Friday, January 22, 2016

   

"एक यात्री"

  समय र म जीवन पर्यन्त छ या छैन यो त म भन्न सक्दिन।सुरुवाती दिन हरुलाइ यसरिनै समेट्न चाहन्छु।आज हराएका पलहरु सम्झदै जीवन खस्किरहेछ म त्यो समय भन्दा गाढा छु जस्ले मलाइ कहिले पनि उजाड बनाउन सक्दैन म उ सङ्ग बेस्सरी परिचित छु त्यो समय प्रत्येक दिन नया नया मोड नया नया मनिस हरु सङ्ग को भेट अपरिचित मानिस सङ्ग चिन्जानी गर्दा साइनो लगाइदा बिस्तारै आफन्तनै हो कि झै भएको मनालु महसुस खुल्दुली अरुको बारेमा लिइने चासो चियो चर्चा कहिले नजिक कहिले ठाढा सम्बन्ध नै बचाउन नसक्ने हाम्रो परिबेस समेट्दै हजुर हरुलाइ एक स्वोच्छन्दबाती मनोबैज्ञानिक कथा प्रस्तुत छ।

         " किच्चिको बोट "

गोठाले जीवन दैनिक जीवन बिताउन लाई पनि एक कोष परबट पानी बोक्नु पर्ने बट्वाले पानी माग्दा गाग्री रित्तिएर नाजवाफ हुनुभाको आमाको अनुहार पाहाडी लेक लेक भन्दा मुनि कछाड अनि त्यश भन्दा मुनि बेसि वा कोज मा जन्मेर हुर्केको एक कर्मठ बिना छल कपट सादा जीवन उच्च बिचार बोकि कृषक जीवन को उत्तरार्ध गर्ने एक किसान को छोरा खयालैमा पाहाड बट तराइ झर्छ समय बित्दै जान्छ फाटिलो बस्ती कोचिएका घरहरुबिच घरी घरी उकुस मुकुस हुने गर्मी यहि गर्मीको पीडा सङ्ग भाग्दै बाटो छेउको फलैचामा भर्दिने थकाइ बिसाउदै भारी देह लाई सुस्तरी आड लगाउने कोसिस गर्छ। यहाँ सुन्सान छैन यता उता आकास तिर हेर्दै सुस्केरा हाल्छ।सहरिया जीवन मस्त कोलाहल ले भरिएको भख्खरै बिकास ले गति लिदै गरेको थोरै उराठ झै लाग्ने बस्ती।खाल्टा र धुलौटे सडक अस्तब्यस्त गतिको बेग लाई सहन गर्न न सक्ने धुलाका कणहरुले बटुवा हरु बैसमै फुलेझै देखिने बिना पैसाको मेहेन्दी नचाहेरै लगाउन पर्ने बाधय्ता साधन र श्रोत को प्रसस्तै उपज हुदा पनि बिकास र लगन मा मौनताले छाएको सस्कार परिबर्तित जग भन्दा माथी उठन न सकेको एककोहोरो सोच को भन्दा को कम मपाइत्वोको जग्जगी सास्कारिक अपच पल्लो घरका काका भगवान को प्यारो हुनुभो भाइ भकानिदै छ काकी बेहोस छिन पानी दिने कोहि छैन उ गरिब छ।तर वोल्लो घरमा जोर बत्ती र धुप को बासनाले नजर उतार्दै नया लक्ष्मि भित्राउने कठोर मन होनहार सङ्ग जुझ्न नसक्ने सबैको बाध्यता कसैलाइ फुर्सदै फुर्सद कसैलाइ काम को चटारो, कोहि रोड मा त कोहि करोड मा, कोहि फुसको घरमा खुस छन त कोहि गगन्चुम्बि महलमा पारिवारिक किचलो पौराणिक सम्पतिको बाट्फाट्ले मनमुटाब मा, कर्म ले साथ नदिने हरु निधार मा पसिना मस्तिष्क भरी पारिवारिक बोझ भरेको बासको बेटुङो दस मुजा परेको हजुर्बाको मुहारमा अलिकती खुसी।कसैको खास खुस कुरा दिनभरिको व्यापार ब्याबसाय किसानी नानी हरुले ममि छिटो पुगुम्न घर सानो आवाज।कोहि पैदल त कोहि साइक्लिन मा कोहि गन्तव्य को सोछ बोकि छडिको साहराम समथल मैदान लाई अकाट्य उकाली सम्झदै बिस्तारी लम्केको दृस्य कोहि अफ्नो जेथो लाई बोरामा कसेर जाहा जाला त्यही खाला सोच बिहिन मोड मा लाग्छ।याहा सबै सबै फरक फरक छन मात्र मिल्ने एक सोच उनिहरु घर जादैछन गन्तव्य सबैको घर चाहे जस्तो होस कतिबेला आइपुग्लान भनी बाटो हेरि बस्ने छोराछोरी  परिवार सङ्ग सङ्गै बसेर दुख सुख का कुरा गर्दै दुई मुठी खुसी साट्ने साग सिस्नो खोले भात जे जस्तो छ सायद यहि सोच बोकेर होला उ ठम ठमी हिड्दै छ उस्लाइ आफ्नो गलेको थाप्लोमा छादिएको पाट्को नाम्लो केही झै लाग्दैन  एक भरिया यस्तै अनेकन दृस्य प्रत्यक्ष आखाले नियाली हरदा उस्ले आफुलाइ नै भुल्न पुगेछ झस्केर काखा झिम्काउदा नजर मोडिन्छ छेउमै रहेको किच्चिको बोट तिर उ अझै फलैचा मै छ जहाँ किच्चिको बोट ले सितलता दिदैछ उस्को लागि त्यो खास छ। अनि फलैचा" हरेक भरिया र बोझिलो जीवनलाइ एक छिन विश्ाम दिन खोज्ने मरिज देह लाई मद्दत पुर्याउने एक समयको चर्चित टेकान" आँखा तन्काएर माथी हेर्दा एक जोडि ढुकुरको बस्तिमा आँखा पर्छ।उनिहरुले त्यही किच्चिको बोट लाई आफ्नो बासस्थान बनाएका छन।उनिहरुको पनि एउटा सानो सन्सार छ जसभित्र अनेकन चोटिला खन्ड हरु  छन।लाग्छ उनिहरु नौजवान र बैसालु छन।सोच्दैछ उ तिनिहरुको भखरै बिबाह भएको हो त्यो पनि मागी हैन स्वोइच्छा ले गरिने प्रेम बिबाह भाले चारोको खोजिमा बाहिर निस्केको छ उ आफ्नो र प्यारी को प्यासिलो बैँस लाई बाजि लागाउदै कुनै सिकारिको एक तिर त पर्ने हैन आजै अस्ताइने पो होकि मन मा अनेकन कुराहरु खेलाउदै भएपनी जोस र उमङ्ग,जागर र हौसला अनि नया नया पृयसिको माया पनि "जसरी बर्खाको भेल लाई खहरेले थेग्न नसक्दा बाढिले खेतका आलिहरु पखाल्दै आफ्नो गन्तव्य लिन्छ। उम्लिदै गरेको भाब सङ्गै  न्यानो अठोट बोकेर चारो को खोजी मा निस्कन्छ।यता पोथि भने आफ्नो गुण को सुसारोमा लाग्छे कतिबेला उ फर्केला र भर पेट खान पैएला तै पनि यसै त के बस्नु केही त गर्नु पर्यो नि यो समय मा फेरि यो जवानी पनि पानी झै बगेर जाने होला फेरि फर्केर आउदैन समयमै केही नगर्दा बा आमाले दुख पाए म त केही गर्छु सम्झेर तला माथी गर्दै सुकेका झार हरु बटुल्दै आफ्नो बास्स्थान लाई न्यानो बनाउने प्रयास मा निरन्तर छे उस्को सानो चुचो नै उस्को हात हो सबैकुरा हो त्यसैको साहराले उ सुकेको दुबोको केस लाई हनुमान ले पहाड नै उठाए झौ सम्झदै फुर्‍र फुर्‍र उड्दै गुडको एक दुई तला थप्ने कोसिस मा छे।यतिकैमा सिरसिरे हावा चल्छ मलाइ सितलता को अनुभुत भयो तर उस्लाइ उड्न सहज रहेन उ गुडमा जन खोज्छे तर पनि किच्चिको बोट यता उत हल्लिएको ले उस्लाइ असहज छ यहि समय उस्लाइ आफ्नो पृयको अत्यन्तै सम्झना आउँछ र मन मा सोच्न थाल्छे।आफैसङ्ग कुरा गर्छे म त घरमा छु वाहा बाहिर हुनुहुन्छ।कतै बतासले त केही गअरेन नि कतै केही भैहाल्यो भने के गर्ने कसरी बाच्ने साहरा बिनाको जीवन कसरी चलाउने फेरि भखरै पाएको खुसी एकछिन मै दैबले खोस्यो भने म कस्को साहरामा मेर अनगिन्ती रहर्हरु पूरा गरौला सोचेथे एक छोरा एक छोरी जन्माउला हुर्काउला आफुसङ्ग भएका ज्ञान कला कौसलत सबै प्रदन गरौला।सुन्दर र स्वोच्छ प्रकृति अनि यश भित्र बाच्ने चराचर जीव जन्तुहरु हामी सबै यश धर्ती र आकास का सन्तान हरु हौ।हामिलाइ सबैले सबैको समान हक अधिकार र स्वोतन्त्रता का लागि सहज पहल गरेर सधै सबै खुसी भएर एक अर्काको दुस्मन नभै।खुल्ला आकास मुनि हासेर खेल्न पाउनु पर्छ भन्ने जग बसल्ने परिबेस को थालनी गर्ने आफ्ना सन्तान ले सबैको खुसिको निम्ति पहल गरेको र यस्मा आफ्नो पनि नाम आएको खुसिको क्षण  देख्ने उस्का चेतनाले भरिएका मनोइच्चाले निकै पिरोल्छ।उ झस्किछे आफुलाइ सम्हाल्छे हे यस्तो केही भाको छैन म कता पुगेछ।यतिकैमा आकास मैलो झै हुन्छ अब त झन ठूलो सत्रुको आगमन हुनेभो मन झन भाब बेहोल हुन्छ।भुर्‍अ गर्दै भाले आइपुग्छ दुबैको  मुहार मा एक्कासी सुनौलो खुसिले राज गर्छ।अनुहार मा खुसी बोकेर आएको भाले लाई देख्दा उनिहरु दुई बिच अथाह माया प्रेम सद्भाव तथा अटुट बिस्वास अ्मर छ।हो  त्यही परिबेस र सद्भाव को अनौठो कल्पना ले उस्लाइ पनि छुन्छ घरी घरी।तर उ  एक्लै छ त्याहा आवाज बिहिन भएर उ नियाली रहन्छ एक जोडि ढुकुर को दिन चर्या र प्रेमिल लिला अनि यहि बाँस बस्ने मानिस हरुको अनौठो बास्तबिकता।उ आफुलाइ भन्दा धेरै माया आफ्नी जीवन सङ्गिनी लाई गर्छ र थोरै माया किच्चिको बोट लाई पनि किन कि उ मानव हैन चरा हो दुख मा साथ दिने अफ्नो जस्तोसुकै हर्कत लाई पनि सहजै सहन सक्ने किच्चिको बोट उस्लाइ आमा झै प्यारो छ।त्यसैले त।।हामी आमालाइ धेरै माया गर्छौ।

Wednesday, January 20, 2016

                 "कबिता"
:::: मेट्न कहा सकिन्छ होला :-कागज भयेपो सेतो ?
:::: भेटन कतै सकिन्न होला :-काटी सकेछ नेटो ?
लत्पदिदै छ मन भरी सबै - जादैन धोएर त्यो?
भत भती छ तन भरी सबै- छुट्दैन रोएर त्यो ?
     ::नियाल्छन रुद्र नयन ताली- हुँदै कन्टार जस्तै छ यो ?
     ::जागैमा भएथे सबै कुरा किन- निन्द्रामा जस्तै भयो ?
कापेर हात गोडा यता कतै- लाग्दैन काम कि झै ?
हासोमा पनि रुझ्छ नयन-लाग्दैन कि लाज झै ?
:::: आयो रे बिघ्न पर्यो खडेरी- झर्यो रे मन को फुल ?
:::: लग्यो रे सपनि झन झन उडाइ- सुक्यो पानी को मुल ?
रोकि रोक्न  सकिन्न कसै- टारेर न टर्छ त्यो ?
मन भित्र फुल्दो रैछ माया जसै- मारेर मर्दैन यो ?