"एउटा जिबनको अन्त्य"
त्यो दिन बिहान म निन्द्राबट बिउझदा ड्युटी जाने समयभै सकेछ हत्पत उठे हात मुख धोए र एउटा खाजाको सानो पोको बोकेर आफ्नो काम मा लागे फ्याक्ट्री भित्र पसे आफ्नो कार्यकक्षमा पुगे मेसिन चलीरहेछ काम सुरुगरे ।मेसिनमा बिस्तारै कपास लगाउदै छु रुवाको कार्टुन खोल्दै प्यिउरी प्यिउरी लगाउदै छु।सकिदै जान्छ म लगाउदै जाँदैछु बिहान को 6 बजेको छ।चार बजे नै उठेर काममा आएको भोक लाग्ला लाग्ला जस्तो भो कि नास्ता खाउ न खाउ सोचिरहे छु।हैन एक छिन अब एक कार्टुन सकेसि साथी आउपुग्ला अनि खाम्ला हत पत बोटलको पानी पिए एक घुट्को भोकाए झै शरीर थोरै फुर्ती भो। सबै कुरा बिर्सेर आफ्नो काम निरन्तर गर्दैछु।फ्याक्ट्री भित्रपस्ने गेट मै मेरो मेसिन अनि अस्ङ्ख्य रुवाको कार्टुन छेउ मा एउटा मेच अनि तेसैमा औजार । बाहिरबट कसैले टक टक आवाज गर्यो।म बोले कोहो। फेरि अवाज आयो म हो रामलाल के। मैले किन हो केभोर भने।रामलाल फ्याक्ट्री का दर्बङ्गा हुन।मलाइ माया गर्छन।सहयोगी छन।प्राय उनी मिलनसार मान्छेमा पर्छन फ्याक्ट्री भित्र। एकै छिन आउन बाबू भन्नै पर्ने खबर छ।उन्ले बोले म कौतुहलता लिदै छेउ गए।भन्नू त काका के हो।….. बिलासेको टेलिफोन बुथमा तिम्रो घर बटफोन आयो रे जरुरी भो रे झट्टै जाउ दस मिनेट पछि फेरि कल आउँछ रे।मैले केही सोचिन।मेसिन बन्द गरे अलिक अनौठो झै भो के नै पो होला र तेस्तो केही भेउ पाइन। बिस्तारै बुथ तिर लागे काका हेर्दै गर्नी है म पुगेर आएनित।हुन्छ छिटै गएर आउ के रैछ बुझनानी काकाले सान्त्वना दिनु भो।बाटो नचिनेको बटुवा खै अल्छी गर्दै गए...बिलासेले मलाइ देखेर लु बस है भाइ तेरो घरबट फोनआको छ फेरि गर्ने बेला भो खै के खास खबर छ रे त्यही भएर मैले खबर पठाए।म बोले धन्यबाद दाइ सहयोग भनेको मान्छे ले मान्छेलाइ गर्ने हो नि। ठिकै छ राम्रो गर्नु भो खबर दिएर । म एका छेउ बेन्च तिर बसे फोन को घन्टी बज्यो म छेउमै गए।बिलासे ले भन्यो हो तिम्रै हो ।मैले फोन उठाए ।फोन मा सधै सुनिने आवाज थिएन यो अर्कै आवाज थियो ।उस्को आवाज मै मैले उस्लाइ चिने उ पल्लाघरे माइलो हो ।उस्का दुई बाक्य मेरो कान सम्म आए र कत्तिछिटो शरीर भरी फैलिए मलाइ छागा बट खसेझै भो धर्ती मैलो भएझै भो होसि मै बेहिसि हुन पुगे म कसैसङ्ग न बोली आफ्नु रुम गए सानो झोला बोकेर आफ्नो बाटो लागे।। केही घन्टाको यात्रा पछि बसको यात्रा सकियो अब पैदल यात्राको सुरुवात भो मेरो राहा पर्खेर बसेका सबैलाइ सोच्दै गर्दा एउटा असामहिक पिडाले छट्पटिदै गरेको मेरो शरीर कतिबेला कुन घुम्ती कुन उकालो कुन ओरालो पार गरे पत्तैपाइन जब म केही नजिक पुगे उकालोको फेदि बट गाउँ देखियो।।
थोरै उकाली अनि त्यही उकालिको छेउ तिर हाम्रा घर हरु देखिए लाग्छ मानीस हरु निकै चहल पहल गर्दैछन तर सान्त छन।घरै छेउमा बासका किला मा डोरि बाधि निकै कपडा सुकाइएको छ।लाग्छ सबै कपडाकोरङ्ग सेतो छ।जब म बगरलाइ पछि पार्दै दुई पाइला उकाली छिचोल्न खोज्छु।मलाइ निकै थाकेझै लाग्छ पाइला हरु अल्छी गर्छन।बाटोभरी रुख बिरुवा छन तर पनि उजाड झै।छन हाङ्गाबट आफुलाइ बिस्थापित गरि जमिन मा लट्पटिने पत्कर हरुपनिकती खहरिला छन तिन्लाइ पनि क्रोध छ।मुना हरु पल्लबी हरु सान्त छन एक अर्कामा झोकी झोकी खेलेका छैनन किनकी पबन पनित रिसाएझै छ।उकुसमुकुक छ न पात फक्रेका छन नत मुनाहरु खेलेका घुर्की लाउदै थेत्तरिएजस्ता सबै सबै।चप्लेटी ढुङ्गोमा टसक्कबिसाउदै लामो श्वास फेरे।पारी पाखा तिर् आँखा पुग्यो पाखा मा बन्सो लह लह थियो मालतिले छेस्कनी लाउदौ थियो।अ्म्लिसो फर्कन खोज्दै अनि सालिम्मो रहरभरी खेल्दै।फरक यति हो तिनिहरु खुसी देखिन्थे म दुखी थिए।म एक्लो थिए मेरो प्यारो हर्के मलाइ छोडेर गएछ। हरेक दिन साझ बिहान उस्को खर्क बनेको पारिपाखामा सालिम्बो, मालती, लहलहाउनुको रहस्य सोचेर सच्चैनै हर्के छैन झै लाग्यो।म सुस्तरी पाइला चाल्न थाले सम्झे मलाइ कत्तिपटक घाँसको भारी सङैमेरो हात समाउदै लडिन्छहै बेस्सरी समा भन्दैत्यही बाटो हिनाए्थ्यो।
अलि माथि पुगे बाटो छेउमा ठुलो बासघारी हरिया पातले लटम्मै भरिएका बाँसकाघना हरु। साझपख सयौको सङ्ख्यामा रुपिको कोलाहाल अनैठो लाग्यो बिरक्तिएको मन भएर होला मलाइनै गिज्याएझै लाग्यो छेउमै ठुलो कागुनोको बोट त्यही एउटा काग ले मलाइनै हेरेरहोला कि का का गर्यो। के साच्चैनै जान्दथ्यो र त्यो काग हाम्रो हर्केको असामहिक स्वोर्गारोहण भएको कुरा ।कि साझ पख उ आफ्नो बासस्थान को खोजिमा भौतारिएर पो कराउदै थियो कि केही नसोची मैले आफ्नो बाटो लिए बारिको डिल नजिकै पुग्दा घरको चुलिगारो देखियो म झन नजिक पुगे।।
आदिआकास मैलो थियो आदि निलो। बर्सातले पुर्णता नपाइ रोकिएर होला अझै पानी पर्ला झै थियो।पुतली छना बाट थिगृदै बाछिटा हरु बलेसी मा खस्दै छन बलेसिको कुलेसोमा जमेको पधेलो पानीमा ता ता गर्दै सानो फुच्छे छ्खेल्दैछ।
उ अरु कोहि नभएर त्यही भाग्यले ठगेको टुहुरो हर्केको निसानी हो।मलाइदेखेर उस्ले फुस्स हास्दै पानी खेलाउन थाल्यो म तिर झुम्मिन खोज्यो खिस्स हास्यो कलिला गिजालाइ पन्साउदै पलाएका दुइबटा दात देखिए म उस्लाइ देखेर एक प्रकारको रोदनम फेरिए र सुम्सुमाए अनुहार भरी लागेका धमिला पानीका थेग्ला हरु पुछिदिए ।मन मनै भने कत्ती दुखी छस त आफ्नु र अरुको छुट्ट्याउन नसक्ने निस्चल चेहेरा भित्र पितृसोक को छया पर्यो।सिङ्गै भबिस्य दौडाउने जिम्म्बेवारी आयो पत्तापनि छैन तलाइ तैले भखरै कस्लाइ गुमाइस र त टुहुरो भइस दुई खुट्टा थिगृने हुन नपाई सिङ्गो भबिस्य ढल्यो तेरो ममतामइ बालपनको एउटा किताब बर्सातमै जल्यो। उस्लाइ काखी च्यापेर म घरको दलान सम्म पुगे बाहिर आफन्त हरु थिए मचुप चाप भित्र पसे यता उता नियाले एक छेउमा झाक्रो फिजाइ अचेत झै देखिने भाउजू थिइन ।आमा ओठ मुख सुकाइ बुहारिलाइ सुम्सुमाउदै हुनुन्थ्यो मलाइ देखेर आमाले अङालो हाल्नु भो कसैका आँसु रोकिएनन ।सबैको मनमा लागेको आलो घाउ एक पटक फेरि चिरियो।
आदि मुटु गुमाइ अचेत अबस्थामा खोटो देहलाई बोझ सम्झदै पल पल मरिरहेकी भाउजुलाइ सान्त्वना दिन कत्ती मन छैन उनी कुन मोड्बट गुज्रदैछिन बेस्सरी बुझ्न सक्छु । चोइटिएर टुक्रा टुक्रा हुदौ जलिरहेको उन्को कलेजोमा नुन चुक लाउनु जत्तिकै हुन्न र मेरो सान्त्वनाका दुईशब्द
म केही बोलिन एक ट्कले हेरि रहे ती भाब बिह्वाल चेहेरामा भैरहेका निरन्तर पिडाका बर्सात।आखामा आँखा जुधाउन झन गारोठाने म आफुलाइ सम्हाल्दै बाहिर निस्के झुरुम्म भेला भएका आफन्त र गाउले हरुको बाक्लो उपस्थिती भित्र डराएको पीडा र कौतुहलताले भरिएकोआकृती बोकेर मुखा मुख गर्ने गाउले हरुले मलाइ एक टक ले हेरिरहे।
प्राय सबैका आखामा आँसुशुबाय केहीदेखिएन।मलाइ मेरो हर्केको पार्थिब शरीर एक पटक हेर्ने आट आयो पहिला हटाकटा र खाइ लाग्दो हर्के कसरी यस्तो भयो होला।तिनदिन अघि मात्र म सङ्ग फोन मा हासेर बोलेथ्यो कुनै प्रसङ्ग बस उस्ले भनेथ्यो ।
मान्छेको जीवन कतिबेला के हुन्छ को भन्न सक्ला र ?
म सम्झदै छुु उ जान्दैन्थ्यो तर सत्यबोल्दैथियो हिजो उस्ले बोलेको आज कसरी पुग्यो त सोच्दै म आगन को पल्लोछेउमा तुलसाको मोठ तिर लागे त्यही मोठ को पेटिमा हर्केको लास थियो मलामी हरु चिम्पाट बनाउदै छन कसैल एककोहोरोे सङ्ख फुक्यो मैले एक पटक कात्रो उठाएर उस्को मुखाकृतिको नजरअन्दाज गरे उ मरि सकेको छ तर पनि केही भन्नखोज्दैछ म सङ्ग बोल्न चाहन्छ । हजाररङ्ग भरिएको लेक बेसि सङ्ग मनोमानी गर्दै फुरुक्क फुर्केकेर गाउलेहरुको मन भुलाइदिने हर्के बोल्नै नसक्ने भएछ आफ्ना सारा इछ्छार चाहना हरु बिर्सिएस माटोसङ्ग मिल्न तयार भएछ।।(the last rite after death funeral ceremany)
प्राय सबैका आखामा आँसुशुबाय केहीदेखिएन।मलाइ मेरो हर्केको पार्थिब शरीर एक पटक हेर्ने आट आयो पहिला हटाकटा र खाइ लाग्दो हर्के कसरी यस्तो भयो होला।तिनदिन अघि मात्र म सङ्ग फोन मा हासेर बोलेथ्यो कुनै प्रसङ्ग बस उस्ले भनेथ्यो ।
मान्छेको जीवन कतिबेला के हुन्छ को भन्न सक्ला र ?
म सम्झदै छुु उ जान्दैन्थ्यो तर सत्यबोल्दैथियो हिजो उस्ले बोलेको आज कसरी पुग्यो त सोच्दै म आगन को पल्लोछेउमा तुलसाको मोठ तिर लागे त्यही मोठ को पेटिमा हर्केको लास थियो मलामी हरु चिम्पाट बनाउदै छन कसैल एककोहोरोे सङ्ख फुक्यो मैले एक पटक कात्रो उठाएर उस्को मुखाकृतिको नजरअन्दाज गरे उ मरि सकेको छ तर पनि केही भन्नखोज्दैछ म सङ्ग बोल्न चाहन्छ । हजाररङ्ग भरिएको लेक बेसि सङ्ग मनोमानी गर्दै फुरुक्क फुर्केकेर गाउलेहरुको मन भुलाइदिने हर्के बोल्नै नसक्ने भएछ आफ्ना सारा इछ्छार चाहना हरु बिर्सिएस माटोसङ्ग मिल्न तयार भएछ।।(the last rite after death funeral ceremany)
तर म उस्को मृत्युको रहस्य बुझ्न चाहन्छु ।उस्ले किन यति चाडै लाउ खाउ भन्दा भन्दै अन्तिम श्वास लियो र हामी बट पराइ भयो । म उस्को मृत्युको रहस्य अबस्य पत्ता लगाउने छु
(बाकी अर्को लेख मा)...................