छिमेकी मैले तिम्रो
तिम्रो के लाए खाए र ए गाउले हरु
बरु भनिदेउ न खुल्लै
यो खाइस त्यो लाइसम सहन्छु
तर
अगाडि हासेर पछि छुरी नगर प्लिज
मेरो साम्ने आउ र भनिदेउ

कुन सजायको भागिदार हो म
कुन पापको सहकर्मी हो म
हैन भने
म बाच्दा तिमी किन रिसाएको
म हास्दा तिमी किन  रसाएको
मागेर लैजाउ मेरो खुसी

रोजेर लौजाउ मेरो सर्बस्व
नाङ्गै पार मलाइ
मेटाइदेउ मेरो लाज
पोती देउ कालो सरिए भरी
लाइदेउ जुताका माला हरु


पुगेन भने
काट मेरो सरि लाई
बनाइ बिलो बाटीदेउ सारालाई
डढाएर  राग बनाउ हाड खुड हरु
खरानी बनाइदेउ मेरो शरीर लाई
तर पनि म बाच्ने छु
मेरो बिचार बाच्ने छ
मेरो समानता हास्ने छ
निस्चलता खेल्ने छ।
हो यहि वरिपरि
यहि आगन भरी
मेरो घर भरी

ए शुभ चिन्तक हरु
ए गाउले हरु
ए छिमेकी हरु
म तिमी झै निर्य कत्ती छैन
म तिनिझै सङ्किर्ण अत्ति हैन
मलाइ पटक पटक मर्न पीडा भो

एकै पटक मारिदेउ
मेरो अस्तित्वो अन्तै सारी देउ
मलाइ निर्मुल पारिदेउ
म तिमिहरु सङ्ग टाढिन चाहन्छु
बरु म मर्न चाहन्छु।

माथी तिर सर्न चाह्न्छु।
ए गाउले हरु
ए शुभ चिन्तक हरु
मलाइ पार लगाइदेउ
मेरो सार लगाइदेउ

………

नबराज सुबेदि….

इटहरी-२ सुनसरि

Friday, August 26, 2016

   

  "चिन्ता"

           १
न देख्ने कसैले भित्र जलेको।।
सुरै  नहुने यो मन डढेको।।
केभो दुख र बिस्मत गरेको ।
साथै छुम किन चिन्ता परेको ।।
           २
भोक प्यास नहुने आफै हराउने ।
कोहि छैन सत्रु मन हो डाराउने।।
जिउदै मराउने  ब्यर्थै कराउने।
चिन्ताले मनलाइ यस्तो गराउने।।
            ३

लामाको चम्मर झाकृको  शक्ति ।।
धामिको ढ्याङ्ग्रो ढोगी को जुक्ति।।
न डाक्टरी गोटि न बैध्यको बुटि ।
यो चिन्ता मेट्ने के हो ओखती ।।
           ४

आत्मा गलेर जडझै भएको ।
देह जलेर खरानी बनेको ।।
भनेनी सान्ती  पोल्छ त्यो भित्र ।
कसै मेटिन्न चिन्ताको चित्र ।।
           ५

यसै बढेको  किन होस पढेको ।
या त बिचारी या होस सढेको ।।
आज नदेखी भोलिमै रमेको ।
सब्लाइ एउटै चिन्ता गढेको ।।
           ६

केसै न पाकी बृद्द भएको ।।
भला कामै नगरि सुद्दि ढलेको।।
नजानी उ कृत्य गरेर गलत ।।
चिन्ता बढेर जलेको जगत ।
            ७

न हिजो मेटिन्छ न भोलि देखिन्छ ।
जतै जाउ खोज आजै भेटिन्छ ।।
खोज्दै छौ कान्ति  परेर भ्रान्ती ।
आज रमाउ त्यही मिल्छ सान्ति ।।
            ८

साथै छजो त्यही शाश्वत मान।
ब्यर्थै त्यो चिन्ता नगर्नु जान ।।
हुन्न अजयी खुसिले कोहि ।।
जो सङ्कोच गर्छ हार्छहो यहि।।

           

नबराज सुवेदी……….

Friday, August 12, 2016

        

     दोभानेको "भुत"

म हजुर्बा को प्यारो नाती थिए । हजुरामा हुनुन्थ्यो पहिला नै खस्नु भाको रे हजुर्बापनि पाको नै हुनुन्थ्यो उहाँ अलिक पुरानो जमानाको मान्छे केही अल्गो लम्बाइ अलिक ठुला हात जिउ कान सायद हामी भन्दा निकै फरक जस्तो देखिनु हुन्थ्यो । त्यो जमाना का मानिस हरु हामी भन्दा अलिक फरक र भयंकर नै थिए होला ।म  घरको कान्छो नाति भएर पनि होला म प्राय वाह सङ्गै हुन्थे ।वा सङ्गै खेल्थे वाहाकै काधमा चढेर पिङ खेल्थे कहिले।म बा को लामो जुङ्गा तान्थे कहिले नाङ्ला जस्तै ठुला कानमा पलाएका र उमेरको नेटो सङ्गै रङ्ग बदलिएर सेता भएका रौ उखेलिदिन्थे  त कैले वाहा फुलेर लामा भएका आखीभै ले परेली छेक्यो भन्दै निकाल्न लाउनु हुन्थ्यो मेरो अनेक  उल्याइ लाई कहिले कडाआखाले हेर्नू भएन बस भन्नू यति मात्र हुन्थ्योकि के गर्छ नाथे" चुप लागेर बस म चुप लागिदिन्थे ।खेती किसानी गरेर जीवन चलाउने समुदाका मानीस भएर पनि होला प्राय दिन भर सबै घरका ठुला मेला पात घास दाउरा सबै काम मा ब्यस्त हुन्थे । हिउदको समयमा काम को चटारो बिसेक भा बेला हजुर्बुबा फूपूघर जानुहुन्थ्यो त्यही बेला मैले वाहा सङ्ग साथ लाग्ने मौका पाउथे । या कुनै खास बेला अबसर मा फुपुघर जानुपरे बा जने कुरामा तम्सिनु हुन्थ्यो ।यहि कुरा लाई लिएर ठूलो दाजु र हजुर्बाको को जाइ को जाइ हुन्थ्यो त्यो बेला बुबाले अन्तिम निर्णय दिनुहुन्थ्यो ।


एक दिन काम बिशेष ले हजुर्बुबा लाई फूपूघर जानू पर्ने भयो बाटो धेरै नभए पनि एक दुई खोला र जङ्घार तर्नु पर्थ्यो आमाले जान हुन्न भन्दाभन्दै पनि करगरेर म हजुरबुबाको साथ लागे तीस मिनेट जति हिनेपछी एउटा सानो खहरे आउथ्यो ।पानी खासै थिएन तर अग्ला अग्ला छहरे परेको थियो बर्खा मास पानी बेशीहुदा छहराको तेजले गर्दा निकै गहिरा गहिरा दह थिए लेउ लागेका काला र चिप्ला ढुङा थिए डाडामा ठोकिएर खोल्सी तिर मोडिने भड्किलो हावाले छहरालाइ हिर्काउदा पानीका छिट्टाहरु परसम्म आउथे वारि पारी भिरमा अ्म्लिसो लह लह खेलेको थियो हरिया र सुरिला उत्तिसका रुख हरुलाइ पुरुनिका लहराले नागेली फेरो मार्दै आकाश भेट्न लम्किरहेका थिए ।म हजुर्बाको पछि पछि हात को औला समाइ भ्याइ न भ्याइ पाइला लम्काउदै थिए कुन सन्जोग ले हो मेरो हात हजुरबुबाको हात बट छुट्टिन पुग्यो मैले पनि भुलेछु र वाहाले ले भुल्नु भएछ हिड्दै गर्दा खोल्सिको पेटिमा पहरालाइ कोखबनाइ लह लह खेल्दै गरेका कर्कलाका पात मा पर्ने बाछिटाहरु तप्कदा सेता मोति बर्सिएजस्तो देखेर  म झन मोहक भएछु छेउमै रातो चाचर को बिरुवा देखेर म त्यस्मै भुल्न थालेछु ।रातो हरियो रङ्ग मिसिएर टसक्क ढुङ्गा मा अढेस लागि यता उता हल्लिरहेको  रहेको चाचरको पात मलाइ धेरै मन पर्यो म त्यस्लाइ चुड्न खोज्दैछु । मैले पत्तै पाइन बा पर पुगिसक्नु भएछ  कसो कसो थाहा पाउनु भएछ र झस्केर हेर्दा नातिलाइ पर देखेर दैडदै आउनु भयो र मलाइ हात मा समाइ बाबू के गरेको याहात ठूलो भुत पो छ त यसरी खेलेर बस्न हुन्न खान्छनि भुतले….


म निकै डराए बाको हातलाई सकेसम्म दर्हो समाउदै लामा लामा पाइलामा हजुरबुबा सङ्गै हिड्ने कोसिस गरे मेरा साना र कलिला  पैता हरुलाइ निकै पीडा भैरहेको थियो तर मैले पत्तैपाइन म हजुर्बुबा सङ्ग यसरी झुम्मिदै हिनिरहेको थिए जसरी मृग को बथानमा भखर जन्मेका बच्चाहरु खुट्टालुला गराइ घरी घरी आफ्नै आमा सङ्ग ठोक्किरहेका हुन्छन । घरी अघि र घरी पछि भै अलमलिएका हुन्छन ।तर मलाइ यो कुरा को कुनै सङ्कोच थिएन नत  कुनै याद म सङ्ग मात्र एउटै डरले आँखा गाडेको थियो जुन दोभानेको "भुत" थियो । त्याहा भुत थिएन तर पनि मलाइ भुत छ र मेरो पछि आउदैछ ।मैले भुलेर पनि हजुर्बाको हात छोडे भने मलाइ खान्छ ।मेरो सानो र कलिलो बालमस्तिष्क मा तुरुन्तै डेरा  जमाउने भुत एक शब्द थियो वा मन थियो ।म घरी घरी यहि प्रश्न गरिरहे बा फूपू घर कतिबेला गुगिन्छ ।किनकी घरमा भुत हुदैन भुत बाटोमा मात्र हुन्छ ।मलाइ त्यही लागिरहन्थ्यो ।निकै बेरको हिडाइ पछि हामी फूपू घर पुग्यौ । फुपुले मलाइ पिठ्युँ मा बोकेर म्वाइ खानु भयो सबैजना मलाई देखेर खुसी भए तर म बेखुस थिए । मेरो मनमा सल्बलाइरहेको दोभानेको भुत अझै आउने हो कि सन्त्रास बाची रहेको थियो । वाहाहरुको औपचारिक भेट घाट  पछि साझ पर्यो खानपिना सकियो ।केहिबेर का कुराकानी पछि हामि नाति हजुर्बा सुत्यौ । बिहान सबेरै घर तर्फ लाग्यौ जब दोभाने आयो मेरो डर थपियो बिहानी किरण छहराको  भित्री भाग सम्म छिर्दा एक इन्द्रेणी बनेको थियो सायद त्यही हो भुत म अझै डराए बा को अघि अघि लागे घर पुग्यै । घर पुगेर आमाको साथ पाएपछी मलाइ थोरै सान्ती मिल्यो अब मलाइ मन मा ढुक्कभो म आमाको काखमा रमाउन पाए ।


केही दिन पछि को कुरा हो तारा सीता र मालती दिदि  घाँस काट्न दोभाने पाखा तिर जानू भएछ मालति र सीताले एक सुरम खोल्सिमा घाँस काटिरहेकी तारालाइ एक्कसी तेरो पिछाडी भुत छ तरा भनेछन अत्तालिएर डराई डर सहन  गर्न नसक्दा (heart attack) मुटु फुटेर वाहा बेहोस हुनुभो र  कहिले नफर्किने गरि तारा दिदी बित्नुभयो तर यस्लाइ गाउले हरुले भुतले खाएको प्रमाणित गरे। त्यसपछि गाउमा भुत को बिगबिगी भयो हाम्रो परिवार ले बसाइ सर्ने निर्णय गर्यो हामी सहर मा बसाइ सर्यौ । हामी बसाइ सरि आएको सहरमा पनि भुतको कुनौ कमि थिएन याहा त झन विभिन्न नाम गरेका भुत हरु थिए हर घरका अभिभाबक हरुले आफ्ना सन्तान लाई बालपनको चकचक वा उल्याइ रोक्न हरेक दिन  कलिला नानी हरुको निश्चल मानस्प्टलमा भिभिन्न खाले नाम उपनामको एउटा यस्तो बिज रोप्दै थिए जुन चाहेर पनि हामी कसैले जीवनभर मेटाउन सक्दैनौ र आजिबन एक (warong illusion) गलत भ्रम लाई सत्य मानी साझ बिहान आफ्नै घर खेत गोठ र पधेरिमा हावको सुस्काइमा, छहराको सर्काइमा, खोलाको बगाइमा,र चलायमा प्रकृतिका प्रहर हरुमा आफै सङ्ग कापीरहेका थियौ ।


समयको अन्तराल सङ्गै म निकै ठूलो भैसकेको छु तर पनिम आफ्न घरको मझेरिमा ढुक्कले निदाउन सक्दिनथे । मलाइ साझ पख आमाले बाहिर निस्कन साथी मागेको पटक्कै मन पर्दैनथ्यो बैनीले घरको तल माथी गर्दा अत्त्लिदा झन दुख लागेर आउथ्यो ।

क्रमानुगत बिकास अनुसार पुराना पुस्ता ले नया पुस्तालाइ  मन्तरने एक डरावक शब्द भुत सङ्ग मलाइ निकैनै पीडा महसुस भै सकेको थियो किनकी म आफै पनि हर क्षण आफैसङ्ग डराइ रहेकोहुन्थे। एकदिन मैले आफ्नो दिमागमा यस्तो निर्णय गरे जाहा सम्भाबना का मुनाहरु अफ्नैमनभरी  खेल्न सक्थेम सङ्कोच मेटेर ढुक्कले हराभरा लहराउन सक्थे  र सारा गाउले हरुलाइ दोभाने मा भुत छैन दोभाने एक प्रकृतिको सौदर्यले भरिएको सर्गम स्थल हो। हामी त्याहा रम्न जान्नु पर्छ। भुत केबल तपाईं हाम्रो मस्तिस्कमा डेरा जमाएको शब्द मात्र हो यो अरु केही हैन भन्ने सन्देस्श दिन चाहन्थे । म आफ्नै पैतालाहरु झारपात र बाटोमा भएका पत्कर  मा ठोक्किदा आफ्नै घरको सिडि चडदा ओर्लदा  निस्कने सर्लङ सुर्लुङ आवाज लाई नियाल्ने कोसिस गर्छु ।उभिएर उसङ्ग लडाइ गर्ने कोसिस गर्छु । म एक पटक पछाडी फर्केर हेर्न चाहन्छु के साच्चिकै भुत हाम्रो पछी छ त यदि उ त्याहा भए पनि मलाइ उस्ले छोड्ने छैन र म किन निर्य झै बाची रहेछु आफै सङ्ग किन भागिरहेछु म उस्को प्रतिकार गर्नत सक्छु नि आखिर मेरो अन्त्य उस्कै कारण भए पनि म एक पटक उस्लाइ नजिकैबट नियाल्न त पाउनेछु ।


म एक उभार बोकेर एक दिनआफ्नो गाउँ फर्किए मलाइ मेरो मनमा भुत शब्दको सुरुवाती भएको दोभाने हेर्ने हिम्मत जाग्यो म त्यही ठाउँमा पुगेर हर दृस्यलाइ नियाली हेरे त्यो झरना आज पनि उस्तै छङ छङ आवाज मा निस्चल भनी झरिरहेथ्यो ।काउली परेका भित्तहरुमा चाचर झन लह लह झुलिरहेको थियो पानीले सतह बनाइ जमेका दह हरुले मलाइ आफ्नै सन्तान सम्झी स्वागत गरिरहेथे ।झरनाको पानी सङ्ग खेलेर हेरे दहको निलो पानीलाइ चलाएर हेरे एक्छिन आफै नाचे  मनभरी रमाए मेरो खुसिको सिमा रहेन आज मैले मेरो मनभरी यतिका बर्स मलाइ एक शब्दको भ्रम भित्र राख्न सफल आफ्ना अग्रज र गाउले हरुलाइ एक सङ्कोच मेटिएको सन्देस दिए अब हामी हाम्रा सन्तती लाई  दोभाने सङ्ग अलग गराउने छैनौ अनेकन रुडिबाद मा अल्मलिएक गलत शब्दहरुको जालोमा आफ्न सन्तान लाई बाध्ने छनौ भन्ने प्रण गराए र बिस्वास दिलाए ।आज गाउले हरु दोभाने लाई भुत स्थल हैन आफ्नो प्रकृतिको उपज सम्झदैछन ।दोभाने लाई डर ले हैन मायाले सम्बोधन गर्छन । आज दोभाने प्रती एक्कसी जागेको ममता ले मलाइ जित दिलायो मैले भने भुतलाइ जित्ने मेरो सोच एक भ्रम थियो तर म त्यही भ्रम पालेर नै सबैको भ्रम मेटाउन सफल भए (you always devise  strange illusion) म खुसी हुँदै आफ्नो घर तर्फ लागे ।।।

Monday, July 4, 2016




"कविता"

यहाँ
कतिबेला
 हडतालमा पर्छ
आफ्नै जिन्दगी
कुनै ठेगान देखिन
यहाँ अछुत सरि भैदिन्छ
आफ्नै जिन्दगी ...

अब ईश्वर पनि
हेर्दाहेर्दै निष्ठुरी भएछन्
दुनियाँको पुकार
सुन्दासुन्दै
आफैं पनि
पागल झैं भएका छन्
रत
अनेकौं किसिमका
सास्ती हाम्लाई
भोगाइ रहेका छन्
 हेर्दाहेर्दै आँखैअघि
 दिनहुुँ भएको
प्राकृतिक प्रकोपपछिको
धर्ती सारा
कहीँ अकाल छ
 त कहीँ अनिकाल ....

आज हामी आफैं
भिखारीलाई टक्टकिएर
धपाइ रहेछौं
बिचरा त्यो भिखारी
भने केही नसकेर
आफ्नै बाटो
आफ्नै लक्ष्य लुरुलुरु...
 सायद
उसले नि बुझी सकेको छ
 अब छिटै
अनिकाल
 भोकमरी
 अब छिटै प्रत्येकले
 सामना गर्नुपर्छ
 उसको मनमा
लागि सकेको छ
अब
हो,  लागि सकेको छ ...

यहाँ आज
आफ्नै देश
परदेश  बनी सक्यो
हजारौं मान्छे पनि
आज परदेशी
भै सकेका छन्
परदेशकै
स्नेह र  प्रेममा
परेर होला
आज यो सरकारको
पौरखी आँखा पनि
दृष्टिगोचर
 भै सकेका छन्
परदेश त फुल्यो
आज नेपाल त
गन्हाउने इतिहास
 भएको छ ....!!!

यति ठुलो
प्रकोप आएर
सर्वनाश पछिको
नेपाल
 ईश्वरको
नव आयाम
भएको सृष्टिमा
भुल संसोधन
गर्ने रहर छ
 एउटा
छुट्टै नयाँ सन्सारको
 सृजना गर्ने रहर
जागेको छ
 एउटा
बेग्लै सन्सारको
निर्माण गर्ने
छुट्टै सन्सारको ...

बिनोद रिमाल , झापा

Saturday, June 25, 2016


   "एउटा जिबनको अन्त्य"
त्यो दिन बिहान म निन्द्राबट बिउझदा ड्युटी जाने समयभै सकेछ हत्पत उठे हात मुख धोए र एउटा खाजाको सानो पोको बोकेर आफ्नो काम मा लागे फ्याक्ट्री भित्र पसे आफ्नो कार्यकक्षमा पुगे मेसिन चलीरहेछ काम सुरुगरे ।मेसिनमा बिस्तारै कपास लगाउदै छु रुवाको कार्टुन खोल्दै प्यिउरी प्यिउरी लगाउदै छु।सकिदै जान्छ म लगाउदै जाँदैछु बिहान को 6 बजेको छ।चार बजे नै उठेर काममा आएको  भोक लाग्ला लाग्ला जस्तो भो कि नास्ता खाउ न खाउ सोचिरहे छु।हैन एक छिन अब एक कार्टुन सकेसि साथी आउपुग्ला अनि खाम्ला हत पत बोटलको पानी पिए एक घुट्को भोकाए झै शरीर थोरै फुर्ती भो। सबै कुरा बिर्सेर आफ्नो काम निरन्तर गर्दैछु।फ्याक्ट्री भित्रपस्ने गेट मै मेरो मेसिन अनि अस्ङ्ख्य रुवाको कार्टुन छेउ मा एउटा मेच अनि तेसैमा औजार । बाहिरबट कसैले टक टक आवाज गर्यो।म बोले कोहो।  फेरि अवाज आयो म हो रामलाल के। मैले किन हो केभोर भने।रामलाल फ्याक्ट्री का दर्बङ्गा हुन।मलाइ माया गर्छन।सहयोगी छन।प्राय उनी मिलनसार मान्छेमा पर्छन फ्याक्ट्री भित्र। एकै छिन आउन बाबू भन्नै पर्ने खबर छ।उन्ले बोले म कौतुहलता लिदै छेउ गए।भन्नू त काका के हो।….. बिलासेको टेलिफोन बुथमा तिम्रो घर बटफोन आयो रे जरुरी भो रे झट्टै जाउ दस मिनेट पछि फेरि कल आउँछ रे।मैले केही सोचिन।मेसिन बन्द गरे अलिक अनौठो झै भो के नै पो होला र तेस्तो केही भेउ पाइन। बिस्तारै बुथ तिर लागे काका हेर्दै गर्नी है म पुगेर आएनित।हुन्छ छिटै गएर आउ के रैछ बुझनानी काकाले सान्त्वना दिनु भो।बाटो नचिनेको बटुवा खै अल्छी गर्दै गए...बिलासेले मलाइ देखेर लु बस है भाइ तेरो घरबट फोनआको छ फेरि गर्ने बेला भो खै के खास खबर छ रे त्यही भएर मैले खबर पठाए।म बोले धन्यबाद दाइ सहयोग भनेको मान्छे ले मान्छेलाइ गर्ने हो नि। ठिकै छ राम्रो गर्नु भो खबर दिएर । म एका छेउ बेन्च तिर बसे फोन को घन्टी बज्यो म छेउमै गए।बिलासे ले भन्यो हो तिम्रै हो ।मैले फोन उठाए ।फोन मा सधै सुनिने आवाज थिएन यो अर्कै आवाज थियो ।उस्को आवाज मै मैले उस्लाइ चिने उ पल्लाघरे माइलो हो ।उस्का दुई बाक्य मेरो कान सम्म आए र कत्तिछिटो शरीर भरी फैलिए मलाइ छागा बट खसेझै भो धर्ती मैलो भएझै भो होसि मै बेहिसि हुन पुगे म कसैसङ्ग न बोली आफ्नु रुम गए सानो झोला बोकेर आफ्नो बाटो लागे।। केही घन्टाको यात्रा पछि बसको यात्रा सकियो अब पैदल यात्राको सुरुवात भो मेरो राहा पर्खेर बसेका सबैलाइ सोच्दै गर्दा एउटा असामहिक पिडाले छट्पटिदै गरेको मेरो शरीर कतिबेला कुन घुम्ती कुन उकालो कुन ओरालो पार गरे पत्तैपाइन जब म केही नजिक पुगे उकालोको फेदि बट गाउँ देखियो।।


थोरै उकाली अनि त्यही उकालिको छेउ तिर हाम्रा घर हरु देखिए लाग्छ मानीस हरु निकै चहल पहल गर्दैछन तर सान्त छन।घरै छेउमा बासका किला मा डोरि बाधि निकै कपडा सुकाइएको छ।लाग्छ सबै कपडाकोरङ्ग सेतो छ।जब म बगरलाइ पछि पार्दै दुई पाइला उकाली छिचोल्न खोज्छु।मलाइ निकै थाकेझै लाग्छ पाइला हरु अल्छी गर्छन।बाटोभरी रुख बिरुवा छन तर पनि उजाड झै।छन हाङ्गाबट आफुलाइ बिस्थापित गरि जमिन मा लट्पटिने पत्कर हरुपनिकती खहरिला छन तिन्लाइ पनि क्रोध छ।मुना हरु पल्लबी हरु सान्त छन एक अर्कामा झोकी झोकी खेलेका छैनन किनकी पबन पनित रिसाएझै छ।उकुसमुकुक छ न पात फक्रेका छन नत मुनाहरु खेलेका घुर्की लाउदै थेत्तरिएजस्ता सबै सबै।चप्लेटी ढुङ्गोमा टसक्कबिसाउदै लामो श्वास फेरे।पारी पाखा तिर् आँखा पुग्यो पाखा मा बन्सो लह लह थियो  मालतिले छेस्कनी लाउदौ थियो।अ्म्लिसो फर्कन खोज्दै अनि सालिम्मो रहरभरी खेल्दै।फरक यति हो तिनिहरु खुसी देखिन्थे म दुखी थिए।म एक्लो थिए मेरो प्यारो हर्के मलाइ छोडेर गएछ।  हरेक दिन साझ बिहान उस्को खर्क बनेको पारिपाखामा सालिम्बो, मालती, लहलहाउनुको रहस्य  सोचेर सच्चैनै हर्के छैन झै लाग्यो।म सुस्तरी पाइला चाल्न थाले सम्झे मलाइ कत्तिपटक घाँसको भारी सङैमेरो हात समाउदै लडिन्छहै बेस्सरी समा भन्दैत्यही बाटो हिनाए्थ्यो।


अलि माथि पुगे बाटो छेउमा ठुलो बासघारी हरिया पातले लटम्मै भरिएका बाँसकाघना हरु। साझपख सयौको सङ्ख्यामा रुपिको कोलाहाल अनैठो लाग्यो बिरक्तिएको मन भएर होला मलाइनै गिज्याएझै लाग्यो छेउमै ठुलो कागुनोको बोट त्यही एउटा काग ले मलाइनै हेरेरहोला कि का का गर्यो। के साच्चैनै  जान्दथ्यो र त्यो काग हाम्रो हर्केको असामहिक स्वोर्गारोहण भएको कुरा ।कि साझ पख उ आफ्नो बासस्थान को खोजिमा भौतारिएर पो कराउदै थियो कि केही नसोची मैले आफ्नो बाटो लिए बारिको डिल नजिकै पुग्दा घरको चुलिगारो देखियो म झन नजिक पुगे।।


आदिआकास मैलो थियो आदि निलो। बर्सातले पुर्णता नपाइ रोकिएर होला अझै पानी पर्ला झै थियो।पुतली छना बाट थिगृदै बाछिटा हरु बलेसी मा खस्दै छन बलेसिको कुलेसोमा जमेको पधेलो पानीमा ता ता गर्दै सानो फुच्छे छ्खेल्दैछ।

उ अरु कोहि नभएर त्यही भाग्यले ठगेको टुहुरो हर्केको निसानी हो।मलाइदेखेर उस्ले फुस्स हास्दै पानी खेलाउन थाल्यो म तिर झुम्मिन खोज्यो खिस्स हास्यो कलिला गिजालाइ पन्साउदै पलाएका दुइबटा दात देखिए म उस्लाइ देखेर एक प्रकारको रोदनम फेरिए र सुम्सुमाए अनुहार भरी लागेका धमिला पानीका थेग्ला हरु पुछिदिए ।मन मनै भने कत्ती दुखी छस त आफ्नु र अरुको छुट्ट्याउन नसक्ने निस्चल चेहेरा भित्र पितृसोक को छया पर्यो।सिङ्गै भबिस्य दौडाउने जिम्म्बेवारी आयो पत्तापनि छैन तलाइ तैले भखरै कस्लाइ गुमाइस र त टुहुरो भइस दुई खुट्टा थिगृने हुन नपाई सिङ्गो भबिस्य ढल्यो तेरो ममतामइ बालपनको एउटा किताब बर्सातमै जल्यो। उस्लाइ काखी च्यापेर म घरको दलान सम्म पुगे बाहिर आफन्त हरु थिए मचुप चाप भित्र पसे यता उता नियाले एक छेउमा झाक्रो फिजाइ  अचेत झै देखिने भाउजू थिइन ।आमा ओठ मुख सुकाइ बुहारिलाइ सुम्सुमाउदै हुनुन्थ्यो मलाइ देखेर आमाले अङालो हाल्नु भो कसैका आँसु रोकिएनन ।सबैको मनमा लागेको आलो घाउ एक पटक फेरि चिरियो।


आदि मुटु गुमाइ अचेत अबस्थामा खोटो देहलाई बोझ सम्झदै पल पल मरिरहेकी भाउजुलाइ सान्त्वना दिन कत्ती मन छैन उनी कुन मोड्बट गुज्रदैछिन  बेस्सरी बुझ्न सक्छु । चोइटिएर टुक्रा टुक्रा हुदौ जलिरहेको उन्को कलेजोमा नुन चुक लाउनु जत्तिकै हुन्न र मेरो सान्त्वनाका दुईशब्द
म केही बोलिन एक ट्कले हेरि रहे ती भाब बिह्वाल चेहेरामा भैरहेका निरन्तर पिडाका बर्सात।आखामा आँखा जुधाउन झन गारोठाने म आफुलाइ सम्हाल्दै बाहिर निस्के झुरुम्म भेला भएका आफन्त र गाउले हरुको बाक्लो उपस्थिती भित्र डराएको पीडा र कौतुहलताले भरिएकोआकृती बोकेर मुखा मुख गर्ने गाउले हरुले मलाइ एक टक ले हेरिरहे।

प्राय सबैका आखामा आँसुशुबाय केहीदेखिएन।मलाइ मेरो हर्केको पार्थिब शरीर एक पटक हेर्ने आट आयो पहिला हटाकटा र खाइ लाग्दो हर्के कसरी यस्तो भयो होला।तिनदिन अघि मात्र म सङ्ग फोन मा हासेर बोलेथ्यो कुनै प्रसङ्ग बस उस्ले भनेथ्यो ।
मान्छेको जीवन कतिबेला के हुन्छ को भन्न सक्ला र ?

 म सम्झदै छुु उ जान्दैन्थ्यो तर सत्यबोल्दैथियो हिजो उस्ले बोलेको आज कसरी पुग्यो त सोच्दै म आगन को पल्लोछेउमा तुलसाको मोठ तिर लागे त्यही मोठ को पेटिमा हर्केको लास थियो मलामी हरु चिम्पाट बनाउदै छन कसैल एककोहोरोे सङ्ख फुक्यो मैले एक पटक कात्रो उठाएर उस्को मुखाकृतिको नजरअन्दाज गरे उ मरि सकेको छ तर पनि केही भन्नखोज्दैछ म सङ्ग बोल्न चाहन्छ । हजाररङ्ग भरिएको लेक बेसि सङ्ग मनोमानी गर्दै फुरुक्क फुर्केकेर गाउलेहरुको मन भुलाइदिने हर्के बोल्नै नसक्ने भएछ आफ्ना सारा इछ्छार चाहना हरु बिर्सिएस माटोसङ्ग मिल्न तयार भएछ।।(the last rite after death funeral ceremany)
तर म उस्को मृत्युको रहस्य बुझ्न चाहन्छु ।उस्ले किन यति चाडै लाउ खाउ भन्दा भन्दै अन्तिम श्वास लियो र हामी बट पराइ भयो । म उस्को मृत्युको रहस्य अबस्य पत्ता लगाउने छु

(बाकी अर्को लेख मा)...................

Friday, May 13, 2016






 "कालिको बिहे"

सुधिर बा र मुरली काका साझ पख फलैचामा बसेर भलाकुसारी गर्दैछन।सुधिर बा ले घरी घरी दसमुझा परेको निधर खुम्च्याउदै लामो श्वास फेर्दैछन।त्यतिकैमा मुरली काकाले सोध्नुभो हैन तपाईं किन आज चिन्तित देखिनु हुन्छ ? सधैत हसिलो मान्छे अनेक मनगन्ते टुकाले सबैलाइ हसाउनु हुन्थ्यो के पर्यो र तेस्तो भन्नोस न मलाइ नि ?
 मुरली काकाले अस्कोट को खल्ती बट प्लास्टिको पोकोअनि अर्को गोजिबट सानो सोलि आकारको चिलिम  झिके प्लास्टिक खोलेर चुर्मुर लाम्पातेसुर्ती लाई बिस्तारै चिलिममा भर्नथाले।म नजिकै बसेर हेरिरहे र अचम्ममा परे आज पनि उ बेलाको चिलिम यी बाजेले कसरी राख्या होलान।कौतुहलता जाग्यो तर सोध्ने आट आएन।
सुधिर बा बोल्नु भो हैन तेरो यो चिलिम खाने बानी मलाइ मनपरेन है धुवालेत मानिस लाई सखाब बनाउछ फोक्सो मा असर गर्छ।मुरली काका-हैन के हुन्छ र अब नानी देखि लागेको बानी के छोड्नु धुवालागेला घरका दलिन झन बलिया हुन्छन हैन र।

सुधिर बा फेरि बोल्नुभो हैन छोड यी कुरा आज बिहान साहिला पन्डितका तिर गाथे कालिको बिहेको कुराले निकै दुखेसो गरे पण्डितले त्यही कुरा ले म नि चिन्तित छु।मुरली काकाले चचिलिम हात मा च्यापेर अर्को खल्ती बट लाइटर निकाले त्यो नि कस्तो मट्टीतेल र सलेदो भएको लाइटर बेस्सरी झोस्दै चिलिम सल्काए यतिलामो श्वास ताने कि पेट्नै सबै धुवा झै बिस्तारो धुवा नाक र मुख बट बाहिर निकाल्दै बोले ओहो कालिको बे ?
 धुवा हावामा मिल्नथाल्यो जसरी चैत बैसाख मासमा बिहानी पख कोसि गड्तिरमा पाट लाग्छ अनि उज्यालो को किरण सङ्गै हराउदौ जान्छ।फेरि बोले- मलाईनि चिन्ता लाग्यो म याहा भखरै बसाइ सरेर आए धेरैकुरात जन्दिन तरपनि बढेका छोरी चेली घरबसे चिन्ता कस्लाइ हुन्न र उमेरनि निकै खाइसकेकी होलि हैन ?

समयमा जौ रोपियो भनेमात्र अक्षतृतिया मनाउन पाइन्छ हैनर। यो उमेरमा नि जोई पोइ हुन मन नभए कहिले होला।
कि त्यो इस्त्री हैन र?
मुरली काका को प्रश्न सुनेर सुधिर बा बेस्सरी हास्नु भो र बोल्नुभो के भन्छ हो नाथे खास्साकी केटिहो मैले इनै हातले खेलाएर हुर्काएको।सानामा टिठिली थिइ।अहिले कत्ती हिम्मतिली छे मर्दकोझै साहास आट र कर्यकौसलता देखेर म मख्ख पर्छु कहिले कहि।
यतिकैमा तल्लाघर केसब आइपुग्यो सबैलाइ दर्शन है भन्दै खिस्स हास्यो र प्रश्न गर्यो ।
 हैन आज बा र काका कुन बिसयमा गन्थन गर्दै हुनुन्छ ?

सुधिरबाले बस्ने इसारा गर्दै भन्नुभो हैन पण्डित कि छोरी कालिको बिहेको कुरा गर्दैछौ।

कस्तो केटाभए बिहेगर्छे भन्नेकुरा नि।
ल तलाइ त हम्लाइ भन्दा निकै थाहाछ नि उस्को बारेमा फेरि तलाइपनि घरबारे बनाउन उसैले निकै सहयोग गरेकी हो भन्ने ह्वाइ सुनेको ल भन त कस्तोमान्छे चाहिने हो तेस्लाइ ?

 केसब खिस्स हास्यो र बोल्यो बा यो बिसयमा उसैलाइ सोध्नोस उ अफिसबट आउने बेला भो यहिबाटो आउली मन बिचार्नोस न।
ल उ पर आउदैछे अब उसै सङ्ग कुरा गर्नोस।

लचिलो चाल मन्द मुस्कान थोरै थाके झै देखिने अनुहार मा सजिएकी काली छेउमै आइ र सबैलाइ प्रणाम गरि सुधिर बा ले भन्नू भो हैन म आज तलाइनै कुरेर बसेको तालाइ फरक पर्दैन भने केही कुरा सोध्नु छ।उस्ले सहजै भनी भन्नोस न तपाईं मेरो बा झै मान्छे के भन्न लाग्नु भा हो।
सुधिर बा : हैन हामी तेरो बिहेको कुराले निकै चिन्तित छौ त किन बिहे गर्दिन तलाइ कस्तो केटा चाहिने हो।अब यसै एक्लै भन्दा हामी तलाइ तेरो श्रीमानको साथमा देख्न चाहन्छौ।त पनि अरुले झै माइती आउदा हातमा लालाबाला र साथ मा तेरा राजा सङ्गै हिडेको हेर्न चाहन्छौ।अब तैले जवाफ दिनकर लाग्छ तलाइ कस्तो केटा चाहिनेहो ?
कि बिहेनी न गरि यतिकै बस्छेस ?

सुधिर बा को प्रश्न ले कुनै असर न परेझै सहजै उस्ले भनि तपाइकै आस पास मा हुर्केकी म मेरो बानी धेर थोर तपाइलाइ थाहानै छ।उमेर बड्दै जाद बुद्दी पनि बड्दै गयो।आमा, सासू, बुहारी, र छोरीलाई भिन्नाभिन्नै तराजुमा तौलने बहिरो समाज एक पटक पनि सोच्दैन कि तिनै बुहारी छोरी हुन, तिनै सासू, तिनै आमा,
 छोरी हुदा खुला आकासमा चखेवाझै उड्नेहामी बिबाह पछि मझेरीमा सिमीत हुन्छौ बर्सौ को मेहिनेत,श्रम र लगन पछि आर्जेको ज्ञान सीप शिक्षा साझ बिहान चुलोमा पाक्छ ।हाम्रा शिखर चुम्बी भावना हरु सब्जी प्याज सङ्गै काटिन्छ धुजा घुजा बनाइन्छ।मीठो खाना बनाउनु र सबैलाई स्वोइच्छिन भोजन गराउनु नसोचेको  दैनिकी बन्छ।भन्नोस त सुधिर बा तपाइको बोली र ब्याभारमा एकरुपता किन छैन ?

तपाईं आफ्नी छोरिका सानातिना गल्ति कम्जोरिमा सहजै माफ गर्न सक्नुहुन्छ तर  आफ्नै बुहारिको सानो भुललाइ किन सक्नुहुन्न के तपाइकी बुहारी पनि कसैको छोरी हुन र उनलाइ आफनी छोरी सम्झनु बेस हुन्छ। भन्ननसक्नु कस्को कम्जोरी हो। पतिमाआफुलाइ र आफ्ना सारा खुसीहरु समर्पीत गर्दै म कसैकी दाहिनी हुनु मेरो स्वोभाब भित्र नपर्न पनि सक्छ।
मैले यो भन्न खोजिन कि मेरो श्रीमान लाई म इज्जत गर्दिन मलाइ सन्तान र आफ्नो परिवार तर्फ लगाब रहन्न यी सबैसाजिक रिवाज एक आमामा हुनुपर्ने सुगुण हरुलाइ समेट्दै पनि आफ्नो लक्ष्यचुम्न सकिन्छ नि।
 मेरा सकारात्मक भाब समाज प्रती परिवार प्रती रहने उत्तरदाइत्व लाई अबलम्बन गर्दै।मेरा हरेक सहि कदममा साथ दिने त्यस्तो केटा खोज्नोसन  म बिहेगर्न का लागि तम्तयार छु।
कालिको कुराले सुधिर बा मुरलिकाका नाजवाफ भए केसब फिस्स फिस्स हस्दै बाटो मोड्यो।
साझ निकै पर्यो सुधिर बा र मुरली काका सुनी रहे।
कालीअफै बाटो मोडि सबै आफ्नो बाटो लागे।

घर पुगेर घरायसी खानपान सकि बिस्तरामा पल्टेकी काली लाई घरी घरी सुधिर बा को कुराले पोलि रह्यो सोची चिन्ताले अनेक बाहाना मा कोल्टे फेरिरह्यो।बितेका दिनहरुमा फर्काउदा एकमन ले भन्यो म यो घरमा धेर भाको त हैन नि फेरि आज सम्म मैले आफ्ना लागि आबस्यक जीवन साथी किन खोज्न सकिन अरुका कुराले झस्केर आफ्नो भबिस्य को चम्किलो तस्बिरमा लागेका धुलाका कण पुस्नु पर्ने।फेरि सम्झन्छे।आफ्नै मन लाई प्रस्न गर्छे।

समय कहिले परिबर्तन हुन्छ र दिन समय महिना बर्स बराबरी चलिरहन्छन।बस त्यस्लाइ त आफ्नो सोच भाबन र दैनिकी ले बदल्ने हो मैले यतिका बर्सलाएर आर्जन गरेको दक्षता कौसल यी सबै कुरामा मेरा शुभ चिन्तक आफन्त साथी भाइ सबैले अबिछिन्न साथ दिनुभो त्यस्को मत्लब त यो हैन अझै म उहाहरुकै सुझाबमा मलाइ लिन गरौ मलाई बा आमा ले दुख र सास्ती भोगेर शिक्षित बनाउनु को मत्लब यो पनि त हैन नि मेरा लागि कस्तो केटा चाहिन्छ र त्यो अरुको दुखाइको बिसय बनोस।आफै दक्ष बनाउने र दक्षताको फल लिन खोज्दा मनमानी गरि भन्ने समाज आफन्त सङ्ग अलिकती रिसाउछे। फेरि सोच्छे यस्का लागि पनि हिम्मत गर्छु कि कस्तो मानिस सङ्गको सहयात्रामा मलाइ मेरो भबिस्यले सहजता महसुस गर्छ र म सफलबन्न सक्छु त्यो मेरो निर्णयको कुरा हुनपर्छ। 

आखीर म बजारमा बिज्ञपन गर्न राखिएको सेम्पल पनि त हैन।कोहि मलाइ एक झलक हेरोस अनि ठिक छे भनोस र म उस्कि जिबन साथी बनौ।मलाइ त श्रीमान भन्दा पनि माथीको सथी चाहिने हो जस्ले जीवन यात्रामा सहयोग गुर्याउन सकोस आजभोलि त अड्चन फुकाउने भन्दा बाटोकाट्ने मानिस को भिड धेर देख्छु।हामी महिला हरुलाइ मागमा एकधर्को सिन्दुर भरेर चौकाको दासी ठान्ने  पुरुसार्थि लह्ड बिमेलको रिति र जबर्जस्ति गरिने कठोर प्रेम भित्र यातना सिबाय केही छैन।फेरि जात भात ठूलो सानो कागजमा सिमित समानता याबत कुरा कत्ती कत्ती आफुलाइमनले खाएको मान्छे को नालिबेली सुन्दा बा आमाको मन दुख्ने समस्या अरुले सहि भन्दा ठिक मान्ने कि आफ्नो मन ले ठिक भने सहि अनेक प्रश्न को थुप्रोमाथी उभिएर पनि एक असल साथिको सहयात्र अबस्य आउला भन्दै निदाउने कोसिस गर्छे।......